• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

गिद्ध संरक्षणमा ऐतिहासिक सफलता


  •   बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
  • अर्घाखाँची । कुनै समय दक्षिण एसियाको आकाशबाटै हराउने अवस्थामा पुगेका गिद्ध नेपालमा भने पुन : फर्किन थालेका छन् । संरक्षणका प्रभावकारी प्रयास, हानिकारक औषधीमाथिको नियन्त्रण, सुरक्षित आहार र बासस्थान संरक्षणका कारण नेपाल लोपोन्मुख गिद्धको सङ्ख्या घट्नेक्रम रोक्दै पुन : वृद्धि गराउन सफल दक्षिण एसियाकै पहिलो देश बनेको छ ।

    Advertisement

    सन् १९९० को दशकमा दक्षिण एसियामा गिद्धको सङ्ख्या अस्वाभाविक रूपमा घट्न थालेको थियो । नेपाल, भारत, पाकिस्तान र बङ्गलादेशमा ठूलो सङ्ख्यामा गिद्ध मरेका भेटिएपछि यसका कारण खोज्ने क्रममा पशु उपचारमा प्रयोग हुने पीडानाशक औषधि डाइक्लोफेनेक गिद्ध विनाशको प्रमुख कारण भएको पुष्टि भएको थियो ।

    डाइक्लोफेनेक प्रयोग गरिएको गाईबस्तु मरेपछि त्यसको सिनो गिद्धले खाँदा गिद्धको मिर्गौलाले काम गर्न छाड्ने र करिब दुई दिनभित्रै मृत्यु हुने गरेको अनुसन्धानबाट पत्ता लागेको थियो । त्यसबेला प्रजाति र स्थानअनुसार गिद्धको सङ्ख्या हरेक वर्ष २० देखि ५० प्रतिशतसम्म घटेको थियो ।

    दक्षिण एसियामा पाइने नौ प्रजातिका गिद्धमध्ये चार प्रजाति अतिसङ्कटापन्न, एक सङ्कटापन्न र दुई प्रजाति सङ्कटको नजिक पुगेका थिए ।

    गिद्धको सङ्ख्या तीव्र रूपमा घटेपछि नेपाल, भारत र पाकिस्तानले सन् २००६ मा पशु उपचारमा डाइक्लोफेनेक प्रयोगमा प्रतिबन्ध लगाए ।

    बङ्गलादेशले भने सन् २०१० मा प्रतिबन्ध लगाएको थियो । त्यससँगै गिद्धका लागि सुरक्षित आहार उपलब्ध गराउने जटायु रेस्टुरेन्ट, बासस्थान संरक्षण तथा अन्य हानिकारक औषधिको प्रयोग न्यूनीकरणजस्ता कार्यक्रमले गिद्ध संरक्षणमा थप टेवा पु¥याएको हो ।

    हालै प्रकाशित अनुसन्धानमूलक वैज्ञानिक अध्ययनले नेपालमा दुर्लभ डङ्गर गिद्धको सङ्ख्या सन् २०१२–२०१३ पछि निरन्तर बढिरहेको देखाएको गिद्ध विज्ञ कृष्णप्रसाद भुसालको भनाइ छ । अध्ययनअनुसार सन् २०१२ पछि नेपालमा डङ्गर गिद्धको सङ्ख्या औसतमा प्रतिवर्ष १२।७ प्रतिशतका दरले वृद्धि भएको छ । यो वृद्धि सन् २०२५ सम्म पनि निरन्तर रहेको अनुसन्धानकर्ता तथा आइयुसिएन गिद्ध विशेषज्ञ समूह एसियाका सहअध्यक्षसमेत रहनुभएका भुसालले बताउनुभयो ।

    सडकमार्गमा नियमित रूपमा गिद्ध गणना गर्नुका साथै गुँडको निगरानी गरेर यस्तो निष्कर्ष निकालिएको हो । भुसालका अनुसार गिद्धको सङ्ख्या घटिरहेको अवस्थालाई रोक्दै पुन : वृद्धि हुने अवस्थामा पुर्याउने नेपाल पहिलो मुलुक बनेको छ । यस अध्ययनमा गिद्धको बाँच्ने दर पत्ता लगाउन स्याटेलाइट ट्यागसमेत प्रयोग गरिएको थियो । कुल ७० वटा डङ्गर गिद्धलाई ट्याग लगाएर गरिएको अनुगमनमा वयस्क गिद्धको वार्षिक बाँच्ने दर करिब ९४.७ प्रतिशत र अल्पवयस्क गिद्धको बाँच्ने दर ९५.५ प्रतिशत रहेको पाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक तथा अध्ययनका सहलेखक वेदकुमार ढकालले जानकारी दिनुभयो ।

    गिद्धको सङ्ख्या बढ्नुमा बाँच्ने दर मात्रै होइन, प्रजनन् सफलताले पनि महत्वपूर्ण भूमिका खेलेको अनुसन्धानले देखाएको छ । नेपालमा सन् २००७ देखि गिद्धका गुँडको अनुगमन हुँदै आएको छ । सन् २००७ देखि २०२५ सम्म छ हजार ४१० वटा गुँडको अनुगमन गरिएकामा औसतमा करिब ६९ प्रतिशत गुँड सफल भएको नेपाल पन्छी संरक्षण सङ्घका गिद्ध संरक्षण कार्यक्रम प्रमुख अङ्कित विलाश जोशीले बताउनुभयो ।

    समयसँगै गुँडको सफलता दरसमेत बढ्दै गएको छ । विशेषगरी सन् २०१३ देखि २०२५ सम्मको गिद्ध पुनरुत्थान अवधिमा प्रजनन सफलतामा सुधार देखिएको छ । यसले नेपालमा गिद्धको सङ्ख्या बढ्नुमा उच्च बाँच्ने दरसँगै राम्रो प्रजनन्ले पनि महत्वपूर्ण योगदान गरेको पुष्टि गर्छ ।

    नेपालमा गिद्धको सङ्ख्या तीव्र रूपमा बढेपछि अनुसन्धानकर्ताकासामु अर्को प्रश्न खडा भएको थियो–के भारतबाट ठूलो सङ्ख्यामा गिद्ध नेपाल प्रवेश गरेकाले यहाँको सङ्ख्या बढेको हो ? ‘स्याटेलाइट ट्याग’ लगाइएका गिद्ध नेपाल र भारतबीच आवतजावत गर्ने गरेको प्रमाण भेटिए पनि नयाँ अध्ययनले भारतबाट आएका गिद्ध नै नेपालको सङ्ख्या वृद्धिको मुख्य कारण नभएको देखाएको छ ।

    वैज्ञानिकले विभिन्न गणितीय मोडल प्रयोग गरी गरेको विश्लेषणमा सडक सर्वेक्षणबाट देखिएको गिद्धको वृद्धि र गिद्धको जन्म तथा बाँच्ने दरका आधारमा अपेक्षा गरिएको वृद्धि लगभग मिल्दोजुल्दो पाइएको थियो । त्यसैले नेपालमा गिद्धको सङ्ख्या बढ्नुको मुख्य कारण नेपालमै जन्मिएका र यहाँ बाँचिरहेका गिद्धको राम्रो अवस्था भएको देखिएको छ । गिद्ध संरक्षणमा चर्चित बनेका जटायु रेस्टुरेन्टले सुरक्षित आहार उपलब्ध गराउँदै महत्वपूर्ण भूमिका खेले पनि देशभर गिद्धको सङ्ख्या बढ्नुका कारण त्यसलाई मात्रै मान्न नसकिने अध्ययनले देखाएको छ ।

    जटायु रेस्टुरेन्ट आसपासका क्षेत्रमा मात्रै गिद्धको सङ्ख्या तीव्र गतिमा बढेको नभई देशका अन्य क्षेत्रमा वृद्धि देखिएको छ । यसले सुरक्षित आहार, औषधि नियन्त्रण, बासस्थान संरक्षण र समुदायको सहभागिता सहितको समग्र संरक्षण अभियानले सकारात्मक परिणाम दिएको सङ्केत गरेको छ । गिद्ध संरक्षणमा नेपालले ऐतिहासिक सफलता हासिल गरे पनि गिद्ध सङ्कटबाट पूर्ण रूपमा बाहिर आइसकेको अवस्था भने छैन । नेपाल पन्छी संरक्षण सङ्घकी प्रमुख कार्यकारी अधिकृत इशाना थापाका अनुसार अहिले गिद्धको सङ्ख्या बढिरहेको भए पनि सन् १९९० को दशकमा ठूलो गिरावट आउनुअघिको अवस्थाको तुलनामा सङ्ख्या अझै निकै कम छ ।

    अहिले प्राप्त सफलता जोगाउन संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता छ । वैज्ञानिकहरूले हालै प्रतिबन्ध लगाइएका एसिक्लोफेनेक, निमेसुलाइड र किटोप्रोफेनजस्ता औषधि बजारमा उपलब्ध भए–नभएको नियमित अनुगमन गरी प्रयोग रोक्नुपर्ने सुझाव दिएका छन् । भविष्यमा नयाँ पशु औषधि बजारमा ल्याउनुअघि त्यसले गिद्धमा पार्ने असरबारे परीक्षण गर्नुपर्ने उनीहरूको सुझाव छ ।

    गिद्ध प्रकृतिको महत्वपूर्ण सफाइकर्मी मानिन्छ । सिनो खाएर वातावरण सफा राख्ने भएकाले यसको संरक्षण मानव स्वास्थ्य र वातावरणीय सन्तुलनसँग पनि जोडिएको छ । नेपालको आकाशमा फेरि गिद्धका बथान देखिन थालेका छन् ।

    बिहिबार, असोज ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एल्गोरिदमको पर्दापछाडि
    फेसबुकको ब्राउजर भर्जनमा समस्या
    काठमाडौंमा ‘ड्रोन कन्फरेन्स एन्ड एक्जिबिसन’ हुँदै
    चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राडा खत्री नियुक्त
    राष्ट्रिय विज्ञापन नीति स्वीकृतः डिजिटल विज्ञापनदेखि ‘डिपफेक’सम्म नियमन
    वैज्ञानिकले क्वान्टम प्रकाश स्रोत नियन्त्रणको नयाँ विधि विकास गरे

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.