• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

 पत्रकारितामा निष्ठा धर्मराएको छ– वरिष्ठ पत्रकार रिसाल (अन्तर्वार्ता)


  •   आइतबार, बैशाख २४, २०८० मा प्रकाशित
  • विसं १९८५ मा भक्तपुरमा जन्मनुभएका वरिष्ठ पत्रकार भैरव रिसाल आजपर्यन्त पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।

    Advertisement

    यद्यपि, स्वास्थ्यका कारण हिँडडुल गर्न केही कठिनाइ भए पनि घरमै बसेर लेखपढ गर्दै आजको पत्रकारितालाई नजिकबाट नियालिरहनुभएको छ । विसं २०२० मा राससमा सेवा प्रवेश गर्नुभएका उहाँ विसं २०४१ सम्म काम गरेर राजीनामा दिइ निस्कनुभएको थियो । राससमा केही वर्ष प्रमुख समाचारदाता रहनुभएका उहाँ त्यतिबेला देशकै चर्चित पत्रकार मानिनुहुन्थ्यो भने अहिले पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्छ ।

    पत्रकारितालाई निष्ठामुखी बनाउनुपर्ने खाँचो औँल्याउँदै उहाँ भन्नुहुन्छ, ‘पत्रकारितालाई स्वतन्त्र, स्वच्छ र विश्वसनीय बनाउन सबैभन्दा पहिला पत्रकार नै इमान्दार हुनुपर्छ ।’ मिडियामा पारदर्शीता हुनुपर्छ । पत्रकारिता स्वयं पारदर्शी भएन भने अरु को हुन्छ र रु उहाँको प्रश्न छ । सीमित स्रोत र साधनका बीचमा काम गर्नुपर्ने बाध्यताका बीच पनि आफ्नो जीवनको उर्वरशील समय पत्रकारितामा खर्चेर थुप्रै अनुभव सँगाल्नुभएका उहाँका विचारले नेपाली पत्रकारिताको इतिहासलाई अझ आधिकारिक र मर्यादित बन्न बल पुग्नेछ । प्रस्तुत छ, राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा नेपाली पत्रकारिताका एक जीउँदो साक्षी बन्नुभएका रिसालसँग राससका आलेख शाखा प्रमुख कृष्ण अधिकारी र उपप्रमुख समाचारदाता नारायण न्यौपानेले गर्नुभएको कुराकानीको सारसंक्षेप :

    तपाईंले अभ्यास गरेको बेलाको पत्रकारिता र अहिलेको पत्रकारिताबीच के भिन्नता पाउनुहुन्छ ?
    पहिले पत्रकारिता थियोे, अहिले पत्रकारिता छैन, पहिले पत्रिकामा लेखेको कुरा राज्यले सुन्थ्यो । एउटा घटना सुनाउँ, डिल्लीबजार चारखाल अड्डामा त्यहाँका सिपाहीले शनिबार खसी काटेर भाग लगाएर बेच्दै रहेछन्, म त्यस बेलाको पत्रिका हाँकको कार्यालय जान लागेको थिए, त्यहाँ खलबल सुनियो, शनिबार केको खलबल भन्ने लाग्यो, पत्रकार हुनुको नाताले जिज्ञासा भयो, यसो हेरेको त मासुको भाग लगाइराखेको देखें, मैले अफिसमा गएर कुरा राखे खबर हुन्छ कि हुन्न मलाई थाहा छैन भने, मित्रहरुले लेख भने अनि लेखें । त्यो बक्स न्युज भएर छापिएछ । त्यो भएपछि टङ्कप्रसाद आचार्य आगो हुनुभयो । मलाई बेलाउन पठाउनुभयो, म गएँ । के गरेको यो भनेर जाग्नु भयो, हप्काउनुभयो । मैले तपाईले खास किन बोलाउनुभएको मलाई भनेँ, उहाँले के गरेको भन्नुभयो, ‘मैले त्यही गरेको भएर न तपाईले बोलाउनुभयो, अनि मैले  छापेको भने । यसको अर्थ त्यो बेला पत्रकारिता थियो । अहिले पत्रकारिता छैन । अहिले पत्रिकामा कुनै समाचार छापियो भने प्रधानमन्त्रीले बोलाएर गाली वा माया गर्दैनन् । म त्यसरी हेर्छु ।

    अहिलेको पत्रकारितालाई कसरी हेर्नुभएको छ ?
    अहिलेको पत्रकारिता नरम छ, पत्रकारिताले जुन चोट दिनुपथ्र्यो अहिले त्यसले चोट हान्दैन । बञ्चरोले रुख काट्नलाई हानेपछि चोट दिनैपर्छ, चोट लाग्नै पर्छ, नत्र रुख काटिँदैन, पत्रकारितामा पनि लेखेको विषयले चोट लाग्नैपर्छ, लाग्ने हुनुपर्छ । अहिलेको पत्रकारितामा त्यो चोट लाग्दैन । अहिले जे जत्रो अक्षरमा लेखे पनि सरकार वा अन्य कुनै निकायले सुन्दैन । त्यतिबेला समाचारको ठूलो महत्व हुन्थ्यो । व्यावसायिक पत्रकारिता भएपछि व्यापारिक पत्रकारिता हुँदोरहेछ ।

    पहिलेको तुलनामा नेपालको पत्रकारिता निकै विकास भएको छ, यसमा यहाँको भनाइ के छ र ?
    पैसा कमाउनेले यसै भन्छन्, कहिकाहीँ जागिर जोगाउन पनि भन्न पर्ला । त्यस बेलाको पत्रकारिता पैसा कमाउनलाई होइन, एउटा मिसनका रुपमा गर्ने भन्ने थियो । मैले पत्रकरिता पढेको होइन, त्यो पढेको भए म बिग्रन्थे किरु गर्दै सिक्दै गरेको मानिस हुँ । तपाई अहिलेसम्म सोध्दै हुनुहुन्छ पत्रकार भनेर रु त्यति बेला मात्र होइन, अहिले पनि त पत्रकार नै रहेछु नि १ तर अब भोलिका दिन यसरी जीवन्त रहन गाह्रो देख्छु ।

    अहिलेको नेपाली पत्रकारिताका चुनौती के हुन् त ?
    अहिलेको पत्रकारिता असाध्यै यान्त्रिक हुँदै गएको छ । सूचना त पाइन्छ तर समाचारको गुदी हुँदैन । अहिलेको पत्रकारिताको चुनौतीबारे हाकाहाकी भन्ने हो भने, पैसा कमाउने पत्रकारिता भयो । एकथरि जागिर खाने पत्रकारिता भयो त्यो छँदैछ । अहिले ठ्याक्कै जागिर खाने र पैसा कमाउनेमा मात्र सीमित भएको छ पत्रकारिता । निजी क्षेत्रका पत्रकार पैसा कमाउन तिर गए, सरकारी चाहि जागिर खानतिर लागे । यसले गर्दा निस्पक्ष पत्रकारिता रहन सकेन । यो नै अहिलेको पत्रकारिताको मुख्य चुनौती हो ।

    अहिलेको पत्रकारितामा सुधार गरी ओज बढाउन यहाँको सुझाव के छ र ?
    पत्रकारले पत्रकारिता गरेपछि पत्रकार नै हुनुपर्छ । व्यपार, नाफा नोक्सान हेर्न भएन । जे हुन्छ पत्रकारिता नै गर्नुपर्छ । त्यो भनेको साँचो कुरा नढाँटी दिने हो । सत्यकुरा जस्ताको त्यस्तै दिने हो । जस्ताको त्यस्तै दिनु नै पत्रकारिता हो । साहित्य मिसाएर अलि राम्रो बनाउन खोज्नु बेग्लै कुरा हो ।

    मुलुकमा अहिले विकास भएको मिडिया र सङ्ख्यालाई कसरी हेर्नुभएको छ ? 
    समस्या नै यही त हो नि । मिडिया धेरै हुनु पनि एउटा कारक हो । एउटा जिल्लामा एकरदुईवटा एमएम भए पुग्नेमा १० वटासम्म भएको सुन्छु । यसले गर्दा कर्मचारीले तलब खान पाउँदैन । मिडिया पनि राजनीतिक दल पिच्छे हुन गए । जसले सही सूचना र समाचार पस्कनको साटो जनतालाई भ्रम फैलाउने काम गर्दै आएका छन् । गुप्तचरीका लागि पनि पत्रकारिता प्रयोग गरिएको छ ।

    इन्टरनेटको प्रवेशसँगै पत्रकार बन्ने होड बढ्न थालेको देखिन्छ, यसलाई कसरी हेर्नुहुन्छ र ?
    त्यही भएर त बिग्रेको छ नि पत्रकारिता १ प्रविधिले मानिसलाई महाअल्छी बनाएको छ । त्यही छ नि भनेर मेहनत नै गर्न नपर्ने भयो । छान्न पाइयो कुन लिने कुन नलिने भनेर । छान्ने अधिकारले पनि पत्रकारिता चिप्लिएको छ । सङ्ख्यात्मकभन्दा पनि गुणात्मक हुनुपर्ने हो, त्यो गुणात्मकता मिडियाको सङ्ख्यामा पनि छैन र पत्रकारको सङ्ख्यामा पनि छैन ।

    प्रविधिले झन सजिलो बनाएको होइन र ?
    प्रविधिले फड्को मारेको हो, पत्रकारिताले होइन । प्रविधिको प्रयोगले बाठोले फाइदा लिन्छ । अरुले लिन सक्दैन । ठूला मिडियामा भएकै मानिस पनि अनलाइनमा गए । त्यसकारण पछिल्लो कालखण्डमा पत्रकारिता क्षेत्र व्यापक भएको होइन, बिथोलिएको हो । निष्ठा र विश्वास हराउँदै गएको हो । पक्कै पनि प्रविधिले प्राविधिकरुपले सजिलो त बनाएको छ, तर खास पत्रकारिताको ज्यान जोगाउन सकेन ।

    पत्रकारितामा लागेर बाँच्नसक्ने अवस्था छैन भनिन्छ नि र ?
    त्यसको औषधि त खै के छर १ मुख्य कुरा भनेको इमान्दारी नै हो । पैसामा नबेचिने हो । त्यो नहुँदा बाँच्न त अप्ठ्यारो नै पर्‍यो नि हगि रु परिवार होलान् । यो कुरा राष्ट्रको मूल मान्छे अर्थात् नेतृत्व गरेर जसले परिवर्तन गर्न सक्छ, उसले विचार गर्ने कुरा हो । उनीहरुको समस्या हुनुपर्नेमा लेखेर खानेको समस्या हुन गयो ।

    सुधारका लागि कसले नेतृत्व लिनुपर्ला जस्तो लाग्छ यहाँलाई रु ?
    नेतृत्व अरु कसैले लिने नै होइन, व्यक्ति विशेष आफैँ सप्रनु र सुध्रिनुपर्छ, यसले भन्ने नै छैन । आफैँले हेर्ने हो । तपाई केटाकेटी हुनुहुन्न । हात समातेर हिँड्नुपर्ने अवस्था छैन, कहाँ लडिन्छ वा लडिन्न भन्ने हेर्नुपर्छ । अर्कोले समातेर हिँडाउँदा लडिने सम्भावना बढी हुन्छ । पत्रकारिता क्षेत्रमा प्रयोग भएका नवीनतम प्रविधिको प्रयोग र सहायताले विषयवस्तु खोतल्ने मात्र होइन, अब यस्तो हुनसक्छ भनेर पूर्वानुमानसमेत गर्न थालेको छ, तर केही मिल्छ, केही मिल्दैन । नमिले पनि नोक्सान गर्दैन मिलेमा फलानाले भनेको थियो भन्छन् नि १अहिले बास्तविकताभन्दा बढ्याइले धेरै काम गरिरहेको छ ।

    पत्रकारिता पेसा मर्यादित र अवसर प्राप्त पेसा हो नि रु पत्रकारिता समाजको धुमधाम मर्यादित पेसा हो । समाजले यस्तो लेखेछ भन्छन् । पटाहा तर्सने, असल मानिस प्रोत्साहित हुने त्यो न हो । अहिले त्यो छैन । मैले थाहा पाएसम्म । एउटा मान्छेले प्रधानमन्त्रीलाई चिन्दा दङ्ग हुन्छ । मैले नौ वटा प्रधानमन्त्रीसँग काम गरेँ । काम गर्दै जाँदा कोहीसँग राम्रो रह्यो कोहीसँग त्यो हुन सकेन अलग कुरा भयो । तर त्यो मौका त मैले पाएँ नि रु अर्का एउटा प्रोफेसर वा डाक्टरले त पाउँदैन । त्यो मौका मैले पाएँ । पत्रकारले मौका पाउँछ, तर त्यसलाई टिप्न सक्छ कि सक्दैन त्यो अलग कुरा हो ।

    त्यो नहुनुका कारण के हुन सक्छ ?
    नहुनेका कारण भनेका हामी लोभानी पापानीमा फस्यौँ । उसले नि कमायो, अर्कोले नि कमायो, म मात्र के गर्ने भन्ने त्यो अवस्थाले पनि बिगारेको छ । सँगैको साथी मोटर चढछ, म पानीमा झिजेर हिँड्छु भन्ने जस्तो हुँदोरहेछ । त्यसैले निष्ठाको व्रतमा बस्न गाह्रो छ ।

    अवसर हुँदा हुँदै पनि मर्यादामा बस्न नसक्दा नै आज पत्रकारप्रति समाजको हेर्ने दृष्टिकोण राम्रो छैन । हिजो यस्तो थिएन ।

    सरकार र राजनीतिक दल पनि पत्रकारिताको विकासमा चिप्लिएका हुन् ?
    यसमा राजनीतिक दल र सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि चिप्लिएका मात्र होइन, वेइमानी समेत गरेको अवस्था हो । जस्तो राजनीतिक दलका नेता कुनै घटनामा मुछिँदा परिस्थितिको सामना गर्नुपर्छ, बहादुर र इमान्दारले भागेर हुन्न ।

    मर्यादामा रहेर काम गरिरहेकाले पनि यो पेसामा लाग्न आफ्ना सन्ततिलाई प्रेरित गरिरहेको देखिन्न नि ?
    कति मर्म रहेछ हेर्नुस् त, उसले त्यसो भन्न नपर्ने हो नि १ यस्तो अवस्था आउनु भनेको दुर्भाग्य हो । यो अवस्था हामी पत्रकारले नै ल्यायौँ । राजनीतिवाला यति फटाह भए कि अहिले । पहिले त यस्तो फटाहा थिएनन् । विश्वेश्वर, टङ्कप्रसादजस्ता नेताहरु केही ढाँट्दैनथे । त्यतिबेला उहाँहरुलाई भेट्न पत्रकार आयो भनेपछि चिट पठाउन पर्दैनथ्यो । चिया पनि उनीहरुले खाने बेलामा दिन्थे नत्र दिदैन थिए । पत्रकारिता मर्यादित हुन सम्पूर्ण जगत नै सप्रनुपर्छ । नेपालमा मात्रै सप्रिएर हुन्न । हिन्दुस्थान र चिनमा पनि त्यस्तैछ ।

    अन्त्यमा राष्ट्रिय पत्रकारिता दिवसका सन्दर्भमा यहाँको केही सन्देश छ कि ?
    मुलुकको पत्रकारिता क्षेत्रलाई सपार्न सबैले प्रण गर्नुपर्छ, त्यो खोज्नुपर्छ । सपार्न खोज्ने पत्रकार पत्रकार भएर बाँच्न पाउनुपर्छ । ठूला नाम चलेका पत्रकार र ठूला अखबार विज्ञापन आउने र नआउनेमा भर पर्दोरहेछ । विज्ञापन दिएमा पक्षमा नदिएमा विरोध गर्ने अनि विपक्षमा लेख्ने हुँदो रहेछ । त्यो नगरौ । प्राप्ति एउटा कुरा हो, ‘डेलिभरी’ अर्को कुरा हो । डेलिभरीलाई प्राप्तिसँग दाँज्न हुँदैन । मैले के पाएँ र पक्षमा दिने केही पाइन भनेर विपक्षमा लेख्ने नगर्ने हुनुपर्छ । साँचो कुरा दिँदा जे हुन्छ, त्यही हुन्छ । यसो हुन सक्यो भने मात्रै भविष्यमा पनि पत्रकारिता दिवसको सन्दर्भिकता रहन सक्छ । रासस

    आइतबार, बैशाख २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.