• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

काठमाडौंमा बृहत संगठन निर्माण गर्न राजमोले बनायो यस्तो योजना


  •   शनिबार, माघ २५, २०७६ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले देशको केन्द्र राजधानी रहेको जिल्ला काठमाडौंमा बृहत संगठन निर्माण गर्ने योजना अघि सारेको छ । शनिबार र्भकुटीमण्डपमा सम्पन्न राजमो काठमाडौंको जिल्ला भेलाले काठमाडौं महानगरसहित १० वटै नगरपालिकामा संगठन निर्माणको योजना तयार पारेको हो ।

    Advertisement

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चित्रबहादुर केसीले देश र जनताको हितका लागि पहिलो सर्त राजनीति सही हुनुपर्ने बताउनुभयो । त्यसका लागि सही सिद्धान्त र सिद्धान्तलाई कार्यान्वयन गर्ने उपयुक्त संगठन हुनुपर्ने केसीले बताउनुभयो । अध्यक्ष केसीले मार्क्सको पालमा सही सिद्धान्त भएपनि सही संगठन नभएको उल्लेख गर्दै लेनिनले सिद्धान्त र संगठनको सन्तुलन मिलाएर अघि बढेको प्रशंग कोट्याउनुभयो ।

    संगठन ठुलो भएर मात्रै नहुने नेपालकै सत्तारुढ नेकपा र नेपाली कांग्रेस गतिलो उदाहरण भएको अध्यक्ष केसीले बताउनुभयो । ‘हाम्रो राजनीति कहाँ छ?’ केसीले भन्नुभयो, ‘भ्रष्टाचारका आरोपीलाई छोड्नुपर्यो भनेर संसद अबरुद्ध भइरहेको छ । नेकपामा पनि अनुशासनको त्यस्तै हरिविजोग छ ।’

    केसीले राष्ट्रिय जनमोर्चाको उच्च सैद्धान्ति राजनीतिक चरित्रका कारण जनतामा शीर ठाडो गरेर जान सक्ने अवस्था रहेको बताउनुभयो । सिद्धान्त र राजनीति सही भएपनि संगठनको अवस्था कमजोर भएका कारण पार्टीले चाहे अनुसार देश र जनताको अवस्थामा परिवर्तन गर्न नसकेको स्वीकार गर्दै केसीले अब संगठन बलियो बनाउन हरेक कार्यकर्ताले ध्यान दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा १० वटै नगरपालिकाका प्रतिनिधिहरुले आ–आफनो पालिकामा संगठन निर्माण योजनाको खाका प्रस्तुत गरेका थिए । जसमा वडाहरुमा सम्पर्क स्थापित गर्ने, सदस्यता वितरण र समितिहरु निर्माण गर्ने, विभिन्न जिल्लाबाट काठमाडौं आएर बसोबास गरेका पार्टी समर्थकहरुलाई गोलबन्द गर्ने, स्थानीयस्तरमा विकास निर्माण योजनामा जनताको नेतृत्व गर्ने लगायत उल्लेख छ ।

    राजमो काठमाडौंले फागुन १ गते संगठनात्मक अभियानको उत्घाटन चन्द्रागिरि नगरपालिकाको सतुंगलमा गर्ने र समापन फागुन ३० गते शंखरापुरमा समापन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

    कार्यक्रममा काठमाडौं महानगरपालिबाट ऋतु केसी, टोखा नगरपालिकाबाट अजिता ढकाल, तारकेश्वर नगरपालिकाबाट रामबाबु फुयाल, बूढानीलकण्ठ नगरपालिकाबाट छवि खनाल, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुर तीनवटा नगरपालिकाको संयुक्त रुपमा राजेन्द्र पुडासैनी, कीर्तिपुर र दक्षिणकाली नगरपालिकाको भरतमणी भण्डारी र चन्द्रागिरि नगरपालिकाको रोसन दानीले आ–आफ्नो नगरसमितिले तय गरेका योजना प्रस्तुत गर्नुभएको थियो ।

    भेलामा विद्यानाथ अधिकारी, जगत रेग्मी, लक्ष्मी केसी, अमर बहादुर थापा, हेमराज आश्रम, पदम रोकालगायतले थप सुझाव दिनुभएको थियो ।

    राजमो काठमाडौंका अध्यक्ष झविन्द्र वेलवासेको अध्यक्षता तथा लक्ष्मणदेव पाण्डेको सञ्चालनमा सम्पन्न कार्यक्रमा राजमो नेता आनन्द शर्मा, राजमोका केन्द्रीय सदस्यहरु लालबहादुर थापा, घनश्याम न्यौपाने, लक्ष्मी केसी, कल्याणी श्रेष्ठ, अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष पदम रोका, नेकपा (मसाल) बागमती प्रदेशका प्रवक्ता समीर सिंह, काठमाडौं जिल्ला प्रवक्ता जगत रेग्मी, जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढा, उद्योग व्यापार संघका महासचिव आरबी फुयाल, रक्तिमका केन्द्रीयस सल्लाहकार मधु क्षेत्री, महिला संघका केन्द्रीय सदस्य कमला पौडेल, किसान महासंघका जिल्ला अध्यक्ष केबी घलेलगायत नेताहरुको आतिथ्यता रहेको थियो ।

    शनिबार, माघ २५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.