काठमाडौँ । फेसबुकको ब्राउजर भर्जनमा प्राविधिक समस्या उत्पन्न भएको छ । २०८३ साउन ३ गते दिउसो करिब डेढ बजेदेखि समस्या देखा परेको हो ।
Advertisement
फेसबुक खोल्दा न्युज फिडमा भनिएको छ– ‘एकाउन्ट अस्थायी रूपमा उपलब्ध छैन । साइटमा आएको समस्याका कारण तपाईंको खाता हाल उपलब्ध छैन । हामी यसलाई छिट्टै समाधान गर्ने अपेक्षा गर्दछौँ । कृपया केही मिनेटपछि फेरि प्रयास गर्नुहोस् ।’
ग्राहकहरूले वेब ब्राउजरमा एकाउन्ट ‘टेम्पोरोरोली अनएभाइलेबल’ नोटिसको सामना गरिरहेका छन् । मोबाइल एपमा भने समस्या देखिएको छैन ।
फेसबुकको मालिक मेटाले यसबारेमा अझैसम्म औपचारिक जानकारी भने सार्वजनिक गरेको छैन ।
अधिकांशले आफ्नो फेसबुक खातामा समस्या देखिएको सिकायत गरिरहेका छन् ।
