• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

राष्ट्रिय सम्मेलनपछि विद्यार्थी आन्दोलनको वैचारिकसँगै सांगठनिक नेतृत्व गर्नेछौँ


  •   सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
  • गणेश अधिकारी उपाध्यक्ष, अखिल (छैठौं)

    Advertisement

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) यतिबेला राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ । यही असोज १०, ११ र १२ गते दाङ जिल्लाको घोराहीमा आफ्नो २३ औँ राष्ट्रिय सम्मेलन गर्न लागेको अखिल (छैठौं) ले सम्मेलनबाट नयाँ नीति र नेतृत्व चयन गर्दैछ ।

    सम्मेलनको तयारी, विद्यार्थी आन्दोलनको आगामी कार्यदिशा, तथा समसामयिक राजनीतिबारे अखिल (छैठौं) को धारणाबारे हामीले संगठनका उपाध्यक्ष गणेश अधिकारीसँग कुराकानी गरेका छौँ ।
    प्रस्तुत छ, उपाध्यक्ष अधिकारीसँग गरिएको कुराकानीको सम्पादित अंश ।

    अखिल (छैठौं) को २३ औँ राष्ट्रिय सम्मेलन यहाँहरूले दाङको घोराहीमा गर्दै हुनुहुन्छ । यो सम्मेलनको तयारी कसरी गर्दै हुनुहुन्छ ?
    हामीले २३ औँ राष्ट्रिय सम्मेलनको मुख्य नारा ‘संघीयता, राष्ट्रघात र भ्रष्टाचार अन्त्यका लागि हाम्रो आन्दोलन, वैज्ञानिक र रोजगारमुलक शिक्षा प्राप्तिका लागि २३ औँ राष्ट्रिय सम्मेलन’ तय गरेका छौँ । यसका साथै युवा विद्यार्थीको विदेश पलायन, ,वैज्ञानिक शिक्षा प्राप्तिका कुरा, स्वदेशमै रोजगारीको व्यवस्था जस्ता विषयलाई सहायक नारा बनाएका छौँ ।

    यतिबेला हाम्रो युनियनका अध्यक्ष देवेन्द्र कुँवर सम्मेलनस्थलमै खट्नुभएको छ । वरिपरी जिल्लाका केन्द्रीय सदस्य साथीहरू पनि सम्मेलनस्थलमा पुगिसक्नुभएको छ । करिब ६५ जिल्लाबाट हाम्रो प्रतिनिधि पर्यवेक्षक आउनुहुन्छ । साथै उद्घाटन समारोहमा हामीले हाम्रा मित्र संगठनहरू, जस्तै नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीहरू लगायत हाम्रा विभिन्न भाइचारा संगठनहरूलाई पनि निम्त्याएका छौँ ।

    राष्ट्रिय सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्नुहुनेछ ।
    अहिले यतिबेला दाङको घोराही राष्ट्रिय सम्मेलन अगावै सिंगारिएको छ । प्रत्येक विद्यालयमा अखिल (छैठौं) का सदस्यता वितरण गरिएको छ । विद्यार्थी साथीहरू हाम्रो संगठनमा सामेल भइरहनुभएको छ । विभिन्न स्कुल, कलेजबाट विद्यार्थीहरू सम्मेलनमा सहभागी हुने तयारी छ । कैयौँ जिल्ला, कलेजबाट प्रतिनिधि, पर्यवेक्षक आउने खबर भइरहेको छ । हामी जुलुश प्रदर्शनसहित सम्मेलन गर्दैछौँ ।

    यतिबेला राज्य भ्रष्टाचार नियन्त्रणको सवालमा, शुसासनको सवालमा गैर जिम्मेवार बनिरहेको छ । सम्मेलनमा हामी त्यसको खबरदारी गर्नेछौँ । त्यहाँ संघीयताविरुद्धको नारा घन्किनेछ । वैज्ञानिक र व्यवहारिक शिक्षा प्राप्तिका लागि आवाज उठाइने छ । निजीकरण र राष्ट्रघातविरुद्ध विद्यार्थीहरूले खबरदारी गर्नेछन् ।

    असोज १० गते उद्घाटपछि ११ र १२ गते विधान संशोधन, राजनीतिक, सांगठनिक, आर्थिक प्रतिवेदनमाथि छलफल र पारित गर्छौं । त्यस्तै, विशेष प्रस्ताव र आगामी कार्यक्रमबारे छलफल गर्नेछौँ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

    यसरी राष्ट्रिय सम्मेलनपछि हामी, नयाँ नीति, नयाँ नेतृत्व र उत्साहका साथ फेरि विद्यार्थीहरूका माझमा जानेछौँ ।

    सम्मेलनबाट के कस्तो नीति तय गर्दै हुनुहुन्छ ?
    यतिबेला प्रतिगमनकारी हावी हुँदै गइरहेका छन् । गणतन्त्र, धर्मनिरपेक्षता र लोकतन्त्रका रक्षा गर्नुपर्ने अवस्था एकातिर राजनीतक मुद्दा छन् भने सामाजिक विषयबस्तुहरू अर्कातिर छन् । महंगी बढेको छ, जनजीविका असहज छ, युवा विद्यार्थीहरू पलायन भइरहेका छन् । शुसानका कुराहरू उठाउन आवश्यक छ ।

    यी सँगसँगै हामी शैक्षिक मुद्दाहरू पनि हामी हाम्रो सम्मेलनबाट उठान गर्छौं ।

    यहाँले शैक्षिक मुद्दाको कुरा गर्नुभयो । अखिल (छैठौं) ले के कस्ता शैक्षिक मुद्दाहरू उठाइरहेको छ ?
    अहिले हाम्रो देश अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा छ । यसकारण हाम्रो राजनीतिक र शैक्षिक अवस्था पनि यसैबाट प्रभावित छ । मूलरुपमा हामी नयाँ जनवादी व्यवस्था प्राप्तिका लागि संघर्षरत छौँ, र नयाँ जनवादी शिक्षा प्राप्तिको वकालत गरिरहेका छौँ । तत्कालका लागि भने असमान शिक्षा, व्यापारिकरण, श्रमसँग नजोडिएको अवैज्ञानिक र बेरोजगार उत्पादन गर्ने शिक्षा नीतिको विरोधमा छौँ ।

    अहिले युवा विद्यार्थीहरूको विदेश पलायन अत्यधिक बढिरहेको छ । तर, यहाँहरूले विद्यार्थीको विदेश पलायनविरुद्ध आवाज उठाएको त्यति सुनिँदैन नि ?
    हामीले यसको बारेमा लगातार आवाज उठाइरहेका छौँ । अहिले विभिन्न जिल्लामा हामीले जिल्ला सम्मेलन गरिरहेका छौँ । ती जिल्ला सम्मेलनमा यसबारे आवाज उठाउने र कतिपय ठाउँमा सम्मेलनको मुख्य नारा नै बनाएका छौँ । साथै, राज्यले व्यवहारिक र रोजगारमुलक शिक्षा नीति बनाउनुपर्छ भन्ने विषयमा आवाज उठाएका छौँ । त्यसका साथै अहिले बनिरहेका शिक्षा नीतिमा पनि यो विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छौँ ।

    यसका साथै, अब राष्ट्रिय सम्मेलनपछि अन्य संगठनहरूलाई समेत साथमा लिएर युवा विद्यार्थी पलायन रोक्ने खालका पाठ्यक्रम निर्माणका लागि दबाब दिन्छौँ ।

    पछिल्लो समयमा विद्यार्थी संगठनहरू कमजोर भइरहेको देखिन्छ । अखिल (छैठौं) किन कमजोर भयो, यहाँहरूले संगठन निर्माणा गर्न नसेकेको हो ?
    अहिले हाम्रो मात्रै होइन, समग्र विद्यार्थी संगठनहरू कमजोर भएका छन् । विद्यार्थी संगठन प्रतिपक्ष भूमिका निर्वाह गर्ने संगठन हो । समाजको सचेत वर्गको संगठन हो । तर, अहिले कस्तो छ भने विद्यार्थी संगठनहरू आफ्नो पार्टीले गरेको गलतलाई पनि गलत नभन्ने, आफ्नो पार्टी सरकारमा छँदा, आफ्नो प्रधानमन्त्री, शिक्षामन्त्री हुँदा शिक्षा नीतिबारे केही नबोल्ने, महंगी भ्रष्टारको कुरा ननिकाल्ने, आफ्नो पार्टी सरकारबाट हटेपछि अरु पार्टीको विरोध गर्ने परिपाटी बढेको छ । यसरी विद्यार्थी संगठनहरू पार्टीका कार्यकर्ताको रुपमा मात्रै प्रस्तुत भइरहेका छन् ।

    यसले गर्दा शिक्षाका मुद्दाहरू, समाजका मुद्दाहरू ओझेलमा परेका छन् । र, आम जनतालाई पनि विद्यार्थी संगठनहरू छैनन् कि जस्तो भान भएको छ । तर, अखिल (छैठौं) ले निरन्तर संघीयताको विरोध गरिरहेको छ । एमसीसीको विरोध गरिरहेको छ । हामीले व्यवहारिक शिक्षाका कुरा उठाइरहेका छौँ । जनवादी शिक्षाका कुरा उठाइरहेका छौँ । समानताका कुरा उठाइरहेका छौँ । त्यसकारण हामी लगातार संघर्षमै छौँ । धेरै संगठनहरूको बिचमा हामी वैचारिक नेतृत्व गरिरहेका छौँ । हाम्रो भूमिका कमजोर भएको छैन ।

    तपाईंले संघर्ष गरिरहेका छौँ भन्नुभयो, तर अहिले विद्यार्थी आन्दोलन त निकै कमजोर देखिन्छ नि ?
    जब जब राजनीतिक मुद्दाहरूको उठान हुन्छ, त्यतिबेला विद्यार्थी आदोलन पनि सशसक्त हुने गर्दछ । राजनीतिक परिवर्तनका लागि विद्यार्थी संगठनहरू पनि अग्रदस्ताको रुपमा भूमिका खेल्ने गर्छन् । आन्दोलनमा अगाडि सडकमा लाग्ने हुँदा विद्यार्थी सगठन गतिशील देखिने गर्दछन् । तर, सामान्य अवस्थामा विद्यार्थी संगठनहरू त्यति सक्रिय नहुने रहेछन् । ठूला भनिएका विद्यार्थी संगठनहरू माउ पार्टी सरकारमा छँदा उनीहरू त्यस्तो भूमिका निर्वाह गर्दैनन् । यहाँका मिडियाहरू पनि कुनै न कुनै पक्ष लिने गर्दछन् । हामीले गरेका आन्दोलन, गतिविधि मिडियाले त्यति कभर गर्दैनन् । त्यसले गर्दा हाम्रा कार्यक्रम प्रचार प्रसार हुने नसकेको हो ।

    राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्दैछ । नेतृत्व चयन कसरी गर्नुहुन्छ, नेतृत्वको आकांक्षी को को छन् ?
    सम्मेलन भएपछि निश्चय नै नयाँ नीति, नेतृत्व, आगामी कार्यक्रम, राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिको बारेमा विश्लेषण गर्छ । अखिल (छैठौं) को इतिहास त्यो हो । नयाँ समिति स्वभाविक रुपमा बन्छ । अब नेतृत्वको सन्दर्भमा अखिल (छैठौं) मा रहेका सबै सक्षम छौँ । सबैले नेतृत्व गर्न सक्छौँ । संगठनको आवश्यकताका आधारमा जो साथी त्यहाँ फिट हुनुहुन्छ, जसलाई संगठनले जिम्मा दिन्छ । उसैले नेतृत्व गर्नुहुन्छ । तैपनि केन्द्रीय समिति नै हाम्रो नेतृत्व हो । हाम्रो नेतृत्व सामूहिक हुन्छ ।

    अन्तमा, राष्ट्रिय सम्मेलनपछिका भावि योजनाबारे केही बताउनुहुन्छ कि ?
    हामीले राष्ट्रिय सम्मेलनबाट विधान संशोधन गर्नुपर्ने आवश्यकता छ । गाउँबाट सहरमा आएका, विभिन्न शैक्षिक संस्थामा अध्ययनरत सबै विद्यार्थीलाई समेट्नेगरी संरचना निर्माण गर्छौं । र, अहिलेका समय अनुसार अखिल (छैठौं) लाई गति दिनेगरी अगाडि बढ्छौँ ।

    अन्तर्वार्ता : विद्यानाथ अधिकारी/गोविन्द शर्मा)

    सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग अमेरिकी दूतहरूको ‘ठोस योजना’बारे छलफल
    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली
    प्रशिक्षणपछि किसान तथा आम जनतासँग भेटघाट गर्नेछौँ : ठाडामगर (भिडियोसहित)
    द्वन्द्ववाद धेरैपटक पढियो तर व्यावहारिक रूपमा कमजोर छौँ भन्ने महसुस भयो : खडायत (भिडियो)
    हामी सही नीति लिएर गएका छौँ तर जनताले बुझ्न सकिरहेका छैनन्, : अधिकारी (भिडियोसहित)
    जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.