तौलिहवा । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नं. ३ स्थित शिवराज कृषि सहकारीले अभिमुखीकरण तालिक सम्पन्न गरेको छ ।
Advertisement
२०८० चैत २ गते शुक्रबार उक्त कार्यक्रम सम्पन्न भउको हो ।
कार्यक्रममा सहकारी ऐन, नियमावलीका बारेमा संस्थाको कार्यसमिति, लेखा समिति, ऋण समिति, सल्लाहकार र पदाधिकारीलाई प्रशिक्षण दिइएको थियो ।
प्रमुख प्रशिक्षक शिवराज सुवेदीले सहकारी ऐन, नियमावली, सहकारीका सिद्धान्त, मूल्यमान्यता र सहकारीको प्रकृतिको बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष केरसिंह अदैको अध्यक्षता, श्याम खनालको सञ्चालन र चेतनारायण खनालले उपस्थित सबैलाई धन्यवाद दिनुभएको थियो ।
