• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राजनीतिक संघर्षको अर्थ जीत र हारसित मात्र सीमित हुँदैन


  •   बुधबार, माघ ०१, २०७६ मा प्रकाशित
  • शिव पौडेल
    राष्ट्रियसभाका लागि राष्ट्रिय जनमोर्चाका उम्मेदवार

    Advertisement

    राष्ट्रियसभाको चुनावमा किन भाग लिनुभएको ?
    राष्ट्रियसभा पनि पार्टीको जनसंघर्षको एउटा मोर्चा हो । हामीले गर्ने जनसंघर्षको रूपमा यो पनि एउटा रूप हो । संघर्षका सबै रूप वा मोर्चामा हामी बलियो रहेका हुँदैनौँ । राष्ट्रियसभाको चुनावमा हाम्रो स्थिति कमजोर रहेको सबैलाई थाहै छ । अहिले यहाँको चुनावमा जीत र हारको पहिले नै तस्बिर स्पष्ट देखिएको छ । तर राजनीतिक संघर्षको अर्थ जीत र हारसित मात्र सीमित हुँदैन । चुनावी तालमेल जीत, हार, राजनीतिक प्रचार, सङ्घर्षको मोर्चामा उपस्थिति, पार्टी नीति र कार्यक्रमको प्रचार प्रसार, भण्डाफोर आदि महत्वपूर्ण राजनीतिक कार्य यो चुनावको सन्दर्भमा गरिने छ । राजनीतिक रूपले हाम्रो संघर्षको पक्षमा यो चुनावको पनि महत्व हुने भएकाले हामीले भाग लिएका हौँ ।

    चुनावमा तपाईको एजेन्डाहरू के के छन् ?
    हामीले राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको रक्षाको विषयलाई नै हाम्रो चुनावी र संघर्षको एजेन्डा बनाउँछौँ । यसका साथै संघीयता खारेजीका लागि पनि हामीले संघर्ष गर्ने छौँ । सामाजिक विसंगति, भ्रष्टाचार, कुशासन आदिका विरुद्ध पनि हाम्रो संघर्ष गर्ने नीतिका एजेन्डा यो चुनावमा अगाडि सारेका छौँ ।

    हारिन्छ भन्ने जान्दाजान्दै पनि चुनाव लड्नुको खास कारण ?
    माथि नै भनियो, चुनाव हार–जीतको कार्य मात्र होइन, एउटा संघर्षको रूप पनि हो । चुनावमा धेरै पार्टी लड्ने छन् । कसैलाई पनि पूर्ण सफलता मिल्ने छैन । सबैले आंशिक सफलता नै हात पार्ने हुन् ? कसैलाई केही सिट प्राप्त हुन्छ भने अरू कसैलाई केही मात्र । कसैलाई कुनै सिट पनि प्राप्त हुँदैन र जमानतसमेत जफत् हुन्छ । तर त्यसको अर्थ यो होइन कि त्यहाँ कुनै सफलता भएन । वास्तविकता त यो हो कि सिट प्राप्तिका दृष्टिले सफलता नभए पनि राजनीतिक भूमिका, सङ्घर्ष र अस्तित्वका दृष्टिले केही सफलता अवश्य पनि प्राप्त हुन्छन् । हामीलाई पनि केही सफलता प्राप्त हुने छ ।

    गत उपचुनावमा प्युठानको तितो अनुभवमाझ चुनावी तालमेलको सम्भावना कत्तिको देख्नुभएको छ ?
    गत उपचुनावमा प्युठानमा सत्तारूढ नेकपासित तालमेलको तितो अनुभव रह्यो । तर त्यही विषय बागलुङको हकमा लागु भएन । बागलुङमा हाम्रो उनीहरूसितको तालमेल उत्साहजनक र इमान्तारितापूर्ण रह्यो । त्यहाँ पनि हाम्रो तालमेलका सामु अप्ठ्यारा नआएका होइनन् । फेरि पनि त्यहाँको नेतृत्वले केन्द्रीय निर्देशन दृढतापूर्वक लागु ग¥यो । फलस्वरूप साझा उम्मेदवार खिमविक्रम शाहीजी विजयी पनि हुनुभयो ।
    तालमेलको जुन बागलुङमा उदाहरण देखा परेको थियो, त्यही स्थिति प्युठानमा देखा परेन । हामीलाई आश्चर्य त यो लागेको छ, चुनावी सहकार्यसम्बन्धी निर्णय उल्लङ्घन गर्न नेकपाका केन्द्रीय स्तरका नेता वा नेतृत्व नै लागिप¥यो । वास्तवमा यो उनीहरूको यो इमान्दारिता भएन । यदि उनीहरूलाई चुनावी तालमेलमा केही असहजता लागेको थियो भने प्रथमतः पार्टीभित्रै छलफल गर्नुपर्दथ्यो । त्यसरी विषयवस्तुको टुङ्गो लगाउनु सही हुन्थ्यो । त्यसका विपरीत उनीहरूले घोषित रूपमा नै प्युठानमा राष्ट्रिय जनमोर्चासितको तालमेल भङ्ग गरेको घोषणा गरेको भए पनि हुन्थ्यो । तर उनीहरूले त्यसो पनि गरेनन् । आफ्नो चुनाव चिह्नमा उम्मेदवारी नदिएर कथित विद्रोही उम्मेदवार उभ्याए र उनैलाई जिताउन लागिपरे । यो त हददर्जाको राजनीतिक बेइमानी भयो ।

    पछिल्लो चुनावी तालमेलले सत्तारूढ नेकपा हामीले बताउने गरे झैँ निम्न पुँजीपति वर्गको पार्टी भएको पुष्टि भएको छ । निम्न पुँजीपति वर्ग जहिले पनि आफ्नो निहित स्वार्थका लागि दायाबाया, तलमाथि ढुलमूल गरिरहन्छ । त्यही चरित्र प्युठानमा पनि देखाइयो । जहाँसम्म राष्ट्रियसभाको चुनावमा तालमेलको विषय छ, त्यसखालको सहमति अहिलेसम्म बन्न सकेको छैन । अब समय पनि कम छ । त्यसकारण चुनावी तालमेलसम्बन्धी कुनै निर्णय होलाजस्तो मलाई लागिरहेको छैन ।

    राष्ट्रियसभाको उम्मेदवारका लागि तपाईले आफूलाई कसरी योग्य ठान्नुभएको छ ?
    तपाईहरूलाई थाहै छ, मेरो लामो राजनीतिक पृष्ठभूमि छ । मैले कपिलवस्तुमा रहेर लामो समयदेखि नेकपा (मसाल) को राजनीति जनताको माझमा पु¥याइरहेको छु । आवश्यकतानुसार जिल्लाभन्दा बाहिर पनि म सक्रिय रहने गरेको छ । पछिल्लो राजनीतिक सक्रियताको मात्र कुरा गर्ने हो भने पनि म अखिल नेपाल किसान महासङ्घको जिम्मामा क्रियाशील छु । यतिखेर म किसान महासंघको केन्द्रीय उपाध्यक्षसमेत रहेको यहाँलाई थाहै छ । अर्कातिर, म भू तथा पर्यावरणसम्बन्धी आन्दोलनसित पनि जोडिएको छु । कपिलवस्तु र देशैभरि हुने पर्यावरणमाथिको हानीनोक्सानीका विरुद्ध म अग्रिम मोर्चामा रहेर काम गरिरहेको छ । त्यस क्रममा म र मेरो नेतृत्वमा सम्पूर्ण साथी, जनतासमेले सडकदेखि न्यायालयसम्मको मोर्चामा आन्दोलन गरिरहेका छौँ ।

    तपाईलाई थाहै होला, म गतकालमा पनि राष्ट्रिय जनमोर्चाको तर्फबाट विभिन्न स्तरको चुनावमा उम्मेदवार रहने गरेको छु । यद्यपि ती चुनावमा हामीलाई अत्यन्तै कम सफलता मिलेको थियो । फेरि पनि सबैलाई थाहा छ, चुनाव हाम्रा लागि खालि सिट वा पद–प्रतिष्ठाको विषय होइन, यो हाम्रो पार्टीको राजनीतिक प्रचार प्रसार, भण्डाफोर तथा जनसम्पर्क र सङ्गठन निर्माणको विषयसमेत हो । त्यसैले गर्दा खालि चुनाव नजितिएका कारणले चुनावबाट हामी निराशा हुने कुरा आउँदैन ।

    यस प्रकार लामो समयसम्म नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको पक्षबाट राजनीतिक क्रियाशीलता नै राष्ट्रियसभाको चुनावमा मेरो उम्मेदवारीको बलियो योग्यता हो भन्ने मेरो धारणा छ ।

    राष्ट्रियसभा सदस्यमा चुनिनुभयो भने तपाईको प्राथमिकता के के हुने छन् ?
    माथि मैले दिएको उत्तरमा पनि मेरो र हाम्रो पार्टीको प्राथमिकताबारे केही प्रकाश पारिसकिएको छ । त्यसका साथै हामी राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षाका लागि लामो समयदेखि सङ्घर्ष गरिरहेका राजनीतिक शक्ति हौँ । त्यसैगरी हामीले सङ्घीयता तथा तात्कालिक रूपमा देखा परेका समस्याहरू, जस्तै– महंगी, भ्रष्टाचार, दण्डहीनता, करबृद्धि, बेरोजगारीजस्ता समस्याको विरुद्धमा पनि हामी लगातार लडिरहेका छौँ । सदन सडक संघर्षकै अर्को मोर्चा भएको हुनाले हामीले जुन विषय अहिलेसम्म सडकमा रहेर आवाज उठाइरहेका छौँ, त्यसलाई राष्ट्रियसभामा पुगेर राष्ट्रिय मञ्च तथा निकायमा पनि प्रस्तुत गर्ने हाम्रो प्रयत्न हुने छ ।

    उपर्युक्त राजनीतिक मुद्दाका साथै म अखिल नेपाल किसान महासंघ र भू तथा पर्यावरण संरक्षण अभियानमा समेत संलग्न भएका कारणले नेपाली किसानका समस्याको पक्षमा आवाज उठाउने मेरो प्रयत्न हुने छ । त्यसैगरी पर्यावरणसित जोडिएका विषयलाई पनि मैले जोडदार ढंगले उठाउने प्रयास गर्ने छु । एवं प्रकारले जनताको दैनिक जीवनमा आइपर्ने समस्यालाई लिएर आवाज उठाउने मेरो प्रयास हुने छ । वास्तवमा जनता चौतर्फी समस्याबाट घेरिएका छन् । सदनमा उठाउनुपर्ने जनताको आवाज धेरै छन् । सवाल ती समस्यालाई सदमा उठाइसकेपछि पनि कुन रूपमा र कति हदसम्म पूरा गर्न सकिन्छ भन्ने मात्र हो ।

    अन्य प्रदेशमा भन्दा तपाईको गृहप्रदेशको भिन्न समस्या के हो ?
    म ५ नं. प्रदेशको तर्फबाट राष्ट्रियसभाको उम्मेदवार भएको हुनाले तपाईले सोध्नुभएको यो प्रश्नको उत्तर मैले दिनैपर्ने हुन्छ । तर राष्ट्रियसभाजस्तो निकायबाट हामीले धेरै विषय राष्ट्रिय प्रकृतिको नै उठाउनुपर्ने हुन्छ । यो सबैलाई थाहा भएको विषय हो ।

    वास्तवमा ५ नं. प्रदेश विकास निर्माणको प्रचूर सम्भावना रहेको, तर त्यसलाई सदुपयोग गर्न नसकेर पछि परिरहेको प्रदेश हो । यहाँको भौगोलिक वातावरणलाई हेर्ने हो भने पनि ५ नं. प्रदेशमा पहाड र तराई दुवै क्षेत्र छन् । जलश्रोत त्यत्तिकै छ । पर्यटनको सम्भावना त्यत्तिकै छ । ऐतिहासिक, पुरातात्विक स्थल पनि यहाँ प्रशस्तै छन् । अर्कातिर, यो भारतसित जोडिएको प्रदेश पनि हो । त्यस आधारमा केही खुला सिमानाका विकृति झेल्नुपर्ने अवस्था छ । त्यसका साथै अन्तर्राष्ट्रिय व्यापार–व्यवसायमा उन्नति गर्न सकिने सम्भावना पनि छन् ।

    सुशासनको कुरा आफ्नो ठाउँमा छ । त्यसलाई प्रशासनले नै समाधान गर्न सक्ला । एउटा राजनीतिक पार्टीको नेतृत्वको हिसाबले मैले पहाड र तराईको सन्तुलित विकास, पुरातात्विक, ऐतिहासिक सम्पदाको संरक्षण, जलश्रोतको अधिकतम उपयोग, पर्यटनको व्यापक विकास, औद्योगिक विकास, आत्मनिर्भर व्यापार–व्यवसायको पक्षमा यस प्रदेशले ठोस कदम चाल्नुपर्दछ भन्ने लाग्दछ ।

    ५ नं. प्रदेशका समस्या त छँदै छन्, त्यसका साथै सम्भावना पनि त्यत्तिकै छन् । त्यसकारण यहाँको प्रदेश सरकार र यस क्षेत्रका जनप्रतिनिधिले प्रदेशको सन्तुलित विकास गरी जनतालाई अत्यधिक लाभ पु¥याउन प्रयास गर्नुपर्दछ भन्ने लागेको छ । सरकारसित मूलतः भौगोलिक विषमतालाई अनुकूलतामा फेर्नेगरी सन्तुलित विकास नीति नहुनु नै यो प्रदेशको समस्या होजस्तो लाग्दछ ।

    नेपालमा तपाईहरू संघीयताको विरोधी, फेरि त्यही व्यवस्थाअन्तर्गतको चुनावमा यति सक्रियता किन ? अलिकति अप्ठ्यारो महशुस हुँदैन ?
    हो, हामी नेपालको सन्दर्भमा संघीयता विरोधी हौँ । संघीयताजस्तो सार्वभौम सत्ता विभाजन गर्ने शासन प्रणाली नेपालजस्तो देशका लागि अनुचित छ भनेर हामीले भन्दै आइरहेका छौँ । हाम्रोजस्तो भौगोलिक रूपमा सानो, आर्थिक रूपमा पिछडिएको, उत्पीडित जात/जातिको मिश्रित बसोबास भएको, जात÷जाति र क्षेत्रवासीका माझमा सामाजिक सद्भाव रहेको र छिमेकमा भारतीय साम्राज्यवाद सक्रिय रहेको तथा त्यसले नेपाली स्वाधीनतालाई निल्ने प्रयास गरिरहेको देशमा सङ्घीयता उचित छैन । त्यो मान्यतामा हामी अहिले पनि अडिग छौँ ।

    त्यसका साथै देशमा शासन सञ्चालन गर्ने क्रममा प्रादेशिक संरचना आवश्यक छ भन्ने पनि हाम्रो ठम्याइ हो । हामीले संघीय एकाइको रूपमा होइन, प्रशासनिक एकाइको रूपमा प्रादेशिक चाहिन्छन् भन्दै आएका छौँ । राष्ट्रिय जनमोर्चाले यस अवधारणाअन्तर्गत रहेर सातवटा प्रदेशको अवधारणा पहिले नै सार्वजनिक गरिसकेको थियो । त्यसैगरी हामीले संघीयताको खारेजीका लागि आवाज उठाउँदै आइरहेका छौँ । तर देशका ठुला भनाउँदा राजनीतिक पार्टीमा सङ्घीयताबारे प्रष्टता छैन । विदेशी प्रतिक्रियावादी शक्ति, खासगरी भारतीय साम्राज्यवाद र युरोपियन युनियनले नेपालमा सङ्घीयता जबर्जस्ती लागु गर्ने प्रयास गरेका छन् भन्ने कुरा नेपाली जनताले अझै पनि बुझिसकेका छैनन् । त्यसकारण त्यतिबेलासम्म हामीले यही संघीय संरचनाभित्र रहेर काम गर्नुपर्ने हुन्छ । तर ढिलो वा चाँडो संघीयताका विस्तारै देखा पर्दै गएका दुष्परिणाम आम जनताले बुझ्दै जाने छन् र अन्ततः संघीता नेपालबाट खारेज हुने छ भन्नेमा हामीलाई पूरा विश्वास छ ।

    राजमोले समेत समर्थन गरिरहेको वर्तमान केन्द्रको सरकारको काम–कारबाहीलाई कसरी लिनुभएको छ ?
    हामीले भन्दै आइरहेका छौँ, सत्तारूढ नेकपा न त कम्युनिस्ट पार्टी हो, न त त्यो सरकार कम्युनिस्टको सरकार हो । त्यो पार्टी निम्न पुँजीपति वर्गको पार्टी भएकाले सरकारमा पनि अधिकतम रूपमा निम्न पुँजीपति वर्गको स्वार्थ प्रतिबिम्बित हुने प्रष्टै छ । अर्कातिर, अहिले पनि राज्यसमा सामन्त, दलाल र नोकरशाही पुँजीपतिको बोलवाला छ । उनीहरू भारतीय साम्राज्यवाद र अन्य साम्राज्यवादी प्रभाव र दबाबमा छन् । त्यसरी देशमा जसरी दुईतिहाइ बहुमतको सरकार भएजसरी काम हुनुपर्दथ्यो, त्यो हुन सकिरहेको छैन । संविधानमा समाजवादउन्मुख राज्य भनिए पनि त्यसअनुसारको अर्थनीति अपनाइएको छैन । सरकारको नीतिले सामन्त, दलाल र नोकरशाही पुँजीपतिलाई नै बढी फाइदा पु-याउने काम गरिरहेको छ ।

    फेरि पनि यिनीहरू कम्युनिस्ट पार्टी वा कम्युनिस्ट सरकार नभए पनि उनीहरूलाई कम्युनिस्ट सरकारको रूपमा बद्नाम गर्ने प्रयास चलिरहेको छ । त्यो नयाँ विषय पनि होइन । अर्कातिर, जनअपेक्षानुसार काम गर्न नसके पनि वर्तमान सरकारले राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा अडान लिइरहेको छ । यो स्वागतयोग्य छ । यसरी राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षताको पक्षमा सरकारले उठाउने सही कदमको समर्थन गर्दै यो सरकारको तर्फबाट अगाडि सारिने गलत नीति तथा क्रियाकलापको पक्षमा दृढतापूर्वक आवाज उठाउने हाम्रो नीति रहने छ ।

    अन्तमा युगदर्शनमार्फत् आह्वान गर्नुपर्ने केही छन् कि ?
    राष्ट्रियसभा चुनावको सन्दर्भ पारेर मेरो, हाम्रो पार्टीको विचार सार्वजनिक गर्ने मौका दिनुभएकोमा युगदर्शनलाई धन्यवाद दिन चाहान्छु ।
    चुनावको सन्दर्भमा सम्पूर्ण सांसद, नगरपालिकाका मेयर, उपमेयर तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षलाई मूलतः सही राजनीतिलाई केन्द्रमा राखेर मतदान गर्न आग्रह गर्दछु । (अन्तर्वार्ताः प्रकाश थापा)

    बुधबार, माघ ०१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.