• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

उडान नहुँदा कर्णाली र सुदूर पश्चिमका यात्रु समस्यामा


  •   आइतबार, असोज १६, २०७९ मा प्रकाशित
  • नेपालगञ्ज । हवाइ उडान नहुँदा कर्णाली र सुदूर पश्चिम बासिन्दाहरू समस्यामा परेका छन् । खासगरी नेपालगञ्जबाछ कर्णालीका विभिन्न जिल्ला जानेहरू समस्यामा परेका हुने ।

    Advertisement

    उडानको अभावमा दुर्गम जिल्ला जाने यात्रुले बडादसैँ, तिहार र छठ पर्वमा घर जान सकेका छैनन् । उनीहरू नेपालगञ्जमै अलपत्र परेका छन् ।

    हुम्लाको सिमिकोटका लागि एक मात्र यातायातको साधन हवाइयात्रा रहेकाले निजी कम्पनीले काठमाडाँैमै उडान केन्द्रित गरेपछि यात्रु नेपालगञ्जमै थन्किएका छन् । हाल नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एक मात्र जहाज छ । समिट एयरको जहाज पर्खिरहेका यात्रु निराश अवस्थामा विमानस्थलमा भेटिन्छन् ।

    हुम्लाका लागि टिकट लिन विमानस्थल पुगेका कोही पनि उड्न पाएका छैनन् । विमान कम्पनीका कर्मचारी टिकट पहिलानै प्याक भइसकेको जवाफ दिँदै आएका छन् ।

    निजी विमान कम्पनीसहित सरकारी कम्पनी नेपाल एयरलाइन्सको विमान पनि नेपालगञ्जमा उपलब्ध छैन । नेपाल एयरलाइन्सको विमानस्थलस्थित काउन्टर बन्द छ । सर्वसाधारण निराश भएर फर्किनु परिरहेको छ । निजी तारा एअरको जहाज काठमाडौँमा रहेकाले झनै सास्ती ब्यहोर्नु परिरहेको यात्रुहरू बताउँछन् ।

    बैतडीको हवाइसेवा सञ्चालन भएन
    बडादसैँमा पनि सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा हवाई सेवा सञ्चालन हुन सकेन । लामो समयदेखि बन्द रहेको हवाई सेवा दसैँमा पुनः सञ्चालन हुने भनिएको थियो तर बडादसैँमा पनि सञ्चालन हुन नसकेको हो ।

    समिट एयरले साप्ताहिक उडान गर्दै आएकोमा गत चैतदेखि बन्द रहेको धनगढी–बैतडी–धनगढी हवाइ उडान सेवा बन्द छ । कहिले यात्रु नपाइने समस्या त कहिले मौसम खराबीका कारण यहाँको उडान सेवा छ महिनादेखि बन्द रहेको हो । यसअघि बडादसैँलाई लक्षित गर्दै यही असोज ८ गते शनिबारदेखि नियमित हवाइ उडान हुने जनाइएको थियो ।

    माथिबाटै बडादसैँमा यात्रु हुन्छन् भनेर असोज ८ देखि उडान भर्ने भनेर जानकारी आएको भए पनि यात्रु समस्याका कारण हुन नसकेको समिट एयर बैतडीका सम्पर्क व्यक्ति कृष्णदत्त भट्टले जानकारी दिनुभयो ।

    साताको एक दिन बिहीबार समिट एयरले उडान भर्दै आएकामा गत चैत १० गते यहाँ अन्तिमपटक उडान भएको थियो । भट्टले भन्नुभयो– ‘दसैँ, तिहारका बेला यात्रु नियमित पाइन्छन् भनेर असोज ८ गतेदेखि फ्लाइट हुने जानकारी आएको थियो तर यात्रु अभावमा उडान हुन सकेन ।’

    यसअघि बिहीबार हुँदै आएको हवाइ उडान असोज ८ गतेदेखि हरेक शनिबार साप्ताहिक रूपमा धनगढी–बैतडी–धनगढी उडान हुने समिट एयरले जनाएको थियो । बडादसैँमा समेत यात्रु अभाव भएपछि अब भने यहाँ कहिले उडान हुने भन्नेबारे अनिश्चित भएको छ ।

    यात्रु नपाइनुको मुख्य कारण महंगो भाडा
    बैतडीमा हवाइ उडान नहुनुका कारण यात्रु नपाइने भनेर भन्ने गरिएको छ तर यात्रुको गुनासो भने भाडा महङ्गो भएको रहेको छ । १७ मिनेटमै पुगिने यात्रामा भाडा भने महङ्गो भएको स्थानीय भागरथी भट्टले बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘१७ मिनेटको यात्राका लागि पाँच हजार तिर्नु निकै महङ्गो हो । भाडादर घटाएपछि नियमित यात्रु पनि पाइन्थे, यात्रुलाई पनि सहज हुन्थ्यो ।’

    १७ मिनेटको बैतडी–धनगढी हवाइ भाडा अबदेखि पाँच हजार रहेको छ । सुरुमा हवाई सेवा सञ्चालन हुँदा तीन हजार आठ सय ५० भाडा रहेकोमा त्यसपछि बढेर रु चार हजार ६०० पुगेको थियो ।

    हाल अझै बढेर पाँच हजार पुगेको भट्टले बताउनुभयो । उहाँले भन्नुभयो– ‘इन्धनको मूल्य बढेकाले हवाइभाडा पनि बढेर आएको हो । हाल पाँच हजार निर्धारण गरिएको छ । घट्ने सम्भावना छैन ।’

    हवाइ उडान नियमित नहुँदा आकस्मिक बिरामी भएकालाई लैजान तथा अन्य कामका लागि जान समस्या हुने गरेको छ । सार्वजनिक यातायातबाट धनगढी पुग्न कम्तीमा आठ घण्टा लाग्ने गर्दछ । नियमित उडान नहुँदा यहाँका नागरिक निराश भएका छन् । (रासस)

    आइतबार, असोज १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.