• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)


  •   बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित
  • टेकराज भुसाल, नुवाकोट (अर्घाखाँची) ।

    Advertisement

    ‘दसैँतिहारको उमङ्ग, खेलकुद र संस्कृतिसँगै हाम्रो एकताको रङ’ भन्ने मूल नाराका साथ फलामखिली युथ स्पोट्र्स क्लबको आयोजनामा मातृभूमि–प्रवासी पाँचौँ पिवाइएससी कप–२०८३ सुरु भएको छ ।

    २०८३ कात्तिक १२ गते बिहीबारदेखि सुरु भएको प्रतियोगितासँगै लोकसांस्कृतिक कार्यक्रम, वडास्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता सञ्चालन भइरहेको छ ।

    चार दिनसम्म सञ्चालन हुने खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमको भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झविलाल थापाले गर्नुभएको थियो ।

    कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख थापाले खेलकुदले युवामा अनुशासन, सहकार्य र आपसी सद्भावको भावना विकास गर्नुका साथै स्थानीय प्रतिभाको पहिचान र प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

    उहाँले यस्ता प्रतियोगिताले सामाजिक एकता कायम राख्न र स्थानीय कला तथा संस्कृतिको संरक्षण गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

    उद्घाटन समारोहमा जिल्ला भलिबल सङ्घ अर्घाखाँचीका अध्यक्ष भरत पुनमगर तथा सङ्घका निवर्तमान कोषाध्यक्ष प्रेमबहादुर आलेले पनि मन्तव्य राख्नुभएको थियो ।

    फलामखिली युथ स्पोट्र्स क्लबका अध्यक्ष हरि आलेको अध्यक्षता तथा प्रकाश मगरको सञ्चालनमा सम्पन्न उद्घाटन समारोहमा नगर उपप्रमुख बालाकृष्ण बन्जाडे, ४ नम्बर वडाका वडाअध्यक्ष बाबुराम पन्थी, ५ का वडाका वडाअध्यक्ष जयगोपाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

    प्रतियोगिताअन्तर्गत वडास्तरीय पुरुष भलिबलतर्फ १४ समूह तथा खुला महिला भलिबलतर्फ ६ समूहको सहभागिता रहेको छ ।

    प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदप्रति युवाको आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

    पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार, द्वितीयले ३० हजार, तृतीयले २० हजार र सान्त्वना हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

    त्यस्तै, महिला भलिबल प्रतियोगितामा प्रथम हुने टोलीले १५ हजार, द्वितीयले १० हजार, तृतीयले पाँच हजार र सान्त्वना हुने टोलीले तीन हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । दुवै विधाका विजेता टोलीले नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्राप्त गर्ने आयोजकले जनाएको छ।

    खेलकुदसँगै स्थानीय कला, संस्कृति र मनोरञ्जनलाई जोड दिने उद्देश्यले कात्तिक १५ गते विशेष लोकसांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ ।

    कार्यक्रममा कलाकार एलिना रायमाझी, गायक विशाल रायमाझीलगायतका कलाकारको प्रस्तुति रहने क्लबका अध्यक्ष आलेले जानकारी दिनुभयो ।

    बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे
    कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग
    चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता
    लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार
    ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • २.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ३.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    • ४.
      कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

    • ५.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ६.
      लेक लागेका पदयात्रीको हेलिकप्टबाट उद्धार

    • ७.
      ‘अर्नब’ चक्रवातको कारण भिभिन्न राजमार्गहरूमा पहिरोको उच्च जोखिम

    • ८.
      कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.