• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बागलुङमा कृषिमा स्वयत् क्रान्तिको चर्चा


  •   बुधबार, फागुन १६, २०८० मा प्रकाशित
  • बलेवा (बागलुङ) । बागलुङमा वार्षिक झण्डै एक करोड ५५ लाख ९९ हजार दुई सय लिटर दूध उत्पादन हुने गरेको छ । जुन उत्पादन जिल्लाको जनसङ्ख्याका लागि पुग्ने हो ।

    Advertisement

    विश्व खाद्य सङ्गठनको मापदण्ड अनुसार एकजनाका लागि वार्षिक ९१ लिटर दूध आवश्यकता हुन्छ । एक लाख ६८ हजार सात सय १३ जनसङ्ख्या रहेको जिल्लामा वार्षिक एक कारोड ५३ लाख ५२ हजार आठ सय ८३ लिटर दूध भएपुग्छ । आवश्यकताभन्दा प्रतिव्यक्ति वार्षिक १.४६ लिटर दूध बढी उत्पादन भइरहेको जिल्लाले अझै पनि दुग्धजन्य उत्पादनबाट आयआर्जन गर्न सक्ने कृषि विज्ञको भनाइ छ ।

    बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा सञ्चालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा मङ्गलबार आत्मनिर्भरमुखी राष्ट्रिय कृषि सम्मेलन भएको थियो । सम्मेलनमा सहभागी विज्ञहरुले स्वयात् क्रान्ति अर्थात दूध र दुग्धजन्य उत्पादनबाट लिन सकिने लाभको विषयमा चर्चा गर्नुभयो । अत्मनिर्भर हुनेगरी कृषि कर्म गर्दा हरित क्रान्ति र स्वयात् क्रान्तिको आवश्यकता रहेको उहाँहरुको भनाइ थियो ।

    सम्मेलनमा गण्डकी प्रदेशका कृषि मन्त्रालयअन्तर्गतका कृषि विज्ञ, बागलुङ, पर्वत र म्याग्दीका कृषि ज्ञान केन्द्र र भेटेरिनरी तथा पशुसेवा विज्ञ केन्द्रका विज्ञका साथै स्थानीय किसानको उपस्थिति थियो ।

    गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयका प्रदेश सचिव डा टङ्कप्रसाद प्रसाइँले कृषिमा दुई क्रान्तिको आवश्यक रहेको बताउनुभयो । उहाँले कृषिको विकासका लागि हरित र स्वयात् क्रान्तिको आवश्यकता रहेको बताउनुभयो ।
    सचिव प्रसाइँले हरित क्रान्तिमार्फत कृषि क्षेत्रमा ताजा तरकारी, करेसाबारीको व्यवस्थापन, व्यावसायिक तरकारी खेतीका साथै आवश्यक खाद्यान्न उत्पादन र फलफूलखेती गर्नुपर्ने भन्दै स्वयात् क्रान्तिमार्फत दुग्धजन्य पदार्थ उत्पादनको लागि पशुपालन र दूध उत्पादन प्रशस्त मात्रामा गरिनुपर्ने बताउनुभयो ।

    “मनाङ, मुस्ताङ र कास्कीमा उत्पादन न्यून छ । यी तीन जिल्लामा उत्पादनमा जोड दिनुपर्ने अवस्था छ । ती जिल्लामा विशेष कार्यक्रम लागू गर्नुपर्ने हुन्छ,” उहाँले भन्नुभयो, “गोरखा, लमजुङ, तनहुँ, पर्वत, स्याङ्जा र बागलुङ जिल्लामा खाद्यान्न आवश्यकस्तरमा उत्पादन हुन्छन् । गण्डकी प्रदेश पर्यटकीय र धार्मिक पर्यटकीय प्रदेश भएकाले बाहिरबाट आउने पर्यटकलाई प्रयाप्त मात्रमा स्थानीयस्तरमा उत्पादित खाद्यान्न खुवाउनको लागि उत्पादन बढाउनुपर्ने हुन्छ ।”

    प्रदेशमा स्थानीय जातका अन्नबाली बढाउनुपर्ने देखिएको छ । “खाद्यान्नबाली, तरकारी, फलफूलखेती गर्दै उत्पादनमा जोड दिनुपर्ने अवस्था देखिएको छ । दूध उत्पादनमा पनि प्रदेशले विशेष जोड दिनुपर्छ”, डा प्रसाइँले भन्नुभयो । उत्पादन बढाउनका लागि सामूहिकताको खेतीलाई विस्तार गर्नुपर्ने र भूमिको विकास गर्दै व्यावसायिक खेती गर्नु अहिलेको अपरिहार्य देखिएको उहाँको भनाइ छ ।

    गण्डकी प्रदेश सरकारले दुग्ध व्यवसाय, सुन्तला बगैँचा स्थापना, तरकारी खेती, कुखुरापालन, बाख्रापालन, स्याउखेती, नमुना कृषि गाउँ, कृषि पर्यटन केन्द्रीत कार्यक्रमलाई प्राथमिकता दिएर काम गरिरहेको छ । स्थानीय जातका अन्नबालीलाई व्यावसायिक गराएर आत्मनिर्भर बनाउने तर्फ प्रदेश लागेको छ ।

    आत्मनिर्भर बनाउनको लागि कृषि उत्पादन मात्र भएर नहुने बताउँदै प्रशोधन उद्योगको स्थापना गरिनुपर्नेमा सचिव प्रसाइँले जोड दिनुभयो । “कृषि उत्पादन मात्र हुँदैन प्रशोधन उद्योग आवश्यक पर्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि कोलस्टोर निर्माण, दुग्ध चिस्यान, सङ्कलन केन्द्र , पशु र कृषि बीमा कार्यक्रमलाई जोड दिनु आवश्यक छ ।”

    स्थानीय विकासका लागि सिँचाइ सुविधाको आवश्यकता रहेको बताउँदै सिँचाइ कार्यक्रमलाई सँगसँगै लैजानुपर्नेमा सचिव प्रसाइँले जोड दिनुभयो । वैज्ञानिक प्रविधिको प्रयोग गरेर स्थानीय जातका कृषि बालीलाई प्रोत्साहन र स्थानीय जातका पशुको संरक्षण गरिनुपर्ने उहाँको भनाइ छ ।

    “विज्ञानमा आधारित प्रविधिलाई प्रवर्द्धन, स्थानीय जातका कृषि बालीलाई प्रशोधन गर्दै, पशुको पनि संरक्षण गर्नुपर्छ,” प्रसाइँले भन्नुभयो, “वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्दै उत्पादकत्व बढाउन कृषि मन्त्रालयल अगाडि बढीरहेको छ । स्थानीय गाईको संरक्षणका लागि गौशालाको कार्यक्रम सञ्चालन गरिरहेको छ ।” उहाँले बाँझो जग्गालाई कृषि भूमियोग्य जमिन बनाउने बारेमा प्रदेश सरकार चिन्तित रहेको बताउनुभयो ।

    प्रसाइँका अनुसार प्रदेश सरकारले उत्पादित खाद्यान्नको मूल्यलाई स्थिरता ल्याउने, रोगको सङ्क्रमणलाई उन्मूलन गर्न खोप कार्यक्रम अगाडि बढाएको छ । जलवायु परिवर्तन अनुकूल हुनेगरी प्रदेशले कृषि कार्यक्रम बढाइरहेको उहाँले बताउनुभयो ।

    सम्मेलनमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले जमिनलाई बाँझो नराख्न सुझाव दिनुभयो । उहाँले जे गर्दा पनि जमिनबाट उत्पादन हुने बताउँदै बाँझो जमिनलाई कृषि भूमिको रुपमा प्रयोग गरेर उत्पादन बढाउनुपर्ने बताउनुभयो ।

    सभापति शर्माले सुविधाको खोजीमा नेपाली युवा विदेशी रहेको बताउँदै संस्कार सुधारेर देश विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली बैद्धिक सनातन धार्मिक स्वतन्त्रताका पक्षपाती रहेको बताउनुभयो ।

    स्वामी मुक्तिनाथ बाबा कमलानयन आचार्यले माटोको पहिचान गरेर उत्पादन गरेमा नेपाली खाद्यान्नको लागि परनिर्भरता बन्नुपर्ने बताउनुभयो । “भारतबाट सागसब्जी नआउने हो भने हाम्रो उपाय लाग्दैन”, उहाँले भन्नुभयो, “परनिर्भरतामा हामी परआश्रित भएर बाच्नुपरेको छ । विभिन्न ठाउँको माटोको पहिचान गरेर उत्पादन गर्ने हो भने हामी परनिर्भरता बन्नुपर्ने थिएन ।”

    मङ्गलबार सम्पन्न आत्मनिर्भरमुखी राष्ट्रिय कृषि सम्मेलनमा गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ भानुभक्त भट्टराई, बागलुङ, पर्वत र म्याग्दीका कृषि र पशु कार्यालयका कृषि तथा पशुपक्षी विज्ञहरुका साथै किसानको उपस्थिति थियो ।

    बुधबार, फागुन १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.