भरतपुर । अन्य देशमा भन्दा नेपालमा अन्डा र कुखुराको मासुको खपत कम हुने गरेको छ ।
नेपाल कुखुरा व्यवसायी मञ्चका अनुसार विकसित देशको तुलनामा नेपालमा कुखुराको अन्डा र मासु खपत कम हुने गरेको हो ।
मञ्चका अनुसार विकसित मुलुकमा वार्षिक चार सय ३३ सम्म अन्डा खपत हुँदा नेपालमा ६१ मात्रै खपत हुने गरेको छ । चीनमा चार सय ३३, जापानमा तीन सय ९७, अमेरिकामा तीन सय २२ अन्डा वार्षिक प्रतिव्यक्ति खपत हुने गरेको छ ।
त्यस्तै, क्यानडामा तीन सय दुई, बङ्गलादेशमा ८०, भारतमा ७९ र पाकिस्तामा ७२ प्रतिव्यक्ति अन्डा खपत हुने गरेको मञ्चले जनाएको छ ।
मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार कुखुराको मासुको खपतमा समेत नेपाल निकै तल रहेको छ । विकसित मुलुकमा वार्षिक प्रतिव्यक्ति मासु ७४ दशमलव सात किलोसम्म खपत हुँदा नेपालमा सात दशमलव ५७ प्रतिशत मात्र खपत हुने गरेको छ ।
सेन्टभिन्सेन्ट ग्रेनडाइन्समा ७४ दशमलव सात किलो खपत हुने गरेको छ । त्यस्तै, इजरायलमा ६८ दशमलव नौ किलो, सामोआमा ६५ दशमलव सात किलो, ट्रिनिडाड टोवागोमा ६३ दशमलव एक किलो, एन्टिगुवा वारबुडामा ६१ दशमलव आठ किलो, अमेरिकामा ५८ दशमलव सात किलो प्रतिव्यक्ति प्रतिवर्ष कुखुराको मासु खपत हुने गरेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै, सेन्ट लुसियामा ५७ दशमलव छ किलो र हङकङमा ५५ दशमलव पाँच किलो वार्षिकरुपमा प्रतिव्यक्ति मासु खपत हुने गरेको छ ।