धनगढी । राष्ट्रिय जनमोर्चाको चुनाव प्रचार प्रसार टोलीले कैलालीको अत्तरिया चोकमा कोणसभा सम्पन्न गरेको छ ।
Advertisement
केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीको प्रमुख आतिथ्यमा २०७९ कात्तिक २० गते सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा राजमो केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा, केन्द्रीय सदस्य तारा थापा, समानुपातिक उम्मेदवार नन्दराज भट्ट र रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाहीले पनि मन्तव्य राख्नुभएको थियो ।
मेर्जन शाहीको सञ्चालन तथा जगत् जोशीको अध्यक्षतामा अघि बढेको सो सभामा स्वागत हेमराज भट्टले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा राजमो कैलाली जिल्ला समितिद्वारा टोलीलाई खादा ओढाई स्वागत गरिएको थियो ।
