भीमदत्त पन्तनगर । राष्ट्रिय जनमोर्चाको समानुपातिक उम्मेदवार प्रचार प्रसार टोलीले कञ्चनपुरको बेलौरी कलकत्ता बजारमा सभा सम्पन्न गरेको छ ।
Advertisement
केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको प्रमुख आतिथ्यमा २०७९ कात्तिक २० गते सो सभा सम्पन्न भएको हो ।
कार्यक्रममा राजमो केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा, केन्द्रीय सदस्य तारा थापा, राजमो समानुपातिक उम्मेदवार हरिकृष्ण पाण्डे र रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाहीले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, राजमो समानुपातिक उम्मेदवार धर्मराज उपाध्याय, कलावती चौधरी र सुष्मिता चौधरीको आतिथ्य रहेको थियो ।
राजमो केन्द्रीय सदस्य मञ्जु परियारको सञ्चालन तथा राजमो कञ्चनपुरका अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
