• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

शारीरिक अपाङ्गता भएका बागलुङका युवराज कृषि कर्ममा रमाउँदै


  •   सोमबार, माघ ०१, २०८० मा प्रकाशित
  • खेमराज गौतम ।
    गलकोट (बागलुङ) । जन्मदा कुनै शारीरिक दुर्वलता नभएका बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारका युवराज कँडेलको एक वर्षको उमेरमै खुट्टा भाँचियो । खुट्टाको उपचार राम्रो नहुँदा उहाँ उभिनै सक्नुभएन ।

    Advertisement

    खुट्टा भाँचिदा उपचार नपाएका युवराजको सधैँका लागि अपाङ्गता भयो । ५० वर्षका उहाँ अहिले हात र खुट्टा दुवैको सहाराले सामान्य हिँड्डुल मात्रै गर्न सक्नुहुन्छ । युवराज मात्रै होइन उहाँकी पत्नीसमेत शारीरिक आपङ्गता हुनुहुन्छ । ४० वर्षीया ढालकुमारी कँडेलको देब्रेहात छैन । भाँचिएको हात नजोडिँदा ढालकुमारीको देब्रे हात काट्नुपर्याे ।

    पति खुट्टाको अपाङ्गता र पत्नी हातको अपाङ्गता भएपछि आयआर्जन गर्न समस्या भयो । एक छोरी र दुई छोराको परिवार पाल्न अपाङ्गता नै बोझ बन्यो कँडेल दम्पतीलाई । उहाँहररूलाई सामान्य कृषि कर्म गरेर परिवारको गुजारा चलाउन अपाङ्गताले भने छेक्न सकेन ।

    ‘ पत्नीको हात छैन, म खुट्टाको अपाङ्गता, हातले टेकेर हिँड्नुपर्ने बाध्यता मलाई छ, अपाङ्गतालाई गाउँमा बाँच्न समस्या भयो, भिरपाखा कसरी हिँड्ने, सहज खोज्न सहर पस्ने निधो गर्याैँ तर कठिन थियो परिस्थिति’, २० वर्षअघिका दिन सम्झँदै युवराजले भन्नुभयो, ‘रु एक लाखमा आफ्नो भागको पुख्र्यौली सम्पत्ति बेचेर बुर्तिवाङ बजार आएका हौँ, सामान्य किराना पसल गरेर छाप्रो बनाएका हौँ ।’

    युवराजको जस्तै खुट्टा भाँचिने समस्या १३ वर्षीय कान्छो छोरा भरत कँडेलमा पनि देखिएको छ । भरत वैशाखीको सहारामा विद्यालय आउने जाने गर्नुहुन्छ । छोराको उपचारका क्रममा चिकित्सकबाट युवराजले टुक्रे र झुरो हड्डीका कारण बाबा र छोरामा यो समस्या आएको सुनेको बताउनुभयो । उहाँका छोराको अपाङ्गता बाल अस्पताल बनेपामा उपचार भएको थियो ।

    युवराज परिवारका तीन सदस्य अपाङ्गता जेठो छोरी र छोरा भुवन मात्रै सबलाङ्ग हुनुहुन्छ । छोरीको विवाह भइसकेको छभने भुवन कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । छाप्रो अघि तीन प्लास्टिक टनेल र केही खाली जग्गामा प्याजका बिरुवा बिक्रीका लागि तयारी अवस्थामा थिए । कँडेलले आफ्नो कृषि कर्म देखाउँदै भन्नुभयो, ‘परिवार पाल्न बाध्य भएर कृषिमा लागे, अधिकारीचौरमा पुर्खाले कृषि नै गरेका थिए, अहिले अधिकारीचौर गाउँ टनेल गाउँ भएको छ, प्याजका बिरुवासहित अन्य तरकारी बिक्री गरेर चारजनाको परिवार धानिँदै आएको छ ।’

    कँडेल दम्पतीले साह्रो गाह्रो काम अन्य कामदार बोलाएर गर्दै आए पनि तरकारीको स्याहारसुसार भने आफैँ गर्दै आउनुभएको छ ।

    वार्षिक रु १२ हजार भाडा तिर्ने गरी साढे दुई रोपनी जग्गामा अहिले प्याजका बिरुवा उत्पादन भएर बिक्री भइरहेका छन् । अन्य समयमा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आउनुभएका कँडेल दम्पतीले कृषि पेसा रहरको नभएर जीवन निर्वाहका लागि गरेको बताउनुभयो ।

    ‘उपचारको अभावले भाँचिएको हात नलागेपछि अपाङ्गता भयो, भिरपाखामा काम गर्न समस्या भएपछि सहर झरेर किराना पसल गरेका थियौँ, व्यापार राम्रै थियो, कान्छो छोरा जन्मेपछि पुन समस्या थपियो, श्रीमान्को खुट्टा भाँचिने समस्या कान्छो छोरामा देखियो’, ढालकुमारीले भन्नुभयो, ‘बुर्तिवाङ बजारमा छाप्रो बनाउन सहयोग गरेको किराना पसल छोराको उपचारले छोड्न बाध्य भयौँ, तीन महिना अस्पताल बस्नुपर्ने समस्याले पसल छाडियो, अहिले थला परेको छोरो सबैको सहयोगमा उपचारपछि वैशाखी टेकेर हिँड्ने भएको छ ।’

    कान्छो छोरा भरतको खुट्टाको शल्यक्रिया गर्न रु पाँच लाख लाग्ने भएपछि सहयोग सङ्कलन अभियानमार्फत रु चार लाख जुटेर शल्यक्रिया गरेको युवराजले बताउनुभयो । छोराको खुट्टाको उपचार सहयोग सङ्कलन गरेर गरे पनि दैनिक घर खर्च चलाउन कृषि कार्य गर्दै आएको उहाँको भनाइ छ ।

    किराना पसल छाडेपछि परिवार हुर्काउनकै लागि कृषिमा लागेको कँडेल दम्पतीको भनाइ छ । ‘किराना पसल राम्रै चलेको थियो, छोराको उपचारका लागि पटक–पटक अस्पताल धाउँदा समस्या भयो, पसल छाडियो’, उहाँले भन्नुभयो, “छोराको उपचार गर्ने खर्च सामाजिक सञ्जाल र मिडियाले जुटाए, तर घर खर्च चलाउन कृषि कर्ममा छौँ, कृषिमा लागेकै आठ वर्ष भयो ।”

    घर खर्च चलाउन समस्या भएपछि नर्सरी पेसामा अहिले कँडेल परिवार छ । उहाँले शारीरिक अपाङ्गताका बाबजुत व्यावसायिक नर्सरी तथा तरकारीखेती अँगाल्दै आउनुभएको छ । अहिले हात र खुट्टा दुवैले टेकेर हिँड्ने अवस्थामा हुनुभएका युवराजले पत्नीको सहारामा प्याजका बिरुवा उत्पादन गरेर बिक्री गर्दै आउनुभएको छ ।

    उत्पादन गर्नसके बजारको अभाव नभएको बताउँदै उहाँले धेरै उत्पादन गर्न शारीरिक अवस्थाले नसकेको जानकारी दिनुभयो ।

    उहाँले घर नजिकै थोरै जग्गा भए पनि टाढा गएर कृषि गर्न नसक्दा बिरुवा र तरकारीको माग हुँदा पुर्याउन नसकिएको बताउनुभयो ।

    कान्छो छोराको देब्रे खुट्टामा स्टिल राखिएको छभने दाहिने खुट्टामा उपचार खर्चको अभावले नै स्टिल राख्न नसकिएको युवराजले बताउनुभयो ।

    कान्छो छोराको अहिलेसम्म छपटक खुट्टा भाँचिएको उहाँले जानकारी दिनुभयो । अहिले उहाँका छोराले वैशाखीको सहाराले हिँड्डुल गरे पनि विद्यालय जान/आउन दाइको सहारा चाहिने गरेको छ । कान्छो छोराको उपचारमा मात्रै हालसम्म रु १३ लाखभन्दा बढी रकम खर्च भइसकेको बुबा युवराजले बताउनुभयो ।

    बीउ पूँजीका लागि प्याजको बीउ खरिद गर्न ग्रामीण स्वास्थ्य सुधार परियोजना विवाइसी संस्थाले रु १५ हजार सहयोग गरेको जनाउँदै कँडेलले रु १५ हजारको बीउबाट उत्पादन गरेका बिरुवा बिक्री गरेर रु ४० हजार कमाएको सुनाउनुभयो । कँडेल दम्पतीले प्याजका बिरुवाबाहेक, सिमी, बन्दा र काउली उत्पादन गर्दै आउनुभएको छ ।

    सोमबार, माघ ०१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.