• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

उखु र अदुवापछि बेसार ‘ब्रान्डिङ’ गर्दै बागलुङको सिमृक कृषि सहकारी


  •   शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
  • बागलुङ । अधिकांश सहकारी उद्देश्यअनुरुप नचलेको गुनासोकाबीच बागलुङको एक सहकारीले बहुआयामिक उत्पादनलाई शेयर सदस्यसँग जोड्न थालेको छ।

    Advertisement

    छ वर्षदेखि उखु र अदुवा उत्पादन गर्दै आएको बागलुङको सिमृक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले यस वर्षदेखि बेसारलाई ‘ब्रान्डिङ’ गरेर बजार पठाएको छ।

    सहकारीले बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको थियो भने तीन वर्षयता बागलुङ नगरपालिका–४ कुँडुलेमा दुई रोपनी जग्गा भाडामा लिएर बेसारखेती गर्दै आएको छ । यस्तै तितौरेमा दुई रोपनी जग्गामा अदुवाखेती गर्दै आएको छ।

    सहकारीले उत्पादन गरेको बेसारलाई यस वर्षदेखि ब्रान्डिङ गरेको छ । सहकारी संस्थाले वार्षिक २० क्विन्टल उखु बिक्री गर्दै गरेको थियो । यस वर्ष सहकारीले एक लाख बराबरको बेसार बिक्री गरेको र अन्य बीउलाई सदस्यमा सापटी दिएको सहकारीका कोषाध्यक्ष तथा कुँडुलेका अगुवा कृषक जग्गन्नाथ सापकोटाले बताए।

    ‘सहकारीले बेसारखेती गर्न थालेको दुई वर्ष भयो, यस वर्षबाट बेसार बिक्री गर्न थालेका छौँ’, उनले भने, ‘एक लाख बराबरको बेसारलाई ब्रान्डिङ गरेर बिक्री गर्यौ, अन्य बेसार सोही जग्गामा लगायौँ भने बाँकी बीउ पुँजीका लागि सदस्यलाई वितरण गरिएको छ, वितरण गरेको बीउ अर्को वर्ष सहकारीलाई नै फिर्ता गर्नु पर्दछ।’

    उनले तितौरेमा दुई रोपनी जग्गामा अदुवा उत्पादन गर्दै आएको जानकारी दिए। ‘हाम्रो सहकारीले कृषिउपजको बजारीकरणसँगै सदस्यलाई कृषिमा आत्मनिर्भर गराउनका लागि अदुवा र बेसारको बीउ सापटी दिने प्रचलन हाम्रो सहकारीमा छ,’ उनले भने।

    सहकारीका आठ सय शेयर सदस्यमध्ये अधिकांश सदस्य कृषक भएकाले उनीहरुलाई अदुवा र बेसारको बीउ वितरण गर्दै आइएको छ । सहकारीले तीन ठाउँमा उखु, बेसार र अदुवा उत्पादन गर्दै आएको छ भने बेसार र अदुवाको बीउ सदस्यलाई वितरण गरिन्छ भने बाँकी रहेको बेसार र अदुवा बजारमा बिक्रीका लागि पठाउने गरिएको छ।

    बागलुङ नगरपालिका–७ तितौरेमा दुई रोपनी जग्गामा सहकारीले नै अदुवाखेती गर्दै आएको छ । सहकारीले ठूलो परिणाममा उत्पादन गर्न नसके पनि सदस्य लक्षित उत्पादन गरिरहेको सहकारीका अध्यक्ष चूडामणि उपाध्यायले जानकारी दिए । उपाध्ययका अनुसार गत पुसमा आयोजना गरिएको साधारणसभामा बेसारलाई मायाको चिनोका रुपमा अतिथिलाई दिइएको थियो।

    ‘सहकारीका सदस्यलाई कृषिमा प्रोत्साहन गर्ने हाम्रो नीति छ, अहिले सापटी बीउ दिने, थपेर फिर्ता लिने र बजारमा अर्को वर्ष बिक्री गर्ने नीति ल्याएको छ’, अध्यक्ष उपाध्ययले भने, ‘सुरुसुरुमा सदस्यलाई बीउ दिनेगरी मात्रै उत्पादन गर्यो, सदस्यबाट फिर्ता आउन थालेपछि यस वर्षदेखि ब्रान्डिङ गरेर बिक्री गर्न थालेका छौँ।’

    बेसालाई पिसेर ब्रान्डिङको काम यस वर्ष सुरु भएको छ । पहिलो वर्ष रु ५० हजारको बेसार बिक्री गरेको छ । बर्सेनि बेसार र अदुवाको उत्पादनका लागि सदस्यलाई सापटी बीउ दिने र थपेर सदस्यले फिर्ता गर्ने नीति लिइएको उपाध्यायको भनाइ छ।

    बिक्री गर्न नसकेका किसानको उत्पादनसमेत खरिद गरेर बजार खोज्ने काम सहकारीले गर्दै आएको छ । सहकारीले पाँच केजी अदुवाको बीउ सापट दिएको कृषकलाई उत्पादनपछि छ केजी फिर्ता गर्नेगरी किसानलाई कृषिमा प्रोत्साहन गरिरहेको छ।

    सहकारी संस्थाको शेयरपुँजीको ४० प्रतिशतभन्दा बढी लगानी व्यावसायिक उत्पादनमा लगाउने गरी सहकारी योजनाबद्ध ढङ्गले अघि बढेको छ। रासस

    शुक्रबार, माघ १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.