काठमाडौं । युरोपियन युनियनले नेपालको हवाई यातायातलाई कालो सूचीमा निरन्तरता दिएको छ।
Advertisement
इयुले भदौमा नेपालको अडिट गरेपनि ‘सेफ्टी लिस्ट’मा राख्ने निरन्तरता दिने निर्णय गरेको हो।
बिहीबार सार्वजनिक गरेको रिपोर्टमा नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएका सबै हवाई सेवा प्रदाकयकलाई सेफ्टी लिस्टमै राखेको छ।
इयुले २०१३ देखी नै नेपालको हवाई क्षेत्रलाई कालोसूचीमा राख्दै आएको छ।
प्राधिकरणले उडान सुरक्षामा सुधार हुँदै गएको बताउँदै कालोसूचीबाट हट्ने दाबी गर्दै आएको थियो।