• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि कम्युनिस्ट सिद्धान्तलाई जोगाइरहेका छौँ (भिडियो अन्तर्वार्ता)


  •   शनिबार, पुष २०, २०८१ मा प्रकाशित
  • रामप्रकाश पुरी, प्रवक्ता, नेकपा (मसाल) ##

    Advertisement

    (युगदर्शन मिडियामा यसपटक नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीसँगको भिडियो अन्तर्वार्ता प्रस्तुत गरिएको छ । नेपालको कम्युनिस्ट आन्दोलन, समसामयिक राजनीति, भ्रष्टाचार विरोधी आन्दोलन, सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनको तयारीलगायतका विषयमा युगदर्शन मिडियाका लागि प्रकाश थापामगर र गोविन्दकुमार शर्माले २०८१ पुस १८ गते यो अन्तर्वार्ता लिनुभएको हो । अन्तर्वार्ताको मूल पाठका लागि युगदर्शनको युट्युब च्यानल वाच गर्न अनुरोध छ ।)

    ० सर्वप्रथत युगदर्शन मिडियामा नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीलाई स्वागत गर्न चाहन्छौँ ।

    :: नमस्कार, धन्यवाद ।

    ० आज हामी तपाईंसँग मुख्यतः नेकपा (मसाल) र समसामयिक राजनीतिबारे कुराकानी गर्न चाहन्छौँ । सर्वप्रथमत कुराकानी कहाँबाट सुरु गरौँ भने मसाल क्रान्तिकारी कम्युनिस्ट पार्टी हो भन्ने दाबी गर्नका लागि तपाईंसित के कस्ता आधार छन् ?

    :: एउटै पार्टीको रूपमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भए पनि यहाँ कम्युनिस्टहरू धेरै पार्टीमा विभाजित छन् । सबैले आफूलाई क्रान्तिकारी, मार्क्सवादी–लेनिनवादी बताउने गर्दछन् तर को कम्युनिस्ट ? को मार्क्सवादी–लेनिनवादी भन्ने निश्चित गर्दा कम्युनिस्ट सिद्धान्त के हो भन्ने बुझ्नुपर्दछ । साधारण जनताले त्यो बुझ्न सक्दैनन् । जनताको त्यो अवस्थाबाट फाइदा उठाएर संशोधनवादीले आफ्नो स्थान निश्चित गरेका छन् ।

    हामीले आफूलाई क्रान्तिकारी पार्टी हौँ भन्नका लागि केही ठोस आधार छन् । हामीले मार्क्सवादी–लेनिनवादी दर्शन, सिद्धान्त र विचारअनुसार काम गर्दछौँ, त्यसलाई कार्यान्वयन गर्ने प्रयास गर्दछौँ । त्यहीअनुसार हामी सामाजिक परिवर्तनमा विश्वास गर्दछौँ ।

    अहिले नेपालको राजनीतिमा सत्तामा पुग्नका लागि जोसित पनि सम्झौता गर्ने, सिद्धान्त छोड्ने र पनि आफूलाई कम्युनिस्ट हुँ भन्ने दाबी गर्ने रुझान छ तर हामी त्यसो गर्दैनौँ । हाम्रो संसारलाई व्याख्या–विश्लेषण गर्ने तरिका र सत्ता प्राप्त गर्ने जुन उद्देश्य छ, त्यो कम्युनिस्ट सिद्धान्तअनुसार छ । वर्गसङ्घर्षलाई हामी मान्दछौँ । हामीले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तलाई मान्दछौँ । हामीले सर्वहारा वर्गको अधिनायकत्वलाई स्वीकार गर्दछौँ । त्यहीअनुसार पार्टीका गतिविधि सञ्चालन गरिरहेका छौँ । यस आधारमा हामी अरूभन्दा भिन्न छौँ । यही नै हामी क्रान्तिकारी कम्युनिस्ट हौँ भन्ने आधार हुन् ।

    ० तपाईंहरूको स्कुलिङबाट नेपालमा धेरै कम्युनिस्ट अघि बढेका छन् । त्यसमध्ये कतिपयले सशस्त्र कारबाही पनि सञ्चालन गरे । उनीहरूको एउटा आरोप यो छ, वस्तुगत परिस्थिति अनुकूल छ भन्दाभन्दै पनि तपाईंहरूले सशस्त्र सङ्घर्ष अगाडि बढाउनुभएन, कुरा मात्रै गर्नुभयो । यसबारे के भन्नुहुन्छ ?

    :: हामीले नेपालको सम्पूर्ण राजनीतिलाई वर्गसङ्घर्षको रूपमा लिएका छौँ । त्यस क्रममा वैचारिक सङ्घर्षलाई हामी केन्द्रमा राख्ने गर्दछौँ ।
    जब कम्युनिस्ट पार्टी भनिएकाहरू नै कम्युनिस्ट होइनन् भने ठुलो पार्टी भएर त्यसले सामाजिक परिवर्तन गर्दछ, क्रान्ति गर्छ, कम्युनिस्ट लक्ष्य पूरा गर्छ भन्ने कुरा भएन । कतिपयले भन्ने गरेका छन्, नेकपा (मसाल) ले कुरा मात्रै गर्‍यो तर कुरा मात्रै गरेको भए हामी यो रूपमा रहने थिएनौँ । अरू कहाँ पुगे ? नेपाली कम्युनिस्ट आन्दोलनमा स्पष्ट नै छ ।

    नेपाली कम्युनिस्टकै मात्र कुरा किन गर्ने ? सत्तास्थापना गरेको लेनिनको पार्टी, समाजवाद स्थापना गरेको रुसको स्टालिनको पार्टी आज पुँजीवादमा रूपान्तरण भइसक्यो । माओले चीनमा त्यत्रो क्रान्ति सम्पन्न गरेको पार्टी देङस्याओ पिङ हुँदै आज संसारका साम्राज्यवादी राष्ट्रसँग प्रतिष्पर्धा गरिरहेको छ । आज कम्युनिस्ट सिद्धान्तको कुरा त्यहाँ हुँदैन ।

    त्यस्तै, संसारका कैयौँ कम्युनिस्ट पार्टीले व्यवहारमा जाने नाममा मार्क्सवादी–लेनिनवादी सिद्धान्तलाई त्याग गरे । उनीहरूले जनतालाई भ्रममा पारेर सत्तामा कसरी पुग्न सकिन्छ भन्दै कम्युनिस्ट शब्दको दुरुपयोग गरे । उनीहरूले कम्युनिस्ट सिद्धान्तबमोजिम काम गरेनन् । त्यसको तुलनामा हामीले कम्युनिस्ट सिद्धान्तअनुसार काम गरिरहेका छौँ । हामीले एमाले, माओवादी र अन्य समूहले जस्तो काम गरिरहेका छैनौँ ।

    हामीले ठोस स्थितिको ठोस विश्लेषण गरेर काम गर्ने सन्दर्भमा यो पनि भन्ने गरेका छौँ, विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ । यो अवस्थामा विश्वभरि संशोधनवादको हावा चलेको छ । यस्तो बेलामा एमाले, माओवादी जस्ता पार्टी नै शक्तिशाली हुन्छन् नै । उनीहरू नै सत्तामा आवतजावत् गर्ने हुन् तर त्यो मार्क्सवादी–लेनिनवादी सिद्धान्तअनुसार निर्माण भएको सत्ता त होइन नि ।

    आज चौतर्फी रूपमा विश्वलाई सामन्तवाद, साम्राज्यवाद, संशोधवादले घेरा हालिरहेको छ । यस्तो बेलामा हामीले कम्युनिस्ट सिद्धान्त जोगाइरहेका छौँ । यो धेरै ठुलो महत्त्वपूर्ण कुरा हो । अहिले यसरी को उभिएको छ ? प्रत्येक चुनावमा मतदाता घटे भन्ने कुरा छ । घट्छ नि । मानिसका बुझाइ हेर्नुस् न, कतातिर गइरहेको छ ? आज कम्युनिस्ट विचार, सिद्धान्त र आदर्श रक्षाको जुन कुरा छ, त्यो चानेचुने कुरा होइन । हावा चल्दा पात हल्लिए जस्तै हल्लिनेहरूले कम्युनिस्ट सिद्धान्तको रक्षा गर्न सक्ने कुरा हुँदैन । हामीले जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि कम्युनिस्ट सिद्धान्त जोगाउन काम गरिरहेका छौँ ।

    जहाँसम्म सफलताको कुरा छ, त्यो त युगको कुरा हो । कुनै बेला माओ सत्तामा हुनुहुन्थ्यो । कुनै बेला स्टालिन सत्तामा हुनुहुन्थ्यो । कुनै बेला अरू कुनै सत्तामा हुन्छन् । वर्गसङ्घर्षको सिद्धान्तअनुसार कहिले सर्वहारा वर्ग बलियो हुन्छ त कहिले त्यसका दुस्मन । त्यो आन्दोलन, क्रान्ति कसरी विकास हुँदै जान्छ ? त्यसमा निर्भर हुने कुरा हो । क्रान्तिकारी सिद्धान्त र व्यवहारमाझ तालमेल मिलाउँदाखेरि हामी यो अवस्थामा पुगेका हौँ । सिद्धान्तलाई पूरै छोडेर माफियासँग सम्झौता गरेको भए, साम्राज्यवादीसँग सम्झौता गरेको भए, पुँजीवादीसँग सम्झौता गरेको भए हामी यो रूपमा रहने थिएनौँ । यहाँ माओवादी, एमाले, मसाल छुट्टाछट्टै हुनुपर्दैनथ्यो । हामी एउटै हुन्थ्यो तर क्रान्ति र परिवर्तनका कुरा गर्न सक्दैनथ्यौँ ।

    हामीले कम्युनिस्ट सिद्धान्त बचाएको हुनाले अहिले क्रान्ति, परिवर्तनका कुरा गर्न सकिएको हो, नत्र यति कुरा पनि गर्न सकिँदैनथ्यो । मानिसका धारणा बदलिएका छन् । सशस्त्र सङ्घर्ष सुदूरको विषय बन्न गएको छ । यस्तो बेलामा हामीले काम गरिरहेका छौँ । मुख्य कुरा यही हो ।

    ० कम्युनिस्ट पार्टीको अनुशासनको कुरा गर्दाखेरि तपाईंहरू अलि बढी रूढ हुनुभयो कि भन्ने आशङ्का गरिन्छ† जस्तै : अरू पार्टीले विधान सम्मेलनका कुरा गर्छन्, विचारलाई खेल्न दिन्छौँ भन्छन् तर तपाईंहरू अलि कडा रूपमा प्र्रस्तुत हुनुभयो भनिन्छ । मार्क्सवादी–लेनिनवादी सिद्धान्तअनुसार अनुशासन पद्धति कस्तो हुन्छ ?

    :: त्यो वाहियात कुरा हो किनकि कम्युनिस्टहरू सबैभन्दा बढी प्रजातान्त्रिक हुन्छन् अर्थात् जनवादी हुन्छन् ।

    पार्टीसदस्यले जुन कुरा उठाउँछन्, त्यसको सबैभन्दा बढी सुनुवाइ कम्युनिस्ट पार्टीमा हुने गर्दछ । काङ्ग्रेसमा कहाँ सुनुवाइ हुन्छ ? एमालेमा कहाँ सुनुवाइ भएको छ ? माओवादीमा कहाँ सुनुवाइ हुन्छ ? अहिले ट्रम्पको पार्टीमा सुनुवाइ हुन्छ होला र ? बाइडेनको पार्टीमा, मोदीको पार्टीमा सुनुवाइ हुन्छ होला ? होइन, हुन्छ भने हाम्रो पार्टीमा हुन्छ सुनुवाइ । उदाहरणका लागि कुनै सदस्यले यो पार्टीमा जनवाद कम छ, केन्द्रीयता बढी छ भनेर प्रश्न उठायो, लेखेर दियो वा पार्टीमा छलफलका लागि कुरा उठायो भने त्यसमा छलफल हुन्छ, त्यसबारे निर्णय हुन्छ ।

    पार्टीका प्रत्येक सदस्यले अनुशासन मान्नुपर्दछ । त्यो त काङ्ग्रेसका सदस्यले पनि मान्नुहुन्छ । माओवादी, एमालेका सदस्यले पनि आफ्नो पार्टीको अनुशासन मान्नुहुन्छ । यहाँ खुल्ला रूपमा जे पायो त्यही बोल्ने वा गुट चलाउने कुरा गरिएको होला तर हाम्रो पार्टीमा त्यस्तो गर्न पाइँदैन । प्र्रत्येक पार्टीसदस्यले विचार राख्नुहुन्छ । ती विचारबारे सुनुवाइ हुन्छ तर विचार राख्दाबित्तिकै जेसुकै भए पनि तत्कालै निर्णय कहाँ हुन्छ ? प्रक्रियामा जानुपर्दछ । मेरा सबै विचारको भर्खरै सुनुवाइ हुने भए त म नै सर्वेसर्वा भएँ नि । यो गर्ने वा नगर्ने भनेर निर्णय गर्ने प्रक्रिया के हो ? त्यो त भोटिङ हो । भोट नेपालभरिका आम जनताले हाल्ने होइन, पार्टीसदस्यले मात्रै हाल्ने हो । यस्तो छलफल केन्द्रीय समितिमा चलेको छ भने केन्द्रीय सदस्यले, जिल्ला समितिमा भए जिल्ला सदस्यले, पार्टीभरि चलेको भए आम पार्टीसदस्यले भोट हाल्छन् ।

    पार्टीसदस्यका मतको सम्बोधन हुने, सम्बोधन गरेर स्पष्ट पार्ने कि तपाईंको यो विषयमा यो निर्णय भयो—यस्तो प्रजातन्त्र, जनवाद कहीँ कतै छ भने त्यो हाम्रो पार्टीमा छ, तब कसरी हामी सङ्कीर्ण भयौँ ? कसरी हामी जड भयौँ ?

    नेतृत्वलाई गाली गर्न पाइन्न भनेर हामी भन्दैनौँ । गाली, आलोचना गर्न पाइन्छ तर सभ्य तरिकाले सैद्धान्तिक, वैचारिक प्रकारले गर्नुस् भनेको हो हामीले । त्यो प्रक्रियागत तरिकाले गर्नुस् । तपाईं कुनै कमिटीमा हुनुहोला । कम्युनिस्ट पार्टी न नेताहरूको पार्टी हो । सबै पार्टीसदस्य कमिटीबद्ध हुनुपर्दछ । कमिटीबद्ध हुनेले छाडा रूपमा बोल्न त मिल्दैन नि ।

    बहुमतको निर्णय मान्नु सिस्टम हो । लेनिनवादी सङ्गठनात्मक प्रणालीको कुरा त्यही हो । त्यसलाई मान्नुपर्‍यो । लेनिनवादले अरू कसिकसाइ केही गरेको होइन नि । अल्पमत बहुमतको मातहतमा बस्नु भनेको दबिएर बस्नु भनेको होइन, निर्णयलाई मानेर जाऊ भनेको पो हो त । तपाईंको विचारको सम्मान भयो, त्यो सम्मानअनुसार प्रक्रियामा गयो वा प्रक्रियाअनुसार तपाईंको विचार अस्वीकृत भयो, तपाईंको विचार महत्त्वपूर्ण हुँदाहुँदै पनि निर्णयलाई मानेर जाऊ भनेको हो ।

    कुनै पार्टीसदस्य सुनुवाइबिना छाडा प्रकारले बोल्छन् भने त्यो जनवाद होइन । त्यसको कुनै तुक छैन । देउवाको विषयमा कुनै काङ्ग्रेसका साथीले बाहिर बोल्छ, त्यसको संस्थागत सुनुवाइ हुन्छ भने पो प्रजातन्त्र भयो तर त्यसो नभएपछि बोलेको के अर्थ भयो ? त्यस्तो पनि प्रजातन्त्र हुन्छ ? उदाहरणका लागि एमालेका मान्छेले ओलीका बारेमा कुरा गरेका हुन्छन् कि यो गर्‍यो, त्यो गर्‍यो । त्यसले केपी ओलीलाई केही फरक पर्दैन । मुख्य कुरा संस्थागत प्रकारले उनीहरूका कुरा सुनियो कि सुनिएन भन्ने हो । सुनियो भने त्यहाँ प्रजातन्त्र रहेछ भन्ने मान्नुपर्‍यो ।

    हाम्रो अनुशासन, पद्धति, प्रक्रिया सूक्ष्म, सुव्यवस्थित र सुदृढ छ । प्रजातान्त्रिक, जनवादी स्वतन्त्रतासहितको पार्टी हामीले निर्माण गरेका छौँ । हामीले सबै पार्टीसदस्यका जनवादी अधिकारलाई सुरक्षित राखेका छौँ । हाम्रो पार्टीमा कोही पनि जनवाद र स्वतन्त्रताबाट वञ्चित हुनुपर्दैन । त्यो अरू कुनै पार्टीले गर्न सक्छन् ? हाम्रो चुनौती छ ।

    ० अब कम्युनिस्ट पार्टीको आन्तरिक जीवनभन्दा फरक विषयमा कुराकानी गरौँ । नेपालमा ६२ प्रतिशतको हाराहारीमा किसान छन् । कम्युनिस्टले भन्ने गरेको नयाँ जनवादी क्रान्ति पनि एक प्रकारले किसान क्रान्ति हो भन्ने गरिन्छ । तपाईंहरूले पनि योभन्दा पहिला किसान आन्दोलन उठाउने प्रयास गर्नुभएको थियो, दुई दुईपटक किसानमार्च गरेर । नेपालको किसान आन्दोलन अगाडि बढाउनका लागि तपाईंहरूको पार्टीले के कस्तो भूमिका खेलिरहेको छ ?

    :: किसानलाई हामीले क्रान्तिको आधारभूत वर्ग मान्दछौँ । नयाँ जनवादी क्रान्तिको अवधारणा किसानसँगै जोडिएर आउँछ यद्यपि किसान मजदुर वर्ग होइन । मजदुर वर्ग सुसङ्ठित मानव समुदाय हो तर किसानको केही निजी सम्पत्ति (खेतबारी, जमिन, कृषिऔजार आदि) हुन्छ । ऊसँग मध्यमवर्गीय सपना पनि हुन्छ । यो स्वभाव, चरित्र, सोचाइ सर्वहारा वर्गसित मिल्दैन तर पनि सामाजिक परिवर्तनमा उनीहरूको ठुलो महत्त्व हुन्छ । हाम्रो जस्तो अर्धसामन्ती, अर्धऔपनिवेशिक देशमा किसानको बाहुल्यता छ ।

    नेपालमा ६२ प्रतिशत किसान छन् भने यहाँ सामन्तवाद कति बलियो छ भन्ने स्पष्ट छ । सामन्तवाद भएकैले किसान छन्, पुँजीवाद भए त मजदुर बहुसङ्ख्यामा हुन्थे । नयाँ जनवादी क्रान्तिमा किसानलाई जोड्ने सिद्धान्त माओले प्रतिपादन गर्नुभएको थियो । हाम्रो देशको सन्दर्भमा पनि माओको त्यही सिद्धान्त लागु हुन्छ ।

    हामीले किसान आन्दोलन उठाउन विगतदेखि प्रयत्न गर्दै आएका छौँ । कम्युनिस्ट पार्टी स्थापनाको समयमा जुन ठुला ठुला किसान आन्दोलन उठे, त्यसमा कम्युनिस्ट पार्टीको प्रभाव थियो । पछि हाम्रो पार्टीले पनि त्यस प्रकारका प्रयत्न गर्‍यो । वर्गसङ्घर्षमा जोड दियो । अहिले किसान आन्दोलनको चरित्र बदलिएको छ । त्यसमा आधुनिकता, प्रविधिको पनि प्रभाव परेको छ । साम्राज्यवादको प्रभाव, विदेश पलायन, सहर पलायन जस्ता धेरै कारणले गर्दा हामीले चाहे जस्तो किसान आन्दोलनलाई व्यवस्थित गर्न सकिरहेका छैनौँ । यसलाई व्यवस्थित कसरी गर्न सकिन्छ ? त्यसबारे हामी विचार गरिरहेका छौँ । कार्यक्रम बनाइरहेका छौँ यद्यपि जुन प्रकारको परिणाम आउनुपर्ने हो, त्यो आउन सकिरहेको छैन ।

    अर्कोतर्फ, कम्युनिस्ट आन्दोलन शक्तिशाली नहुँदा किसान आन्दोलन कमजोर हुनु स्वाभाविक छ तैपनि हामी हतास हुनुपर्ने आवश्यकता छैन । क्रान्तिकारी चेतनाद्वारा किसान समुदायलाई जागृत गर्ने काम कम्युनिस्ट पार्टीले गर्नुपर्छ । त्यो काम हामीले गरिरहेका छौँ ।

    ० नेपाली राज्यसत्ताको चरित्रको बारेमा अलिकति कुराकानी गर्न चाहेँ । तपाईंहरूले नेपाली राज्यसत्ताको चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक छ भन्नुभयो । अन्य कतिपय पार्टीले पनि यही मानेका छन् । एकथरीले त देश पुँजीवादमा गइसक्यो भने । यस सन्दर्भमा नवउपनिवेशवादको प्रभाव नेपालमा कस्तो छ ? यसलाई कम्युनिस्ट पार्टीले कसरी मूल्याङ्कन गरिरहेको छ ?

    :: यो गम्भीर कुरा हो ।

    भारत अङ्ग्रेजको उपनिवेश थियो । त्यहाँ बेलायत प्रत्यक्ष रूपमा नै आएर उपनिवेश कायम गरेको थियो । अहिले संसारमा जुन देशको अर्धऔपनिवेशिक चरित्र छ, त्यहाँ साम्राज्यवादीहरू प्र्रत्यक्ष रूपमा जाँदैनन् । सेना पठाउँदैनन् । उतैबाट सरकार सञ्चालन गर्दछन् तर अप्रत्यक्ष रूपमा । सरकार, प्रशासन, पार्टी पनि अप्रत्यक्ष रूपमा चलाइरहेका हुन्छन् ।

    नेपालमा उनीहरू नेपाली एजेन्ट नै प्रयोग गरिरहेका हुन्छन्; जस्तो : नेपालमा भारतको राजदूतले भ्र्रमण गरे, “रअ” का प्रतिनिधिले भ्रमण गरे, अमेरिकी मन्त्रीले भ्रमण गरे, चीनका कूटनीतिज्ञले भेटघाट गरे भने हामीकहाँ उथलपुथल हुन्छ । किन ? किनभने उनीहरूको यहाँ प्रभाव पर्छ । त्यसरी यहाँ सत्ता परिवर्तनको हावा चल्न थाल्छ नत्र भारत, चीनका प्रतिनिधि आएर यहाँ सत्ता परिवर्तन हिन हुनुपर्ने ? त्यो त यहाँका जनताले निर्णय गर्ने कुरा हो ।

    हामीले इतिहास हेरौँ । हिटलर, मुसोलिनी, नेपोलियन, इदी अमिन आदिको कसरी उदय भयो ? उनीहरू कसरी शक्तिशाली बने ? त्यहाँ परिवर्तन गर्नका लागि किन ठुलो बलिदानी भयो ? जब हिटलरको फासिवादले चरम रूपधारण गर्‍यो, तब सोभियत सङ्घले ठुलो कुर्बानी गर्नुपर्‍यो कि परेन ? त्यतिखेरको त्यो बलिदानी खाली सोभियत सत्ताको रक्षाको कुरा थिएन, फासिस्ट शक्तिलाई पराजित गर्ने कुरा पनि थियो तर फासिस्टलाई समर्थन गर्नेहरूले त्यो बलिदानी गर्नुपरेको थिएन ।

    अर्ध वा नवउपनिवेश नयाँ अवधारणा हो । यो दोस्रो विश्वयुद्धपछि आएको हो । साम्राज्यवादीहरूले तेस्रो मुलुकमा कसरी शक्ति निर्माण गर्ने भनेर आर्थिक प्याकेज, सामाजिक, राजनीतिक, सांस्कृतिक, सैनिक विभिन्न समूह बनाएर आफ्नो प्रभाव कायम गर्दछन् । आज त्यही प्रभाव नेपालमा पनि छ । त्यसैले यहाँ भारतको प्रभाव पर्छ । चीन र अमेरिकाको प्रभाव पनि पर्छ ।

    नेपालले वैदेशिक मामिलामा स्वतन्त्र निर्णय गरेको इतिहासमै पाउन सकिन्न । यहाँ कोशी नदीको पानी प्रयोग गर्ने कुरा, टनकपुरको कुरा भारतसँग गर्नुपर्ने, हिमालको कुरा चीनसँग गर्नुपर्ने, एमसिसीको कुरा अमेरिकासँग गर्नुपर्ने हुन्छ । यो हाम्रो आँखाले देख्ने गरी उपनिवेशवाद होइन र ?

    ० नेपालमा धेरै जनताले वामपन्थी वा कम्युनिस्ट पार्टीलाई समर्थन गर्छन् । राजनीतिक दलमा पनि कम्युनिस्ट पार्टी धेरै छन् । धेरै कम्युनिस्ट पार्टी भएकाले यिनीहरूबिच ध्रुवीकरण वा एकीकरण हुनुपर्दछ भन्ने माग पनि उठेको छ । त्यस क्रममा कतिपय कम्युनिस्ट पार्टी भनिएकाले ध्रुवीकरणको कुरा गरिरहेका छन् तर तपाईंहरूको पार्टीले यसबारे चासो नदेखाएको हो कि जस्तो लाग्छ । यस्तो किन भयो होला ?

    :: अहिले वामपन्थी ध्रुवीकरणको अवस्था छैन । ध्रुवीकरण हुनका लागि विचारको समानता आवश्यक हुन्छ । कुनै समूहको बिचमा विचार मिल्यो भने कसैले कुरा उठाउनु, त्यो आफ्नो ठाउँमा छ । विचार मिल्ने कम्युनिस्ट एकै ठाउँमा जानु राम्रै कुरा हो नि ? त्यसलाई हामीले नराम्रो मान्दैनौँ तर यसरी विचार मिलेका छन् कहाँ ?

    क्रान्ति गर्ने हो कि होइन ? क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने हो कि होइन ? मार्क्सवाद–लेनिनवादलाई मान्ने हो कि होइन ? सशस्त्र सङ्घर्षको सुरुआत गर्ने हो कि होइन ? वर्गसङ्घर्षलाई मान्ने हो कि होइन ? कुरा यिनी पो छन् त । यी कुरा मात्रै होइन, यी पार्टीको सङ्गठनात्मक पद्धति, आचरण त्यस्तो छ कि छैन ? अर्को कुरा यो हो ।

    चुनावमा पैसाको खोला बग्छ । कहाँबाट आउँछ त्यो पैसा ? युवाहरू त विदेशमा छन् । करोडौँ पैसाको खोला बगाएर कम्युनिस्टले चुनाव जित्छन् । यस्ता पनि कम्युनिस्ट छन् यहाँ अनि विचार, आदर्श र सिद्धान्तका कुरा गर्ने कम्युनिस्टसित मिल्छन्् त तिनीहरू ? वामपन्थी ध्रुवीकरणमा जान्छन् ? त्यस्तो कुरा कुनै स्वार्थ वा सत्तामा जान पनि हुन सक्ला तर सत्तामा गएर जनताका समस्या समाधान हुन्छन् त ? एमाले, माओवादी सत्तामा गएर खै त जनताको समस्या समाधान भएको ? त्यसका लागि सरकार, कम्युनिस्टहरू कुरामा मात्रै होइन, व्यवहारमा सिर्जनात्मक हुनुपर्‍यो । नेपालमा सबै पूर्वाधार, साधनश्रोत छन् । उद्योग फस्टाउन सक्छन् तर उदाहरणका लागि भएका उद्योग लिलाम गर्ने, बर्डफ्लु आयो भने करोडौँ कुखुरा मार्नुपर्ने—यसरी त हाम्रा उद्योग धरासायी हुन्छन् । यस्ता गर्ने पनि कम्युनिस्ट हुन्छन् ?

    सत्तामा भएका कम्युनिस्टले चाहेको भए सुधारका काम गर्न सक्थे । क्रान्ति त गर्न सकेनन् । क्रान्तिका लागि सही विचार, सिद्धान्त, राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थिति सबैको व्याख्याविश्लेषण गर्नुपर्ला तर सुधार गर्न केले रोक्यो ? भएको उद्योगलाई सदुपयोग गरेर रोजगारी सिर्जना गरी युवाको विदेश पलायन रोक्ने सरकारको कार्यक्रम कहाँ छ ? यस्ता फाइँफुट्टी गर्नेसित हामी कम्युनिस्टको एकता कसरी होला ? त्यसकारण हामीले यस्ता विषयमा चासो लिएका छैनौँ ।

    कतिपयसित सैद्धान्तिक, वैचारिक प्रकारले कुरा मिल्छ तर त्यति मिलेर भएन, कार्यदिशा छैन । समाजवाद ल्याउने भनेरै त क्रान्तिकारी भइन्न नि । समाजवादसम्म पुग्न जनआन्दोलन, जनसङ्घर्ष, चुनाव, राष्ट्रियताको आन्दोलन जस्ता थुप्रै बाटा छन् । यसलाई कसरी निर्धारण गर्ने ? चुनावमा जित्दैनौँ, त्यसैले चुनावको उपयोग क्रान्तिकारी नीति होइन—यसरी पनि क्रान्तिकारी भइन्छ ? यस्तो पनि नीति हुन्छ ? यसरी एकता हुन सक्दैन । भए पनि तत्कालै फुट हुन्छ ।

    ध्रुवीकरण भनेको विचार मिल्ने कम्युनिस्टहरू एक ठाउँमा आउने कुरा हो । त्यस्ता कम्युनिस्ट को को हुन् । कोही जातिवाद मान्छन् । कोही जातीय सङ्घीयता मान्छन् तर हामी सङ्घीयताका विरोधी हौँ । यसरी हाम्रो कार्यदिशा नै मिलेन । त्यसकारण ध्रुवीकरण होइन, विचार मिल्नेहरू एक ठाउँमा बसौँ । हाम्रो पार्टीमा त्यस्ता साथीहरूलाई स्वागत छ ।

    कतिपय बेलामा ध्रुवीकरणपछि फुट हुन्छ । रणनीति तथा कार्यनीतिमा ध्यान नदिएपछि फुट हुन्छ । त्यसका बाबजुद तात्कालिक राजनीतिक आवश्यकताको कुरा हुन्छ भने राष्ट्रियता, जनजीविकालगायतका विषयमा कार्यगत एकता गरेर जान सकिन्छ । यस्तो कार्यगत एकता बढीजसो मिक्रशत्तिसित हुन्छ । हामीले यसरी कार्यगत एकता गर्ने पनि गरेका छौँ ।

    २०४६ सालको आन्दोलन, २०५९ सालको आन्दोलन, २०६२–६३ सालको आन्दोलन संयुक्त आन्दोलन भए । केपी ओलीको प्रतिगमन विरुद्ध सङ्घर्ष गर्दा हामीले काङ्ग्रेससित सहकार्य गर्‍यौँ । उहाँहरूसित चुनावमा सहकार्य गर्‍यौँ । कतिपयले यो सहकार्यको विरोध गरे । उनीहरूले मार्क्सवाद कहिल्यै बुझेनन् । हाम्रो सिद्धान्त सङ्घर्ष र एकताको थियो । दुस्मनसित सङ्घर्षसँगै एकता हुन्छ । मिक्रशत्तिसित एकतासँगै सङ्घर्षर् पनि हुन्छ । हाम्रो माओवादी, एमालेसित पनि सङ्घर्ष हुने गरेको छ तर सन्दर्भ फेरिएअनुसार फेरि सहकार्य पनिु हुने गर्दछ ।

    वामपन्थी ध्रुवीकरणको कुरा गर्दा सैद्धान्तिक विवाद छन् । कसैले नेपाली समाजको व्याख्या भएन भन्छन् । जातिवाद, क्षेत्रीयतावाद, धर्मवादको आधारमा गर्नुपर्ने हो त्यस्तो व्याख्या ? होइन, नेपाली समाजको व्याख्या मार्क्सवादको आधारमा गर्ने हो । वर्गसङ्घर्षलाई बिचमा राखेर अरू जाति, क्षेत्रको व्याख्या गर्ने हो । त्यसैले विचारमा एकता र व्यवहारमा एकरूपता नभएकाले वामपन्थी ध्रुवीकरणको अवस्था आइसकेको छैन । त्यस्तो अवस्था आयो भने हामी भन्छौँ । एउटाले सङ्घीयतावाद जोतिरहेको, अर्कोले सङ्घीयतालाई खारेज गर्नुपर्छ भनिरहेको, अर्को संशोधनवादमा जोडिएको, अर्को संसद्लाई उपयोग गर्नुपर्छ भन्ने, कोही वहिष्कारवादी—यस्तो चार मुख चार दिशातिर फर्किएको अवस्थामा कम्युनिस्ट ध्रुवीकरण कसरी हुन्छ ?

    ० अब अलिकति सरकारको विषयमा कुराकानी गरौँ । राजनीतिक अस्थिरता भयो भनेर दुई ठुला दलले सहकार्य गरे । सरकार गठन भएको पछि छ महिना बित्न थाल्यो । यो सरकारको छ महिनालाई कसरी मूल्याङ्कन गर्नुभएको छ ?

    :: काम भए न मूल्याङ्कन गर्ने हो । उल्लेखनीय काम नभएकाले यो सरकारले यो गर्‍यो भन्ने अवस्था रहेन । त्यसकारण जनअसन्तोष ज्यादै छ ।
    राष्ट्रियताको विषय यो सरकारले उठाउँदैन । लिपुलेकको विषयमा भारत र चीनका प्रतिनिधिमाझ बैठक भयो । उनीहरूले नेपाललाई नसोधेरै हाम्रो भूमि उपयोग गर्ने निर्णय गर्दा हाम्रो सरकार चुपचाप छ । उसले सामान्य प्रतिक्रिया पनि दिन सकेको छैन । कति गैरजिम्मेवार छ सरकार ?

    कुन उद्देश्यका लागि सरकार बनाइएको हो ? त्यो पनि बुझिएन । मिलेर सरकार चलाउने विषय जनताको सरोकारको विषय भएन । भ्रष्टाचारको नियन्त्रणमा पनि उल्लेखनीय प्रगति भएको पाइएन ।

    सरकारले जति काम भए भनेको छ, त्यसले जनतालाई सन्तुष्टि दिन सकेको छैन । हामीले त एमाले प्रतिगमनको बाटोमा छ भनेका छौँ । त्यो सच्याएर आउनुपर्छ भनेका छौँ । यता, माओवादी र काङ्ग्रेसको चरित्र पनि कताबाट सत्ता सोर्‍याक पार्न सकिन्छ, हात पारौँ भन्ने छ । त्यसैले प्रतिगमनको समस्या हुँदाहुँदै पनि उहाँहरू सँगसँगै बसेर सत्ता बाँडफाँड गरिराख्नुभएको छ । त्यसैले जनताको समस्या ज्युँकात्युँ रहने, राष्ट्रियताको समस्या यथावत् रहने अवस्था छ । हाम्रो मूल्याङ्कनमा देशको अवस्था गम्भीर छ ।

    सरकारले सही तरिकाले काम गर्न सकेन । संसद्का शक्तिशाली पार्टी मिलेर सरकार बनाएपछि जनतालाई यो यो सुविधा दिएका छौँ भन्न सकेको भए हुन्थ्यो । केही भएको देखिएन । पद बाँडफाँडको क्रममा कुनै काम नगरिकन सरकार ढल्ले हल्ला चल्न थालेको छ । यो नेपालका लागि दुर्भाग्यपूर्ण कुरा हो ।

    फेरि पनि हाम्रो सुझाव छ, सक्नुहुन्छ भने राम्रो काम गर्नुस् । भ्रष्टाचारीलाई कारबाही गर्नुस् । सहकारीका ठगहरू छन्, विभिन्न पार्टीमा लुकेर बसेका । जनतालाई सन्तुष्टि मिल्ने गरी काम गर्नुहोस् । अर्कातिर, प्रशासनमा र राजनीतिक क्षेत्रबाट हुने जुन भ्रष्टाचार छ, त्यसलाई न्यूनीकरण गरियोस् । प्रदेशले राम्ररी काम गरेको छैन भने सङ्घीयता खारेज गरिदिए हुन्छ । किनेर दाना खुवाउनुपर्ने प्राणी पाल्नु आवश्यक छैन । दुईपटक प्रदेशसभाको चुनाव भइसके पनि यिनीहरूले जनताको पक्षमा ठोस काम गरेको थाहा पाइएन ।

    यहाँ त समस्या मात्रै भयो । जातिवाद, सम्प्रदायवाद, क्षेत्रीयतावाद, धर्मवादका भावना लिएर मानिसहरू आइरहेका छन् । सक्नुहुन्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्‍यो । वैदेशिक रोजगारीका गएर दुःख पाएका युवालाई फर्काउने योजना बनाए हुन्छ, अबको दुईतीन वर्षभित्र । गर्न सक्ने हो भने उहाँहरूसित प्रशस्त समय छन् । गर्न केले रोक्छ र ? त्यो गर्न सक्नुहुन्न ।

    सरकारलाई माफिया, भ्रष्टाचारी, ठग, दलालहरूले घेरा हालेका छन् । कोही मेडिकल माफिया, कोही जलमाफिया छन् । देशीविदेशी शक्तिकेन्द्रका कठपुतली बनेका छन् । त्यसैले करायो करायो, नतिजा नआउने काम हुन्छ ।

    राष्ट्रियतालाई बलियो बनाउने, राजनीतिक–प्रशासनिक भ्रष्टाचारलाई नियन्त्रण गर्ने, चुस्तदुरुस्त शासन कायम गरे हुन्थ्यो, त्यो ठुलो कुरा होइन । सत्ता, शक्ति सबै उहाँहरूसँग छ । सरकारले यस्तो किन गर्न सकेन ? किनभने ऊ निश्चित शक्तिबाट नियन्त्रित छ । त्यसैले आफूले भनेअनुसार गर्न सकिँदैन । त्यहाँ समस्या छ ।

    विरोध गर्ने सानो शक्ति हामी बाहिर छौँ । हामी विरोध गर्छौं, जनताको माझमा पुगेर खबरदारी गर्छौं ।

    ० सरकारका पक्षधरको भनाइ छ, सरकारले भ्रष्टाचारको विरुद्ध सशक्त कदम उठायो । आजै काङ्ग्रेसका महामन्त्री गगन थापाले भन्नुभयो– तीन जना प्रधानमन्त्री (दुई जना पूर्व प्रधानमन्त्रीसहित) बसेर भ्रष्टाचारको कुन फाइल खोल्ने, कुन फाइल बन्द गर्ने ? त्यसबारे निर्णय गरे त भइगयो । यो भनाइको अर्थ के हो ?

    :: भ्रष्टाचारको कुन फाइल खोल्ने, कुन फाइल बन्द गर्ने भन्ने कुरा त आफैमा गलत हुन्छ । सबै भ्रष्टाचारका फाइल खोले भयो । सबै भ्रष्टाचारीलाई कारबाही गरे भयो । पृथ्वीनारायण शाहको “घुस दिने र लिने दुवै राष्ट्रका शत्रु हुन्” भन्ने सिद्धान्तलाई प्रयोग गरे भइहाल्यो । काङ्ग्रेसको उच्चपदस्थ व्यक्तिले त्यस्तो भन्न मिल्छ ?

    भ्रष्टाचार सावित भएकालाई कारबाही गर्ने, पीडितलाई क्षतिपूर्ति दिने बलियो कदम सरकारले उठाउनुपर्‍यो । यसमा कडाइपूर्वक जानुपर्‍यो । अर्को पार्टीकालाई देखाएर आफ्नालाई जोगाउँदा समस्या त भइहाल्छ नि । त्यही भएर सल्लाह गर्न भनेको हो । त्यसो होइन, काङ्ग्रेसका भ्रष्टजतिलाई कारबाही गरेमा हाम्रो आपत्ति छैन भन्नुपर्‍यो । त्यो एमाले, माओवादीले पनि भन्न सक्नुपर्‍यो । जब देशलाई, समाजलाई नै हानि हुने खालका काण्ड भएका छन्, संस्कार धमिल्याउने काण्ड भएका छन् भने कारबाही गर्न केले रोक्यो त ? यसमा वर्तमान र भूपू प्रधानमन्त्री मिलेर सल्लाह गर्नुपर्ने केही छैन ।

    भ्रष्टाचारमा परेका सबैलाई कारबाही गर्दा काङ्ग्रेस, एमाले सफा हुन्छ । त्यसरी काङ्ग्रेस, एमालेलाई पनि फाइदा हुन्छ । यसरी माफिया, भ्रष्टाचारीहरू पाखा लाग्छन्, लज्जित दण्डित हुन्छन् । यसरी देशमा कानुन छ भन्ने जनतालाई महसुस हुन्छ । राज्यलाई बलियो बनाउन उहाँहरूले सघाउनुपर्‍यो ।

    ० अब हामी अन्तर्वार्ताको अन्तिममा छौँ । तपाईंको पार्टी र राष्ट्रिय जनमोर्चाले चैत २४ देखि ३० गतेसम्म सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलन घोषणा गरेको छ । त्यसको तयारी अहिले के कसरी चलिरहेको छ ?

    :: पुस महिनाभरि सङ्घीयता विरोधी प्रशिक्षण देशव्यापी रूपमा चलिरहेको छ । कैयौँ ठाउँमा ती कार्यक्रम सम्पन्न भइसकेका छन् । कार्यक्रममा काठमाडौँकेन्द्रित आन्दोलनमा सहभागिता र आर्थिक व्यवस्थापनबारे निर्णय भएको छ । त्यसमा जनतालाई चेतना दिने काम भएका छन् । कतिपय जिल्लाले स्थानीय स्तरको सङ्घीयता विरोधी कार्यक्रम घोषणा गरिसकेका छन् । त्यस क्रममा सभा, भेला, र्‍याली हुँदै छ । यसरी यो कार्यक्रम भव्य रूपमा सम्पन्न हुने छ ।

    देशमा सङ्घीयता विरोधी जुन भ्रम थियो, त्यसलाई सफा गर्न २०६६ सालको आन्दोलनले उचाइमा लगेको थियो । अहिलेको आन्दोलनले त्यो चेतनालाई अझै माथि उठाउने छ । सम्भवतः यो आन्दोलनबाट सङ्घीयता खारेजीको एउटा मार्ग खुल्ने छ, नभए पनि के हो त सङ्घीयता भन्ने कुरालाई यो आन्दोलनले प्रभावकारी प्रकारले प्रस्तुत गर्ने छ । त्यसका लागि देशभरि तयारी भइरहेको छ । माघ र फागुन महिनाभरि जागरण अभियान सञ्चालन हुने छन् ।

    ० हवस् त समय दिनुभयो । त्यसका लागि युगदर्शनको तर्फबाट धेरै धेरै धन्यवाद ।

    :: धन्यवाद ।

    शनिबार, पुष २०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    फेसबुकको ब्राउजर भर्जनमा समस्या
    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    काठमाडौंमा ‘ड्रोन कन्फरेन्स एन्ड एक्जिबिसन’ हुँदै
    चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा खत्री नियुक्त
    राष्ट्रिय विज्ञापन नीति स्वीकृतः डिजिटल विज्ञापनदेखि ‘डिपफेक’सम्म नियमन
    वैज्ञानिकले क्वान्टम प्रकाश स्रोत नियन्त्रणको नयाँ विधि विकास गरे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.