काठमाडौं । काठमाडौं–तराई मधेस द्रुतमार्ग सडक आयोजना अन्तरगत लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु भएको छ।
Advertisement
नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नं २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु भएको नेपाली सेनाले जनाएको छ।

जोडी सुरुङ मध्ये १ हजार ६३३ मिटर लम्बाइ रहेको काठमाडौँबाट निजगढतर्फ जाने सुरुङमार्गको शुक्रबार ब्रेक थ्रु भएको हो।
द्रुतमार्गको निर्माणाधीन सुरुङमार्गहरु मध्ये चाँडै दुवै तर्फको सुरुङमार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने योजना रहेको पनि सेनाले जनाएको छ।