• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नागरिक उड्डयन प्राधिकरणको बजेट ४१ अर्ब बढी


  •   आइतबार, साउन १५, २०७९ मा प्रकाशित
  • काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालु आर्थिक वर्ष २०७९/८० का लागि रु ४१ अर्ब ८५ करोड ९२ लाख बजेट विनियोजन गरेको छ ।

    Advertisement

    प्राधिकरणले आज पत्रकार सम्मेलन गरी प्राधिकरण सञ्चालक समितिको बैठकले पारित गरेको उक्त बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । प्राधिकरणको साउन ८ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बैठकले आगामी आवको बजेट स्वीकृत गरेको गरेको थियो ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको उपस्थितिमा सम्पन्न पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले पहिलो पटक पोखरा विमानस्थलमा सञ्चालक समितिको बैठक राखेर बजेट तथा कार्यक्रम बनाएको बताउनुभयो । उहाँले आवको सुरुमै बजेट पारित भएकाले पूँजीगत खर्च र प्राधिकरणले गर्नुपर्ने विकास खर्च सहज र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

    प्राधिकरणको बजेटले विमानस्थलको पूर्वाधार विकास, विमानस्थल सञ्चालन, उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण लगायतका काम बजेटको प्राथमिकतामा राखेको छ । उक्त प्रयोजनका लागि प्राधिकरणले रु २६ अर्ब ८२ करोड पूँजीगततर्फ बजेट विनियोजन गरेको छ ।

    प्राधिकरणको कूल बजेटमा आम्दानी रु १४ अर्ब ३२ करोड रहेको छ । सरकारको ऋण तथा शेयर रु १२ अर्ब २४ करोड छ । नेपाल सरकारबाट प्राप्त हुनुपर्ने रु ८६ करोड, २०७९ जेठसम्म बढी भुक्तानी भएको मूल्य अभिवृद्धि कर नेपाल सरकारबाट फिर्ता पाउनुपर्ने तीन अर्ब एक करोड छ ।

    प्राधिकरणले विशेषगरी विमानस्थलको पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । चालु आर्थिक वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको काम सुरु गरिने प्राधिकरणले जनाएको छ । आगामी पाँच वर्षमा भवन निर्माणको काम सम्पन्न हुनेछ । उक्त भवनको लागत करिब रु ६० अर्ब अनुमान गरिएको छ । भवन निर्माण प्रक्रिया छिट्टै सुरु गरिनेछ । प्राधिकरणको आन्तरिक स्रोतबाट टर्मिनल भवन बनाइने महानिर्देशक अधिकारीले जानकारी दिनुभयो ।

    त्यस्तै चालु आर्थिक वर्षमा ६ वटा विमानस्थलमा आन्तरिक टर्मिनल भवन निर्माणको काम सुरु गरिनेछ । प्राधिकरणका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण सुरु गरिनेछ । त्यस्तै विराटनगर, रामेछाप, भरतपुर नेपालगञ्ज र महेन्द्रनगरमा नयाँ आन्तरिक टर्मिनल भवन बनाइनेछ ।(रासस)

    आइतबार, साउन १५, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.