• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन


  •   आइतबार, साउन १०, २०८३ मा प्रकाशित
  • बेइजिङ। चीनको ऐतिहासिक ‘लङ मार्च’मा सहभागी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षको उमेरमा निधन भएको छ। उनको जुलाई २२, २०२६ बुधबार बिहान १२:३० बजे सिचुआन प्रान्तको दुज्याङयानस्थित आफ्नै निवासमा शान्तिपूर्वक निधन भएको  https://chinachange.org  ले जनाएको छ ।

    Advertisement

    विभिन्न चिनियाँ सञ्चारमाध्यमका अनुसार वाङको परिवारका सदस्यहरूको उपस्थितिमा कुनै पीडाबिना निधन भएको थियो । यसै महिनाको सुरुमा १०५ वर्ष पुगेकी उनको स्वास्थ्य अवस्था सामान्य रहे पनि जुलाईको सुरुतिर फोक्सोमा संक्रमण, मांसपेशी क्षय, श्वासप्रश्वासमा कठिनाइ तथा कफ निकाल्न समस्या देखिएपछि जुलाई १८ मा अस्पताल भर्ना गरिएको थियो । त्यसयता उनका शारीरिक अङ्गहरूले क्रमशः काम गर्न छाडेका थिए ।

    सन् १९२१ मा सिचुआन प्रान्तको आबा तिब्बती तथा च्याङ स्वायत्त प्रिफेक्चरअन्तर्गत जिन्छुआन काउन्टीको एक गरिब तिब्बती परिवारमा जन्मिएकी वाङले एक वर्षको उमेरमै आमाबाबु गुमाएकी थिइन् । पाँच वर्षको उमेरसम्म आफन्तको संरक्षणमा हुर्किएकी उनी त्यसपछि स्थानीय जमिन्दारकहाँ बालश्रमिकका रूपमा काम गर्न बाध्य भएकी थिइन् ।

    सन् १९३५ मा रेड आर्मी जिन्छुआन पुगेपछि सैनिकहरूको अनुशासन र जनताप्रतिको व्यवहारबाट प्रभावित हुँदै उनी १४ वर्षको उमेरमै स्वेच्छाले रेड आर्मीमा भर्ती भएकी थिइन् । लङ मार्चका क्रममा उनले मार्गदर्शक, भान्से, खाद्यान्न ढुवानी तथा घाइते सैनिकहरूको स्याहार–सुसारजस्ता जिम्मेवारी निर्वाह गरेको उनी जीवित छँदा उनले सुनाको आफन्तहरू बताउँछन् ।

    मार्च १९३६ मा दानबा काउन्टीमा कुओमिन्ताङ सेनासँग भएको भीषण युद्धका क्रममा उनी मुख्य टोलीबाट छुट्टिएकी थिइन् । घाइते साथीहरूसँगै अलपत्र परेकी उनले नाङ्गो खुट्टाले हिउँले ढाकिएका हिमाल पार गर्दै र जङ्गली वनस्पति खाएर मुख्य टोलीमा फर्किने प्रयास गरेकी थिइन् ।

    त्यस कठिन यात्राका क्रममा उनको देब्रे खुट्टाको एउटा औँला हिउँले गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो। पछि उक्त औँला काट्नुपरेको थियो, जसको पीडा उनले जीवनभर विशेषगरी वर्षायाममा सहनुपरेको थियो।

    एक महिनाभन्दा बढी भौँतारिएपछि उनी मे १९३६ मा वेन्चुआन काउन्टी पुगेर आफ्नो पहिचान लुकाउँदै बस्न थालिन् । उनले स्थानीय निवासी लिउ फुगुआङसँग विवाह गरी पाँच सन्तान जन्माइन् । कठिन जीवनका कारण तीमध्ये दुई छोरी मात्र जीवित रहे ।

    जनवादी गणतन्त्र चीन स्थापना भएपछि उनले आफ्नो नाम ‘गुइच्याङ’बाट परिवर्तन गरी ‘क्वानयिङ’ राखिन्। सन् १९८० को दशकमा भएको प्रान्तीय प्रमाणीकरण अभियानमार्फत उनलाई आधिकारिक रूपमा रेड आर्मी योद्धाका रूपमा मान्यता दिइएको थियो।

    उच्च उमेरसम्म पनि वाङ लङ मार्चको इतिहास र भावनाको संरक्षणमा सक्रिय रहिन्। यसै वर्षको मे महिनासम्म उनले आफ्नै हातले बुनेका फुटोन कुसन (गुन्द्री) स्थानीय विद्यालय तथा ‘रेड एजुकेशन’ केन्द्रहरूलाई दान गर्दै आएकी थिइन्।

    चाइना सेन्ट्रल टेलिभिजन (CCTV)का अनुसार केही समयअघि जनमुक्ति सेनाको एक टोली उनलाई भेट्न घर पुगेको थियो। त्यस अवसरमा रेड आर्मीको पोशाक लगाएकी वाङले एक सैनिकको टोपी हेर्दै मुस्कुराएर सोधेकी थिइन्, “के म यो टोपी लगाउन सक्छु? के यो मलाई सुहाउँछ?”

    सैनिकहरूले “तपाईंलाई निकै राम्रो देखिएको छ” भन्दै प्रतिक्रिया दिएका थिए। त्यसपछि टुकडीको झण्डा अगाडि उनले भावुक हुँदै सैनिक सलामी अर्पण गरेकी थिइन्।

    उनकी जेठी छोरी लिउ गुइहुआले सामाजिक सञ्जाल वीच्याटमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै लेखेकी छन्, “हिउँले ढाकिएका हिमाल पार गर्ने साहसी महिला सैनिक, जसले आफ्ना योगदानलाई जीवनभर ओझेलमै राखिन् र आफ्नो मूल संकल्पप्रति सधैँ अडिग रहिन्।”

    परिवारका अनुसार यसै वर्ष मनाइने ‘लङ मार्च विजयको ९०औँ वार्षिकोत्सव’ प्रत्यक्ष हेर्न नपाउनु नै वाङको अन्तिम अधुरो इच्छा रह्यो। उनको इच्छाअनुसार पार्थिव शरीरको अन्त्येष्टि वेन्चुआन काउन्टीमै गरिनेछ।

    आइतबार, साउन १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.