काठमाडौं । काठमाडौं महानगरपालिकाले कर नतिरे भृकुटीमण्डपमा रहेको काठमाडौं फनपार्क सिलबन्दी गर्ने पत्र काटेको छ।
Advertisement
महानगर अन्तरतर्गको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले ताकेता गर्दा समेत कर नबुझाएको भन्दै पत्र काटेको हो।
‘महानगरपालिकालाई तिर्न पर्ने व्यवसाय कर, बाहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाई वर्षौँदेखि व्यवसाय सञ्चालन गरेकोमा पटक पटक ताकेता गर्दा पनि कर प्राप्त नभएको,’ पत्रमा उल्लेख रहेको छ। महानगरले वडा कार्यालयमा २४ घण्टाभित्र सम्पूर्ण बाँकी रकम र सो को लाग्ने जरिवाना समेत दाखिला गर्न चेतावनी दिएको छ।
‘तोकिएकहो समयभित्र कर नबुझाएमा फनपार्क सिलबन्दी गरी तिर्नुपर्ने सरकारी बाँकी सरह अशुल उपर गरिने जानकारी गराइन्छ,’ पत्रमा उल्लेख गरेको छ। काठमाडौंमो प्रर्दशनी मार्गमा काठमाडौं फनपार्कले आफ्नो व्यवसाय गर्दै आएको छ।






