काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्त सम्ममा ६९.६२ अर्व दाबी भुक्तानी गरेको छ ।
यस अवधिमा मृत्यु दाबी भुक्तानीबापत ५.६८ अर्ब, परिपक्व दाबी भुक्तानीबापत १९.७८ अर्ब र अग्रिम दाबी भुक्तानीबापत २३.४४ अर्व दाबी भुक्तानी गर्दै नेपालको बिमा क्षेत्रमा सर्वाधिक दावी भुक्तानी गर्ने कम्पनीको रूपमा नेपाल लाइफ स्थापित भएको हो ।
नेपालको बिमा क्षेत्रमा सर्वाधिक मृत्यु दाबी भुक्तानी गर्ने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्त सम्ममा १३ हजार ५१२ जनाका हकवालालाई मृत्यु दाबी भुक्तानी गरिसकेको छ । कम्पनीले कन्भेसनल प्लानअन्तर्गत ११ हजार १७७ जना लाई तीन अर्ब ७१ करोड र बैदेसिक रोजगारीतर्फ दुई ३३५ जनालाई एक अर्ब ९७ करोड भुक्तानी गरिसकेको छ ।
यस कम्पनीले आफ्नो दाबी प्रक्रियालाई एकदम सहज बनाएको र दाबीका निम्ति कागजात प्राप्त हुने बित्तिकै कम्पनी भुक्तान गर्न तत्पर रहेको जनाएको छ । यस आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीलाई प्राप्त भएको मृत्यु दाबी भुक्तानी निवेदन मध्ये ९३ प्रतिशत दाबी पर्छ्रयौट भइसकेको कम्पनीको भनाइ छ ।
सम्पूर्ण कागजात प्राप्त भएमा दुर्घटना खण्डमा मृत्यु दाबी भुक्तानी तीन कार्य दिनभित्र र सामान्य मृत्यु दाबी भुक्तानी सात कार्यदिनभित्र नै भुक्तानी गर्ने कम्पनीले प्रबन्ध मिलाएको छ ।
यस अवधिमा ४६ प्रतिशत मृत्यु दाबी भुक्तानी तीन दिनभित्र गरेको छ । त्यसैगरी ६७ प्रतिशत निवेदन एक हप्ताभित्र र ८१ प्रतिशत मृत्यु दाबी भुक्तानी एक महिनाभित्र कम्पनीले गरेको छ । कम्पनी १०० प्रतिशत दाबी यथाशीघ्र भुक्तानी गर्न तत्पर रहेको तर आवश्यक कागजातहरू समयमा उपलब्ध नहुँदा केही दाबी भुक्तानी गर्न ढिलाइ भएको जनाएको छ ।