• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त


  •   बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित
  • बनेपा (काभ्रे) । बिहानको पाँच बजेसम्म पनौतीको जनजीवन शान्त देखिन्छ । अधिकांश मानिस निद्रामै रहेका बेला स्याङ्तान भने च्याउ टिप्न व्यस्त छन् ।

    Advertisement

    यही शान्त वातावरणबीच पनौती नगरपालिका–९, बिजुली हाइड्रोपावरनजिकै रोशी कृषि फार्ममा २९ वर्षीय देवराज स्याङ्तान भने च्याउ टिप्न व्यस्त छन्

    बिहान ३:३० बजेसम्म च्याउ टिपिसकेपछि उहाँलाई उत्पादित च्याउ तरकारी बजारसम्म पुर्‍याउने चटारो हुन्छ । परिवारसँगै बसेर आफ्नै देशमा केही गर्ने अठोटका साथ उहाँले अँगाल्नु भएको व्यावसायिक च्याउखेतीको दैनिकी हो, यो ।

    वैदेशिक रोजगारीमा १० वर्ष बिताएर स्वदेश फर्किनुभएका स्याङ्तान अहिले च्याउखेतीमार्फत आफ्नै गाउँठाउँमा भविष्य देखिरहनुभएको छ ।

    विदेशमा रहँदा परिवारबाट टाढा बिताएका दिन र भोग्नु परेको अभावले उहाँलाई आफ्नै परिवारसँग बसेर च्याउखेतीमा लाग्ने चाहना जाग्यो ।

    लामो समय परदेशमा श्रम गर्दा परिवारसँगै बसेर सुखदु:ख बाँड्ने अवसर कम भएपछि उहाँले स्वदेशमै केही गर्ने निर्णय गर्नुभयो । त्यसपछि विदेशमा अरूका लागि श्रम गर्नुभन्दा स्वदेशमै पसिना बगाएर आत्मनिर्भर बन्ने बाटो रोज्नुभयो ।

    “विदेशमा परिवारको अभावमा बिताएका दिन बिर्सन सकिनँ । त्यसैले आफ्नै परिवारको काखमा रहेर सुखदु:ख भोग्दै, च्याउ खेतीमा लागेको हुँ”, स्याङ्तानले भन्नुभयो ।

    परिवारले गर्दै आएको पेसालाई निरन्तरता दिने सोचका साथ च्याउखेतीमा लाग्नु भएका उहाँका लागि यो व्यवसाय नयाँ भने होइन ।

    उहाँका बाआमाले विसं २०६५ देखि नै च्याउखेती गर्दै आउनु भएको थियो । परिवारले गर्दै आएको उक्त पेसा उहाँका लागि पुरानो थियो ।

    विदेशबाट फर्किएपछि उहाँले पारिवारिक व्यवसायलाई निरन्तरता दिँदै विस्तार गर्ने योजना बनाउनुभयो । परिवारबाट प्राप्त अनुभव र सीपलाई व्यावसायिक रूपमा अघि बढाउने उहाँको प्रयास अहिले च्याउखेतीमा केन्द्रित छ ।

    करिब तीन रोपनी जग्गा भाडामा लिएर च्याउखेती सुरु गर्नु भएका स्याङ्तानले सुरुमा रु २० हजार लगानीमा पाँचवटा टनेल बनाउनुभएको थियो भने अहिले उहाँसँग २७ टनेल पुगेका छन् ।

    उक्त टनेल निर्माणमा उहाँले रु २१ लाख ६० हजार लगानी भएको जानकारी दिनुभयो ।

    व्यवसाय विस्तार हुँदै जाँदा आफ्नै पुँजीले नपुगेपछि सहकारीबाट ऋण लिनुभएको छ । सानो लगानीबाट सुरु भएको व्यवसायलाई अहिलेको अवस्थामा पुर्‍याउन निरन्तर मेहनतसँगै थप पुँजी आवश्यक परेको उहाँको अनुभव छ ।

    कृषि व्यवसायमा उत्पादन बढाउन समय, श्रम र व्यवस्थापन पनि उत्तिकै महत्त्वपूर्ण हुने उहाँ बताउनुहुन्छ ।

    व्यवसायमा उहाँलाई परिवारको साथ र सहयोग छ । बाआमा, भाइ र बुहारी मिलेर टनेलको काम तथा हेरचाह गर्नुहुन्छ । च्याउ टिप्ने, टनेलको हेरचाह गर्ने र उत्पादन व्यवस्थापन गर्ने काममा परिवारका सदस्यको सहकार्य रहँदै आएको छ ।

    स्याङ्तान खेतीसम्बन्धी ज्ञान थप विस्तार गर्न सक्रिय हुनुहुन्छ । उहाँले अहिले अनलाइनमार्फत कक्षा लिइ रहनुभएको छ । परम्परागत अनुभवसँगै नयाँ प्रविधि र ज्ञान सिक्न सके उत्पादनलाई व्यवस्थित बनाउन सकिने उहाँको विश्वास छ ।

    च्याउखेतीमा उत्पादन गर्नु मात्र पर्याप्त हुँदैन । उत्पादित च्याउको गुणस्तर कायम राख्न नियमित हेरचाह र बजार व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

    स्याङ्तानले च्याउलाई रोग तथा कीराबाट जोगाउन र टनेलभित्र आवश्यक वातावरण कायम राख्न विशेष ध्यान दिने गर्नु भएको छ ।

    च्याउको बीउ राखेको करिब २१ दिनदेखि चार साताभित्र च्याउ टिप्न सकिन्छ । एक टनेलमा करिब ४४० प्याकेट राख्ने गरिएको छ । त्यसबाट एकलटमा करिब ८०० देखि ९०० किलोसम्म च्याउ उत्पादन हुने गरेको छ ।

    एक वर्षमा एउटा टनेलमा दुईलटमा च्याउ उत्पादन गर्न सकिन्छ । उत्पादनको मात्रा बढाउन र गुणस्तर कायम राख्न टनेलको व्यवस्थापनदेखि च्याउ टिप्ने समयसम्म मेहनत गर्नुपर्छ ।

    च्याउखेतीका लागि आवश्यक पराल डिलरमार्फत ल्याउने गरिएको छ । बीउ काठमाडौँ र भक्तपुरबाट खरिद गरिन्छ ।
    खेतीका लागि आवश्यक सामग्रीको व्यवस्थापनदेखि उत्पादित च्याउ बिक्री गर्ने प्रक्रियासम्म जुट्नुपर्छ ।

    करिव राति १ बजेदेखि च्याउ टिप्न सुरु गर्नुपर्छ । बिहान ३:३० बजेदेखि ४ बजेसम्म टिपि सक्नुपर्छ । त्यसपछि तरकारी बजार खुल्ने बित्तिकै उत्पादित च्याउ बजार पुर्‍याउनु पर्र्छ ।

    च्याउखेतीमा उत्पादनसँगै समय व्यवस्थापन र बजारसम्मको पहुँच उत्तिकै महत्त्वपूर्ण हुने गरेको छ ।

    स्याङ्तानले उत्पादन गर्दै आउनु भएको कन्या ९अयस्टर० च्याउ अहिले थोकमा प्रतिकिलो रु १५० मा बिक्री हुने गरेको छ । बजारमा च्याउ बिक्री भए पनि उत्पादन लागत र आफ्नो श्रमअनुसार उचित मूल्य पाउन नसक्दा व्यवसायबाट अपेक्षित प्रतिफल लिन चुनौती भइरहेको छ ।

    उहाँका अनुसार च्याउ बिक्रीबाट एक वर्षमा रु १३ लाखसम्म कुल आम्दानी हुने गरेको छ ।

    उक्त रकम उत्पादन लागत, टनेल व्यवस्थापन, श्रम तथा अन्य खर्च कटाउनु अघिको आम्दानी हो । एउटा टनेलबाट एक वर्षमा उत्पादन हुने दुई लटको कुल आम्दानी करिब रु ५० हजार हुने उहाँले बताउनुभयो ।

    गत वर्ष स्थानीय सरकारबाट अनुदान स्वरूप रु दुई लाख प्राप्त भएपछि व्यवसाय विस्तारमा सहयोग पुगेको उहाँले बताउनुभयो ।

    च्याउखेतीमा आवश्यक प्राविधिक ज्ञान, सीप, उत्पादन व्यवस्थापन र बजारसम्बन्धी सहयोग सँगै सरकारी अनुदान तथा सहुलियत पूर्ण ऋणको व्यवस्था हुन सके आफूजस्ता किसानलाई व्यावसायिक रूपमा अघि बढ्न थप सहज हुने उहाँ बताउनुहुन्छ ।

    सरकारी निकायबाट प्रविधि र आवश्यक सहयोग प्राप्त भए उत्पादन बढाउनुका साथै व्यवसायलाई थप व्यवस्थित बनाउन सकिने उहाँको विश्वास छ ।

    परदेशको अनुभवलाई स्वदेशको श्रमसँग जोडेर कृषि व्यवसायमा भविष्य खोजि रहनु भएका स्याङ्तानको यात्राले आफ्नै गाउँठाउँमा उद्यम गर्ने सम्भावना देखाएको छ ।

    सनम सुवाल

    बिहिबार, कार्तिक १२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने
    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन
    सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो
    नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै
    मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      कात्तिक १५ गतेदेखि सुरुङमार्गमा शुल्क लाग्ने

    • २.
      अधिकांश मानिस निद्रामै: स्याङ्तान भने च्याउ टिप्न व्यस्त

    • ३.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • ४.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ५.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ६.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ७.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    • ८.
      अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.