• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जनआन्दोलनका उपलब्धिको रक्षाका लागि राजमोको विजय आवश्यक : नेपाली

"नेकपा (मसाल) सुर्खेतका संस्थापक मोतिप्रसाद मिदुन अभिनन्दित "

  •   सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित
  • वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले जनआन्दोलनको उपलब्धिको रक्षाका लागि राष्ट्रिय जनमोर्चाको विजय आवश्यक भएको बताउनुभएको छ ।

    Advertisement

    समानुपातिक उम्मेदवारको प्रचार प्रसारका लागि परिचलित राजमो केन्द्रीय टोलीद्वारा २०७९ कात्तिक २१ गते सुर्खेतको लेकबेसी नगरपालिका–१ लेखफर्सामा आयोजित कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो भनाइ राख्नुभएको हो ।

    ‘जनताले दसकौँ लामो आन्दोलनद्वारा गणतन्त्र र धर्म निरपेक्षता ल्याएका हुन्’ उहाँले अगाडि भन्नुभयो– ‘यदि नेपाली जनताले जनआन्दोलनका ती उपलब्धिको रक्षा होस् भन्ने चाहन्छन् भने राष्ट्रिय जनमोर्चाल जिताउनुपर्दछ ।’

    सम्बोधनको क्रममा अध्यक्ष नेपालीले विद्यमान व्यवस्थाबाटै जनताको जनजीवनमा आमूल परिवर्तन हुन्छ भन्ने आफूहरूलाई विश्वास नभए पनि तात्कालिक अवस्थामा प्रतिगामी हमलाका विरुद्ध गणतन्त्र र धर्म निरपेक्षताको रक्षाको गम्भीर महत्त्व रहेको बताउनुभयो ।

    ‘यो व्यवस्थाबाट जनताको जनजीवनमा आमूल परिवर्तन हुन्छ भन्ने हामीलाई विश्वास छैन’ उहाँले भन्नुभयो– ‘तर अहिलेको व्यवस्था २०६२–६३ सालको महान् जनआन्दोलनबाट प्राप्त भएको हो । त्यसैले यसको गम्भीर महत्त्व छ ।’

    उहाँले अहिले एमाले, राजावादी र प्रतिगामी शक्तिले जनआन्दोलनको उपलब्धिलाई समाप्त गर्न खोजेकाले प्रतिगमनको विरोधमा राष्ट्रिय जनमोर्चासहितका चारदलीय पाँचदलीय गठबन्धन बनेको बताउनुभयो ।

    सम्बोधनको क्रममा अध्यक्ष नेपालीले राष्ट्रियताको रक्षा गर्न पनि ठुलो सङ्ख्यामा राजमोका नेताहरू संसद्मा पुग्नु आवश्यक रहेको बताउनुभयो ।

    सम्बोधनको क्रममा उहाँले सङ्घीयताले राष्ट्रियता कमजोर बनेको बताउँदै त्यसको खारेजीका लागि पनि संसद्मा राष्ट्रिय जनमोर्चाको ठुलो सङ्ख्या आवश्यक रहेको औल्याउनुभयो ।

    कार्यक्रममा अर्का वक्ता राजमो उपाध्यक्ष जनकराज शर्माले लामो समयसम्मको सङ्घर्षपछि प्राप्त भएको गणतन्त्र र धर्म निरपेक्षतामाथि कथित वामपन्थी आवरणको नेकपा (एमाले) ले आक्रमण गरेको बताउनुभयो ।

    ‘नेकपा (एमाले) ले दुईपटकसम्म संसद् विघटन गर्यो’ उहाँले भन्नुभयो– ‘अहिले एमालेले राजावादीसँग गठबन्धन गरेर राजतन्त्र ब्यँुताउन बहुमतको माग गरिरहेको छ ।’

    शर्माले गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि राजमोले केपी ओलीको विरुद्ध गठबन्धन वा तालमेल गरेको बताउनुभयो ।

    उहाँले प्रतिगामी शक्तिहरू एमाले, राप्रपालाई परास्त गरी प्रतिगमन विरोधी गठबन्धनलाई जिताउन गिलास चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो ।

    सभाको कार्यक्रममाझ नेकपा (मसाल) सुर्खेतका संस्थापक सदस्य मोतिप्रसाद मिदुनलाई अबिर र फूलमाला ओढाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभामा राजमोकी समानुपातिक उम्मेदवार तारा थापा र अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभातर्फ राजमोकी उम्मेदवार कृष्ण रावलले पनि सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य हिरा विक, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य दोहन थापा, राजमो कर्णाली प्रदेशका सचिव पूर्णबहादुर शाही, राजमो प्रदेश सदस्य भीमबहादुर फौजा, कर्णाली प्रदेशसभामा राजमो समानुपातिक उम्मेदवार शेरबहादुर परियार, प्रेम ठाडा, राजकुमारी सुनार, पार्वती ठाडा र रक्तिम सांस्कृतिक अभियान सुर्खेतका सचिव सविता ठाडाको आतिथ्य रहेको थियो ।

    रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाहीको उद्घोषण तथा राजमो सुर्खेतका गोविन्द सुवेदीको अध्यक्षतामा अघि बढेको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई राजमो सुर्खेतका सहसचिव भूपेन्द्र नेपालीले स्वागत गर्नुभएको थियो ।

    सभामा रक्तिम सांस्कृतिक अभियानले प्रभावशाली कार्यक्रम प्रस्तुत गरेको थियो ।

    टोली सुर्खेतमा आउनुपूर्व कञ्चनपुरदेखि सुर्खेतसम्म गाडीबाट बाटोभरि “चित्रबहादुरलाई मन पराउने” शीर्षकको गीत गुन्जाइएको थियो ।

    कार्यक्रमपूर्व टोलीका सदस्यहरूलाई फूलमालाले स्वागत गरिएको थियो ।

    यही कात्तिक १७ गते बुटवलबाट सुरु भएको अभियान कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा विभिन्न कार्यक्रम गर्दै सुर्खेत पुगेको हो ।

    राष्ट्रिय जनमोर्चाको केन्द्रीय टोलीले देशका विभिन्न जिल्लालाई समेट्ने गरी पार्टीलाई मत माग्ने उद्देश्यले “समानुपातिक उम्मेदवारको पक्षमा प्रचार प्रसार अभियान सञ्चालन गरेको हो ।

    “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ” मूल नारासहित जारी अभियानअन्तर्गत भोलि कात्तिक २२ गते सुर्खेतको मेहलकुना र बोटेचौरमा, कात्तिक २३ गते तुल्सीपुर र कपिलवस्तुको चन्द्रौटा, कात्तिक २४ गते पाल्पा, गुल्मीको तमघास र पुर्तिघाटका कार्यक्रम हुने छ ।

    यस्तै, कात्तिक २५ गते पर्वतको बिहादी र गुल्मीको कालिगण्डकी तथा कात्तिक २६ र २७ गते कास्कीको पोखरा, कात्तिक २८ गते चितवन र नवलपुरको रजहरमा कार्यक्रम गरी सोही दिन बुटवल पुगेर कार्यक्रम समापन हुने छ ।

    कञ्चनपुर कलकत्ता बजारमा राजमोको सभा

    कैलालीको अत्तरियामा राजमोको कोणसभा

    राष्ट्रिय जनमोर्चाको समानुपातिक उम्मेदवार प्रचार टोलीद्वारा बर्दिया र कैलालीमा सभा

    राजमोको समानुपातिक अभियान बाँकेमा, कोहलपुरमा सभा

    राजमोको समानुपातिक अभियान कपिलवस्तुमा, राष्ट्र जोगाउन गिलासमा भोट : नेपाली

    यसरी सुरु हुँदैछ राष्ट्रिय जनमोर्चाको ‘समानुपातिक अभियान’

    राष्ट्रिय जनमोर्चाको समानुपातिक निर्वाचन अभियान आजदेखि

    सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.