• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु


  •   सोमबार, साउन ११, २०८३ मा प्रकाशित
  • काठमाडौँ । देशैभरिका जिल्ला समिति अध्यक्षलगायतको सहभागितामा राष्ट्रिय जनमोर्चाको बाइसौँ पार्टीस्कुल सुरु भएको छ ।

    Advertisement

    नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको उद्घाटनसँगै २०८३ साउन ११ गते सोमबारदेखि सो कार्यक्रम सुरु भएको हो ।
    मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरेपछि सङ्क्षिप्त मन्तव्य राख्दै महामन्त्री सिंहले सैद्धान्तिक विषयलाई अत्यन्त महत्त्व दिने कार्यशैलीकै

    कारण आफ्ना पार्टीका कार्यकर्ता अरू पार्टीका भन्दा फरक रहेको दाबी गर्नुभयो ।

    ‘हाम्रा कार्यकर्तालाई अरूभन्दा फरक बनाउन पार्टीस्कुलको पनि ठुलो महत्त्व छ’ उहाँको भनाइ थियो ।

    महामन्त्री सिंहले कम्युनिस्ट सिद्धान्तबाट प्रशिक्षित कार्यकर्ताले मात्रै समाज परिवर्तनमा ठोस भूमिका खेल्न सक्ने निष्कर्षका साथ यो कार्यक्रम सञ्चालन गरिएको जिकिर गर्नुभयो ।

    राजमो कार्यवाहक अध्यक्ष रश्मिराज नेपालीको समेत उपस्थिति तथा महासचिव मनोज भट्टको सञ्चालनमा पार्टीस्कुलको औपचारिक उद्घाटन गरिएको थियो ।

    मुख्य प्रशिक्षक दुर्गानाथ खरेलको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा राजमो कावा अध्यक्ष नेपाली र प्रशिक्षार्थीको तर्फबाट मन्तव्य राख्नुभएको थियो ।

    मसालका केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा राजमो उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेल, राजमो केन्द्रीय सल्लाहकार आनन्दराज शर्मा, राजमो केन्द्रीय सल्लाहकार तथा राष्ट्रियसभाका सांसद राजेश विश्वकर्मा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारी, अखिल नेपाल टे्रड युनियन महासङ्घ (अन्टुक) का कावा अध्यक्ष धनपति सापकोटा, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, सिर्जना डबलीका अध्यक्ष समीर सिंह र प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगरको पनि उपस्थिति थियो ।

    आगामी साउन २५ गतेसम्म चल्ने उक्त कार्यक्रममा २७ ओटाभन्दा बढी सैद्धान्तिक प्रशिक्षणसँगै व्यावहारिक प्रशिक्षण दिइने योजना बनाइएको राजमोले जानकारी दिएको छ । प्रशिक्षणको क्रममा न्यूनतम दुई दिन फिल्डवर्कको कार्यक्रम पनि रहने भएको छ ।

    स्कुलमा मसाल र राजमोका विधान, राष्ट्रियता, जनवर्गीय सङ्गठनका समस्या, सङ्गठनात्मक प्रणाली, रणनीति र कार्यनीति, विश्वदृष्टिकोण, द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, तात्कालिक राजनीतिक परिस्थिति, वर्ग र वर्गसङ्घर्ष, आगामी स्थानीय तह र प्रदेशसभाको चुनाव, जनताबिचका अन्तरविरोध, साम्राज्यवादी युद्धको चरित्र, पर्यावरणबारे,क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर), नागरिकता, लेखा र आर्थिक नियम, नयाँ जनवाद, समाजवाद र साम्यवादलगायतका विषयमा मोहनविक्रम सिंह, आनन्द शर्मा, मनोज भट्ट, दुर्गा पौडेल, दुर्गानाथ खरेल, भैरवराज रेग्मी, प्राडा श्रीधर गौतम, समीर सिंह, अधिवक्ता पदम रोका, सुवास जिसी, चेतनाथ आचार्यलगायतले प्रशिक्षण दिइने बताइएको छ ।

    राजमोको पार्टीस्कुल २०६५ सालदेखि सुरु भएको थियो । पहिलो सेसन दुई महिनाको रहेकोमा त्यसपछि एक महिना हुँदै हाल १५ दिनको स्कुल सञ्चालन भइरहेको राजमोले बताएको छ । हालसम्म करिब एक हजार नेताकार्यकर्ता प्रशिक्षित भएको जानकारी दिइएको छ ।

    मुख्य प्रशिक्षक खरेलका अनुसार बिहान ७ बजेदेखि सुरु हुने कार्यक्रम राति ९ बजेसम्म चल्नेछ । प्रशिक्षणलाई व्यवस्थित बनाउन विभिन्न आठओटा समिति निर्माण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

    सोमबार, साउन ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.