• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

यसरी सुरु हुँदैछ राष्ट्रिय जनमोर्चाको ‘समानुपातिक अभियान’


  •   बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाले देशब्यापी ‘समानुपातिक अभियान’ सुरु गरेको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीलाई भोट माग्नअभियानको सुरुवात गरेको हो ।

    Advertisement

    ‘गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने मूल नारासहित निर्वाचनमा भाग लिने निर्णय गरेको स्पष्ट पारेको छ । भोलि (कात्तिक १७) गतेदेखि बुटवलबाट सुरु हुने अभियान कात्तिक २८ गते बुटवलमै पुगेर समापन गरिने राजमोले जनाएको छ ।

    पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले कात्तिक १७ देखि २८ गतेसम्म देशका सम्भव भएका सबै जिल्लाहरूमा केन्द्रीय टोलीको नेतृत्वमा सो अभियान सञ्चालन हुने जानकारी दिनुभयो । त्यसक्रममा केन्द्रीय तहका नेताहरुको नेतृत्वमा आमसभा, कोणसभा, जनभेटघाटलगायतका कार्यक्रम हुने उहाँले बताउनुभयो ।

    बुटवलबाट सुरु हुने अभियान कात्तिक १७ गते बुटवल, सोही दिन कपिलवस्तु (४ नं. चौक), १८ गते दाङको भालुवाङ र सोही दिन कोहलपुरमा कार्यक्रम हुनेछ ।

    यस्तै, कात्तिक १९ गते बर्दियाको बाँसगढी र भुरीगाउँ, कैलालीको चिसापानीमा कार्यक्रम हुनेछ। जनमोर्चाले २० गते कैलालाीको अत्तरियार, धनगढी तथा कञ्चनपुरको बेलौरी र विनवारीमा कार्यक्रम गर्नेछ ।

    यसैगरी कात्तिक २१ गते सुर्खेत, २२ गते सुर्खेतकै छिन्चु, २३ गते तुल्सीपुर र कपिलवस्तुको चन्द्रौटा, २४ गते पाल्पा, गुल्मीको तमघास र पुर्तिघाटका कार्यक्रम गर्ने जनमोर्चाले जनाएको छ।

    कात्तिक २५ गते पर्वतको बिहादी र गुल्मीको कालिगण्डकी तथा २६ र २७ गते कास्कीको पोखरा २८ गते चितवन र नवलपुरको रजहरमा कार्यक्रम गरी सोही दिन बुटवल पुगेर कार्यक्रम समापन हुने छ ।

    जनमोर्चाले पाँचदलीय गठबन्धनबाट प्रतिनिधि सभातर्फ प्युठान र बागलुङ १ तथा प्रदेश सभातर्फ लुम्बिनीको अर्घाखाँची क मा उम्मेदवारी दिएको छ ।  समानुपातिकतर्फ प्रदेश १ र २ बाहेक पाँच वटा प्रदेश र प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएको छ ।

    राजमो केन्द्रीय सदस्य इन्दिरा ज्ञवालीको अध्यक्षता र रुपन्देही जिल्ला सचिव टानबहादुर केसीको सञ्चालनमा अघि बढेको पत्रकार सम्मेलनमा पत्रकारहरुका विभिन्न जिज्ञासाका जवाफ कार्यकारी अध्यक्ष नेपालीले दिनुभएको थियो ।

    बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.