काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले अर्को व्यवस्था नभएसम्मका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य स्थानमा रहेका मनिचेन्जर (मुद्रा सटही) को नयाँ इजाजत बन्द गरिएको छ ।
Advertisement
नेपाल राष्ट्र बैङ्कले एकीकृत परिपत्र २०७८ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैङ्कले एक सूचना जारी गरी अर्को व्यवस्था नभएसम्म अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका स्थानमा मनिचेन्जरको नयाँ इजाजत प्रदान गर्नेसम्बन्धी कार्य बन्द गरिएको जनाएको छ ।
विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७८ मा संशोधन गरी यस्तो व्यवस्था गरिएको हो । (रासस)