• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

प्रतिद्वन्द्वी उम्मेदवारले समेत मेरो जितप्रति सकारात्मक भाव प्रकट गर्नुभएकाले मैले जित्नेमा विश्वस्त छु


  •   बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
  • सागर केसी, केन्द्रीय सदस्य राष्ट्रिय जनमोर्चा तथा अर्घाखाँची प्रदेशसभा ‘क’ का उम्मेदवार

    Advertisement

    ० वाम–लोकतान्त्रिक गठबन्धन बनाउनुको कारण के होला ?
    – २०७७ पुस ५ गते केपी शर्मा ओलीद्वारा देशमा प्रतिगमन भएको थियो । त्यसले गर्दा गणतन्त्र र धर्म निरपेक्षता जस्ता जनआन्दोलनका उपलब्धि धरापमा परेका थिए । त्यसको रक्षा गर्दै देशलाई अग्रगमनको दिशातर्फ लैजान यो गठबन्धनको आवश्यकता प¥यो । ओली नेतृत्वको एमालेबाट अहिले पनि प्रतिगामी खतरा यथावत रहेकाले त्यसलाई परास्त नगरेसम्म गत जनआन्दोलनका उपलब्धिको रक्षा हुन नसक्ने अवस्था अहिले पनि विद्यमान छ । यस सन्दर्भमा केन्द्रीय स्तरबाट नै वाम–लोकतान्त्रिक गठबन्धन बनेको थियो । सम्पूर्ण देशको यो राजनीतिक आवश्यकतालाई स्वीकार गरेर जिल्लास्तरमा पनि हामीले गठबन्धन गरेर अगाडि बढेका हौँ । गठबन्धनका उम्मेदवारको जितको कुरा त छँदै छ, त्योभन्दा पनि सविधानको रक्षा अर्थात् गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि यो गठबन्धन बनेको हो ।

    ० राष्ट्रिय जनमोर्चा सङ्घीयता विरोधी पार्टीको रूपमा परिचित छ । सङ्घीयताको मूल मर्मअनुसार देशमा प्रदेशसभाको संरचना बनेको छ । अनि, तपाईंको उम्मेदवारी पनि प्रदेशमै छ । यो अलि सुहाएन कि ?
    – नेपालको सन्दर्भमा सङ्घीयता बेठिक छ भन्ने हाम्रो विचार अहिले पनि यथावत छ । हामीले जिते संसद्बाट, हारे सडकबाट, संसद्मा हाम्रो सङ्ख्या जति भए पनि सङ्घीयताको विरोधमा हामीले आवाज उठाउने नै छौँ । गत कालमा हाम्रा जनप्रतिधिहरूले यस्तै गरेका थिए ।

    अर्कोतिर, हामीले संसदीय व्यवस्थाको भण्डाफोर गर्न चुनावमा भाग लिएका हौँ, यो संसदीय व्यवस्था वा सङ्घीयतालाई समर्थन गरेर चुनावमा भाग लिएका होइनौँ । यस सन्दर्भमा २०४७ सालको सन्दर्भ स्मरण गर्नु उचित हुने छ । त्यतिखेर संविधान सभाको चुनाव नगरिकन संविधान सुझाव आयोगबाट संविधान बनाएकाले २०४७ सालको संविधानलाई हामीले कालो संविधान बताएका थियौँ । २०४८ सालको आम निर्वाचनमा यही विषयलाई लिएर नेकपा (मसाल) ले बहिष्कार गरेको थियो तर त्यसपछिका चुनावमा यो विरोधलाई सुरक्षित राख्दै हामीले त्यसलाई उपयोग गरेका थियौँ । देश, राजनीतिक पार्टी र जनताले अन्ततः हाम्रो राजनीति स्वीकार गरे । फलस्वरूप देशमा संविधान सभाको चुनावद्वारा नै संविधान बन्यो ।

    यस प्रकार विद्यमान व्यवस्थाप्रतिको विरोध र भण्डाफोर गर्न चुनावको उपयोग गरिएकाले प्रदेशसभामा मेरो उम्मेदवारी सुहाउने/नसुहाउने विषयभन्दा पनि राजनीतिक विषय बनेको छ । त्यसलाई त्यही रूपमा बुझिनुपर्दछ ।

    ० अर्घाखाँचीको प्रदेशसभा ‘क’ मा तपाईंका उम्मेदवारी किन आवश्यक ठानियो ?
    – गत चुनावमा यस क्षेत्रबाट जितेर गएका जनप्रतिनिधिले जिल्लाबासीको हितमा काम गर्न सकेनन् भन्ने गुनासो जताततै छ । त्यस्तै, उनीहरूले स्वच्छ छवि र निष्पक्ष भूमिका निर्वाह गर्न सकेनन् भन्ने टिप्पणी हामीले सुनेकै छौँ । जिल्लाभित्र यो क्षेत्रको विकासका लागि नयाँ सोचका साथ अगाडि बढ्नुपर्ने आवश्यकता खड्किएको छ । यसरी जान सकियो भने मात्र जिल्लाको विकास र समृद्धिका ढोका खुल्छन् भन्ने लाग्दछ । त्यसका लागि राष्ट्रिय जनमोर्चाको तर्फबाट हामीले जिम्मेवारी लिनुपर्छ भन्ने मान्यता राख्दै मैले गठबन्धनको तर्फबाट साझा उम्मेदवारी दिएको हुँ ।

    ० तपाईंले प्रदेशसभाको चुनाव जित्ने ठोस आधार के ठान्नुभएको छ ?
    – मैले राजनीति अहिले चुनावको मुखमा आएर गरेको होइन । गत पाँच दसकदेखि नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाको मातहतमा रही समाजका लागि काम गरिरहेको छु । हाम्रो पार्टीद्वारा देश र जनताको परिवर्तनमा खेलेको महŒवपूर्ण भूमिकामा मेरो पनि संलग्नता छ । अर्घाखाँचीमा रहेर यहाँका जनताको दुःखमा मैले पनि साथ दिएको छु । उनीहरूसित मेरो घनिष्ट सम्बन्ध रहेको छ । जिल्ला तथा स्थानीय स्तरका मुद्दामामिला मिलाउन वा जिल्लाको विकासका लागि म प्रत्यक्ष रूपमा संलग्न रहेको सबैलाई जानकारी छ नै । जिल्लाका सबै तह र तप्काका आदरणीय मतदाताले यो कुरा बुझ्नुभएका कारण मप्रति कसैको नकारात्मक भावना नभएको मैले महसुस गरेको छु । स्वयम् मेरो प्रतिद्वन्द्वी उम्मेदवार चेतनारायण आचार्यले समेत मेरो जितप्रति सकारात्मक भाव प्रकट गर्नुभएकाले यसपटक मैले जित्नेमा म विश्वस्त छु ।

    ० चुनावको प्रचार प्रसारको अभियान कसरी अगाडि बढिरहेको छ ?
    – हामी वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रमअनुसार अघि बढिरहेका छौँ । गठबन्धनका दलको संयुक्त बैठक बसेर चुनाव प्रचारका कार्यक्रम बनेका छन् र त्यसलाई कार्यान्वयन गरिएको छ । पहिलो चरणमा आम मतदाता तथा राजनीतिक दलका नेता–कार्यकर्तासित भेटघाट सम्पन्न भइसकेका छन् । त्यस क्रममा हामी अर्घाखाँचीबाट बाहिर रहनुभएका जनतासित पनि भेटघाट गरिरहेका छौँ । दोस्रो चरणमा हामी अझै मसिनो गरी जनतामाझ गइरहेका छौँ । त्यस क्रममा खासगरी घरदैलो, भेटघाट, अन्तरक्रिया, सभा जस्ता कार्यक्रम घनीभूत रूपमा सम्पन्न भइरहेका छन् ।

    ० चुनाव प्रचारको क्रममा जनतामाझ हिँडदा तपाईंले के कस्ता मुद्दा लिएर जानुभएको छ ?
    – जनताका समस्या गम्भीर छन् र तिनीहरूको सङ्ख्या धेरै छ । त्यसकारण जनतामाझ जानेका लागि मुद्दाको कमी कहिल्यै हुँदैन । चुनावको सन्दर्भमा त यो कुरा झनै बढी लागु हुन्छ । देशमा महङ्गी, भ्रष्टाचार, अनियमितता छ । यसलाई रोक्नुछ । विकास निर्माण कार्यमा भएका अनियमितता रोकेर त्यसमा पारदर्शिता ल्याउनुछ । कृषिलाई आधुनिकीकरण गरेर व्यवसायिक र आयमूलक तरिकाबाट अगाडि बढाउनुछ । जिल्लामा पर्यटनको विकास गर्नुछ । सुपा–देउरालीदेखि सन्धिखर्क, अर्घा, बामरुक, नर्सिङथान, बल्कोटलगायतका ठाउँलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नुछ ।

    शैक्षिक गुणस्तर वृद्धि गरी व्यावसायिक शिक्षाप्राप्तिको लागि विशेष ध्यान दिनुछ । अस्पतालको अवस्था नाजुक छ । यसको स्तरोन्नतिमा ध्यान दिनुछ । सामान्य बिरामी हुँदा पनि बुटवल जानुपर्ने अवस्थाको अन्त्य गर्नुछ । करिब ५० प्रतिशत रोगको उपचार जिल्लाबाट हुन सक्ने व्यवस्था मिलाउनुपर्छ ।

    जिल्लामा यस्ता धेरै कामहरू गर्नुपर्ने छन् । भोलि निर्वाचित भएर आउँदासाथ ती समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा जिल्लाभित्र र जिल्लाबाहिर रहनुभएका आम जनतताका साथै, सरोकारवाला विज्ञ–विशेषज्ञ, विद्धान, बुद्धिजीवीसँग छलफल गरेर हामीले विकास निर्माणको कामलाई तीव्र रूप प्रदान गर्ने छौँ ।

    ० तपाईंले जितेपछि यस क्षेत्रका मतदाताले गर्नुपर्ने आशा के होलान् ?
    – अघिल्लो प्रश्नको जवामा यसबारे मैले भनिसकेको छु । हामीले जनतालाई झुटा आश्वासन बाँडेका छैनौँ । जितेपछि सम्बन्धित स्थान र तहतप्काका समस्याको प्रकृतिअनुसार सल्लाह गरेर काम गर्ने छौँ । त्यस क्रममा जनताको माग र आवश्यकताअनुसार कहाँ के गर्नुपर्छ ? त्यसअनुसार योजना बनाएर काम गर्ने छौँ ।

    ० अन्त्यमा भन्नुपर्ने केही छन् कि ?
    – मेरो विचार व्यक्त गर्ने अवसर दिनुभएको यस मिडियालाई आभार प्रकट गर्न चाहन्छु । मङ्सिर ४ गतेको निर्वाचनमा अग्रगमन पक्षधर वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई आफ्नो अमूल्य मतदान गरेर विजय गराउन विनम्र अनुरोध गर्दछु ।

    (प्रस्तुति : देवेन्द्र कुँवरको सहयोगमा प्रकाश थापामगर)

    बुधबार, कार्तिक ३०, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग अमेरिकी दूतहरूको ‘ठोस योजना’बारे छलफल
    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली
    प्रशिक्षणपछि किसान तथा आम जनतासँग भेटघाट गर्नेछौँ : ठाडामगर (भिडियोसहित)
    द्वन्द्ववाद धेरैपटक पढियो तर व्यावहारिक रूपमा कमजोर छौँ भन्ने महसुस भयो : खडायत (भिडियो)
    हामी सही नीति लिएर गएका छौँ तर जनताले बुझ्न सकिरहेका छैनन्, : अधिकारी (भिडियोसहित)
    जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.