• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ३. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ४. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ५. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित


  •   शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
  • जेरुसेलम । इजरायलको संसदीय निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धनले बहुमत गुमाएपछि देशको राजनीति थप विवादित बनेको छ ।

    Advertisement

    निर्वाचन परिणामपछि विदेशी हस्तक्षेपको आरोप लगाएका नेतान्याहूको विपक्षी नेता तथा अरब समुदायका राजनीतिक दलका नेताले चर्को आलोचना गरेका छन् ।

    नेतान्याहूको पार्टी लिकुडले इजरायलका अरब नेतृत्वका दलहरूले निर्वाचनमा भोट चोरी गरेको आरोप लगाएको छ । ती दलले कतार र टर्कीबाट अवैध आर्थिक सहयोग प्राप्त गरेको हुन सक्ने आशङ्कामा इजरायलको आन्तरिक सुरक्षा निकाय सिनबेटले अनुसन्धान थालेको छ तर कतारको विदेश मन्त्रालयले उक्त आरोपलाई हास्यास्पद र खतरनाक भन्दै अस्वीकार गरेको छ । उसले कतार विरुद्ध इजरायली राजनीतिज्ञले दुष्प्रचार अभियान चलाएको आरोपसमेत लगाएको छ ।

    इजरायलका प्रमुख विपक्षी नेता गादी आइजेनकोटले पनि निर्वाचनपछि राजनीतिक वातावरण प्रभावित पार्ने प्रयास गरेको भन्दै नेतान्याहूको आलोचना गरेका छन् ।

    नेतान्याहूका आलोचकले विदेशी हस्तक्षेपको आरोपलाई अरब नेतृत्वका राजनीतिक दलको वैधता कमजोर पार्ने प्रयासका रूपमा व्याख्या गरेका छन् । यसले विपक्षी नेता आइजेनकोटलाई अरब दलसँग मिलेर सरकार बनाउने राजनीतिक बाटोसमेत बन्द गर्न सक्ने उनीहरूको भनाइ छ । अहिले आइजेनकोट गठबन्धनका लागि सत्तामा पुग्ने सम्भावित बाटो यही मात्रै देखिएको छ ।

    सरकार गठनमा निर्णायक अरब दल

    निर्वाचनको अन्तिम परिणामअनुसार नेतान्याहूको गठबन्धन र यहुदी विपक्षी गठबन्धन दुवैले संसदमा बहुमत प्राप्त गर्न सकेनन् । अरब समुदायको उल्लेख्य मतदानका कारण दुई अरब नेतृत्वका राजनीतिक समूह जोइन्ट लिस्ट र रामले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै संसदमा कीर्तिमानी १९ सिट जितेका छन् । इजरायलको एक सय २० सदस्यीय संसद् नेसेटमा उनीहरूले प्राप्त गरेको यो अहिलेसम्मकै ठुलो प्रतिनिधित्व हो ।

    निर्वाचन परिणामअनुसार नेतान्याहूको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ भने उनका प्रतिस्पर्धी गादी आइजेनकोट नेतृत्वको विपक्षी गठबन्धनले ४८ सिट जितेको छ ।

    अरब दलले १९ सिट जितेपछि सरकार गठनमा उनीहरूको भूमिका निर्णायक हुन सक्ने देखिएको छ । कुनै पनि गठबन्धनले स्पष्ट बहुमत नल्याएकाले उनीहरू सम्भावित सत्तासमीकरणका निर्णायक शक्ति बनेका छन् । (एजेन्सी)

    शुक्रबार, कार्तिक १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
    अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ३.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ४.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ५.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.