• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रिय गौरवका आयोजना निराशाजनक, विदेशबाट आउने सहयोग पनि घट्यो


  •   सोमबार, माघ २९, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको अर्धवार्षिक मौद्रिक नीतिको समीक्षामा ६ महिनामा २३.६१ प्रतिशत मात्रै खर्च भएको देखाएको छ ।
    राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्न चालु आर्थिक वर्षमा ६५ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा १५ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ ।

    Advertisement

    चालु आर्थिक वर्षमा २ अर्ब ४३ करोड, पूँजीगत तर्फ ५६ अर्ब ३५ करोड र ६ अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेकोमा चालु तर्फ ७४ करोड, पूँजीगत तर्फ १४ अर्ब ७५ करोड र वित्तिय तर्फ २४ लाख मात्रै खर्च भएको अर्धवार्षिकी समीक्षामा देखिएको छ।

    गौरवका आयोजना मध्ये तामाकोशी जलविद्युत, गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भैसकेका छन्। मेलम्ची खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा बाढीबाट क्षति भएपनि आंसिक रुपमा चलेको छ।
    १८ सय ७९ किलोमिटर लामो पुष्पलाल राजमार्गको १४ सय १७ किमी कालोपत्रे भएको छ। कुल १३७ पुल मध्ये १०२ वटा सम्पन्न भएका छन्। हुलाकी राजमार्गको १८५७ किमी मध्यै १ हजार ६० किमी कालोपत्रे र १३४ वटा पुल निर्माण भएका छन्।

    १६२ किमीको कोशी कोरिडोर अहिलेसम्म कालोपत्रे हुन सकेको छैन। ३० किलोमिटर ग्राभेल र ११ वटा पुल निर्माण सकिएका छन्। कालिगण्डकी करिडोरको गैंडाकोट–राम्दी–मालढुंगाको २९३ किमी मध्ये १८३ कालोपत्रे सकिदाँ ३४ वटा पुल सकिएका छन्। उक्त कोरिडोरकै बेनी जोमसोम कोरला २०२ किमी मध्ये ४० किमी कालोपत्रे भएको, १० वटा पुल र ३ वटा बेलि ब्रिज निर्माण भएका छन्।

    कर्णाली करिडोरमा हिल्सा सिमिकोट खण्डको १४६ किमी मध्ये ११ किमी नेपाली सेनाले निर्माण गरिरहेको छ। बाँकी १३५ किमी मध्ये १३४ किमी निर्माण भैरहेको छ। १ किमी ट्रयाक खोल्ने काम बाँकी रहेको छ। खुलालु सलिसल्ला खण्डमा १२३ किमी मध्ये ट्रयाक खुली सकेको र ग्राभल तथा कालोपत्रेकोलागि ठेक्का प्रक्रिया अघि बढेको छ।

    काठमाडौं तराई द्रुर्तमागर्का ७०.९७ किमी सडक मध्ये ३ किलोमिटर सुरुङ निर्माण र १४८३ वटा पाइल निर्माण भएका छन्।

    निजगढ विमानस्थलको मोडालिटी तय हुन बाँकी, बुढीगण्डकी जलविद्युत आयोजनाको जग्गा मुआब्वा वितरण भैरहेको, पश्चिम सेती मोडालिटी टुंगिन बाँकी रहेको छ।

    बबई सिंचाई आयोजनाको ८१ किमी नहर निर्माण, २४.३२ किमी शाखा नहर निर्माण भैसकेको छ। सिक्टा सिचाई आयोजना पूर्वी मूल नरहको र पश्चिमतर्फ शाखा नहर निर्माणको काम भैरहेको छ।
    रानी जमरा कुलरिया सिंचाई आयोजनाको गेट जडान कार्य सकिएको छ। पावर हाउको काम करिब ९५ प्रतिशत सकिएको छ।

    भेरी बबई डाइभर्सन आयोजनाको पावरहाउस निर्माण कार्य, हाइड्रोमेकानिकाल निर्माैण कार्य सम्झौता, १२.२ किमी शुरुङ निर्माण भैसकेको छ।

    सुनकोशी मरिन डाइभर्सनको हाइड्रो मेकानिकल लगायतका निर्माण संगै विपी राजमार्गको ९ सय ६५ मिटर सडक परिवर्तन र ७.४ किमी सुरुङ निर्माण सकिएको छ।

    घट्यो वैदेशिक सहयोग
    सरकारले अपेक्षा गरे अनुसार वैदेशिक सहयोग पाउन नसकेको देखिएको छ। समीक्षामा बहुपक्षीय तथा द्विपक्षीय निकायहरूसँग अपेक्षाअनुरुप सहयोग नआएको उल्लेख छ।

    आर्थिक वर्ष २०८०।८१ का लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये वैदेशिक सहायताबाट २ खर्ब ६२ अर्ब ६९ करोड २१ लाख व्यहोरिने अनुमान रहेको गरेको थियो। सोमध्ये अनुदानबाट ४९ अर्ब ९४ करोड ३० लाल (१९ प्रतिशत) र ऋणबाट २ खर्ब १२ अर्ब ७४ करोड ९१ लाख (८१ प्रतिशत) परिचालन गरिने अनुमान छ।

    चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ५९ अर्ब ९७ करोड ८६ लाख बराबरको वैदेशिक सहायताको प्रतिवद्धता प्राप्त भएको छ। सो मध्ये अनुदान सहायता २० अर्ब २७ करोड ८६ लाख अर्थात् ३३ दशमलव ८ प्रतिशत प्राप्त भएको छ। त्यस्तै सहुलियतपूर्ण ऋण सहायता ३९ अर्ब ७० करोड अर्थात् ६६ दशमलव २ प्रतिशत रहेको छ।

    चालू आर्थिक वर्षको ६ महिना अवधी अर्थात समीक्षा अवधिमा प्राप्त प्रतिवद्धता मध्ये स्वास्थ्य क्षेत्रमा १६ अर्ब ६५ करोड ६८ लाख, शिक्षा क्षेत्रमा ८ अर्ब ६ करोड ४० लाख, यातायात क्षेत्रमा १५ अर्ब २ करोड ५० लाख, वातावरण क्षेत्रमा ३ अर्ब ४५ करोड २२ लाख, कृषि क्षेत्रका लागि २ अर्ब ६६ करोड र आर्थिक विकासका क्षेत्रमा ८२ करोड ५ लाख रहेको प्रतिवद्धता आएको हो। यो प्रतिवद्धता अनुसार अपेक्षा अनुसार रकम नभित्रिने भन्दै अर्थमन्त्रालयले वैदेशिक सहायताको लक्ष्य नै संशोधन गरिदिएको छ।

    मध्यावधी समीक्षा मार्फत वैदेशिक अनुदानबाट ४० अर्ब १२ करोड ९ लाख र वैदेशिक ऋणबाट १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख रुपैयाँ खर्च गर्ने गरि लक्ष्य संशोधन गरिएको हो।

    सोमबार, माघ २९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.