• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

काठमाडौंमा बृहत संगठन निर्माण गर्न राजमोले बनायो यस्तो योजना


  •   शनिबार, माघ २५, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले देशको केन्द्र राजधानी रहेको जिल्ला काठमाडौंमा बृहत संगठन निर्माण गर्ने योजना अघि सारेको छ । शनिबार र्भकुटीमण्डपमा सम्पन्न राजमो काठमाडौंको जिल्ला भेलाले काठमाडौं महानगरसहित १० वटै नगरपालिकामा संगठन निर्माणको योजना तयार पारेको हो ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चित्रबहादुर केसीले देश र जनताको हितका लागि पहिलो सर्त राजनीति सही हुनुपर्ने बताउनुभयो । त्यसका लागि सही सिद्धान्त र सिद्धान्तलाई कार्यान्वयन गर्ने उपयुक्त संगठन हुनुपर्ने केसीले बताउनुभयो । अध्यक्ष केसीले मार्क्सको पालमा सही सिद्धान्त भएपनि सही संगठन नभएको उल्लेख गर्दै लेनिनले सिद्धान्त र संगठनको सन्तुलन मिलाएर अघि बढेको प्रशंग कोट्याउनुभयो ।

    संगठन ठुलो भएर मात्रै नहुने नेपालकै सत्तारुढ नेकपा र नेपाली कांग्रेस गतिलो उदाहरण भएको अध्यक्ष केसीले बताउनुभयो । ‘हाम्रो राजनीति कहाँ छ?’ केसीले भन्नुभयो, ‘भ्रष्टाचारका आरोपीलाई छोड्नुपर्यो भनेर संसद अबरुद्ध भइरहेको छ । नेकपामा पनि अनुशासनको त्यस्तै हरिविजोग छ ।’

    केसीले राष्ट्रिय जनमोर्चाको उच्च सैद्धान्ति राजनीतिक चरित्रका कारण जनतामा शीर ठाडो गरेर जान सक्ने अवस्था रहेको बताउनुभयो । सिद्धान्त र राजनीति सही भएपनि संगठनको अवस्था कमजोर भएका कारण पार्टीले चाहे अनुसार देश र जनताको अवस्थामा परिवर्तन गर्न नसकेको स्वीकार गर्दै केसीले अब संगठन बलियो बनाउन हरेक कार्यकर्ताले ध्यान दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा १० वटै नगरपालिकाका प्रतिनिधिहरुले आ–आफनो पालिकामा संगठन निर्माण योजनाको खाका प्रस्तुत गरेका थिए । जसमा वडाहरुमा सम्पर्क स्थापित गर्ने, सदस्यता वितरण र समितिहरु निर्माण गर्ने, विभिन्न जिल्लाबाट काठमाडौं आएर बसोबास गरेका पार्टी समर्थकहरुलाई गोलबन्द गर्ने, स्थानीयस्तरमा विकास निर्माण योजनामा जनताको नेतृत्व गर्ने लगायत उल्लेख छ ।

    राजमो काठमाडौंले फागुन १ गते संगठनात्मक अभियानको उत्घाटन चन्द्रागिरि नगरपालिकाको सतुंगलमा गर्ने र समापन फागुन ३० गते शंखरापुरमा समापन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

    कार्यक्रममा काठमाडौं महानगरपालिबाट ऋतु केसी, टोखा नगरपालिकाबाट अजिता ढकाल, तारकेश्वर नगरपालिकाबाट रामबाबु फुयाल, बूढानीलकण्ठ नगरपालिकाबाट छवि खनाल, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुर तीनवटा नगरपालिकाको संयुक्त रुपमा राजेन्द्र पुडासैनी, कीर्तिपुर र दक्षिणकाली नगरपालिकाको भरतमणी भण्डारी र चन्द्रागिरि नगरपालिकाको रोसन दानीले आ–आफ्नो नगरसमितिले तय गरेका योजना प्रस्तुत गर्नुभएको थियो ।

    भेलामा विद्यानाथ अधिकारी, जगत रेग्मी, लक्ष्मी केसी, अमर बहादुर थापा, हेमराज आश्रम, पदम रोकालगायतले थप सुझाव दिनुभएको थियो ।

    राजमो काठमाडौंका अध्यक्ष झविन्द्र वेलवासेको अध्यक्षता तथा लक्ष्मणदेव पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रमा राजमो नेता आनन्द शर्मा, राजमोका केन्द्रीय सदस्यहरु लालबहादुर थापा, घनश्याम न्यौपाने, लक्ष्मी केसी, कल्याणी श्रेष्ठ, अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष पदम रोका, नेकपा (मसाल) बागमती प्रदेशका प्रवक्ता समीर सिंह, काठमाडौं जिल्ला प्रवक्ता जगत रेग्मी, जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, उद्योग व्यापार संघका महासचिव आरबी फुयाल, रक्तिमका केन्द्रीयस सल्लाहकार मधु क्षेत्री, महिला संघका केन्द्रीय सदस्य कमला पौडेल, किसान महासंघका जिल्ला अध्यक्ष केबी घलेलगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

    शनिबार, माघ २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.