• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

समानुपातिक अभियान कपिलवस्तुमा, राजमोलाई मजबूत बनाउन आग्रह


  •   बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
  • कपिलवस्तु । राष्ट्रिय जनमोर्चाले समानुपातिक निर्वाचनतर्फ पार्टीलाई मत माग्न सञ्चालन गरिरहेको समानुपातिक अभियान बुधबार कपिलवस्तु पुगेको छ ।

    Advertisement

    कात्तिक १७ गते बुटवलबाट सुरु भएको अभियानको टोली विभिन्न जिल्लामा कार्यक्रम गर्दै कञ्चनपुर पुगेर फर्किएको हो ।
    यसैक्रममा राजमोको समानुपातिक अभियानको कार्यक्रम आज चन्द्रौटामा सम्पन्न भएको छ ।

    चुनावी सभालाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन उद्देश्य चुनाव जित्ने मात्र नभएर देशको संविधान, गणतन्त्र रहन्छ की रहँदैन प्रमुख मुद्दा भएको बताउनुभयो ।
    साथै उहाँले राष्ट्रिय जनमोर्चा मात्र राष्ट्रवादी पार्टी भएको ठोकुवा गर्दै संघीयता र एमसीसी खारेज गर्ने अभियान चुनाव पछि पनि जारी रहने बताउनु भयो ।

    त्यस्तै, राजमोका केन्द्रीय उपाध्यक्ष तथा प्रतिनिधि सभा समानुपातिक उम्मेदवार जनक राज शर्माले यसपटक नेपाली जनताले समानुपातिकमा गिलास चिह्नमा मतदान गरी राष्ट्रिय जनमोर्चालाई बलियो बनाउनु पर्ने बताउनु भयो । उहाँले विगतको राष्ट्रिय जनमोर्चाको राष्ट्रवादी आन्दोलन, अन्याय, आत्यचर, भष्ट्राचार, महँगीलगायत हत्या हिंसाविरुद्ध संघर्षमा राष्ट्रिय जनमोर्चा अग्रपंक्तिमा रहेको उल्लेख गर्दै यसपटक समानुपातिकमा राष्ट्रिय जनमोर्चालाई रोज्न र गिलास चिह्नमा मतदान गर्न आग्रह गर्नु भयो ।

    कार्यक्रममा राजमोका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर ५ बाट समानुपातिक उम्मेदवार तारा थापा क्षेत्रीले पनि सम्बोधन गर्नु भएको थियो ।

    कार्यक्रममा अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरव राज रेग्मी, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, राजमो प्रदेश सदस्य मिना पोख्रेलको आतिथ्यता रहेको थियो ।

    राजमो जिल्ला अध्यक्ष दधिराम आचार्यको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य केरसिंह अदैले र स्वागत अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रदेश नं ५ बाट समानुपातिक उम्मेदवार कर्मराज चौधरीले गर्नु भएको थियो । प्रचार प्रसार अभियानले भोलि पाल्पामा सभा गर्ने जानकारी दिएको छ ।

    प्रतिगमन परास्त गर्न गठबन्धनलाई, राष्ट्रियताको पक्षमा राजमोलाई भोट : नेपाली

    राजमो समानुपातिक टोलीद्वारा सुर्खेतको मेहलकुना र बोटेचौरमा कार्यक्रम

    जनआन्दोलनका उपलब्धिको रक्षाका लागि राजमोको विजय आवश्यक : नेपाली

    कञ्चनपुर कलकत्ता बजारमा राजमोको सभा

    कैलालीको अत्तरियामा राजमोको कोणसभा

    राष्ट्रिय जनमोर्चाको समानुपातिक उम्मेदवार प्रचार टोलीद्वारा बर्दिया र कैलालीमा सभा

    राजमोको समानुपातिक अभियान बाँकेमा, कोहलपुरमा सभा

    राजमोको समानुपातिक अभियान कपिलवस्तुमा, राष्ट्र जोगाउन गिलासमा भोट : नेपाली

    यसरी सुरु हुँदैछ राष्ट्रिय जनमोर्चाको ‘समानुपातिक अभियान’

    राष्ट्रिय जनमोर्चाको समानुपातिक निर्वाचन अभियान आजदेखि

     

     

    बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.