• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

एयरलाइन्सका रात्रि बेसअनुरुप पूर्ण क्षमतामा उडान


  •   आइतबार, असार १९, २०७९ मा प्रकाशित
  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रिअवि) मा आन्तरिक उडानका ३३ विमानले रात्रिकालीन (अपे्रशन बेस) अनुरूप पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेका छन् ।

    Advertisement

    काठमाडौँ  विमानस्थलमा आन्तरिकतर्फ १७ वटा विमानका लागि मात्रै पार्किङको क्षमता रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले बाँकी ३३ विमानले काठमाडौँ बाहिरबाट उडान गर्नुपर्ने निर्णय गरको थियो । आन्तरिकतर्फ १७ वटा विमानले रात्रिकालीन बेसअनुरूप उडान गर्नुपर्ने प्राधिकरणको निर्णयबमोजिम अन्य एयरलाइन्सले काठमाडौँ बाहिरबाट उडान सञ्चालन गरिरहेका हुन् ।

    आन्तरिक उडानमा नौ वायुसेवा कम्पनीका ५२ विमान छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको पार्किङ चाप बढेर उडान सुरक्षामा चुनौती थपिएको भन्दै विमानस्थल कार्यालयले एयरलाइन्सलाई बेसअनुरूप नै उडान सञ्चालन गर्न पटकपटक आग्रह गर्दै आएको थियो ।

    प्राधिकरणको बैठकले वायुसेवा कम्पनीले यही असार १३ देखि तोकिएको बेस विमानस्थलमा राति पार्किङ गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने निर्णय गरेको थियो ।

    प्राधिकरणले आवश्यक सहजीकरण गरिदिएका कारण एयरलाइन्सले बेसअनुरुप नै काठमाडौँ बाहिरबाट पूर्ण क्षमतामा उडान सञ्चालन गरिरहेको नेपाल वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराजशर्मा कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, प्राधिकरणले काठमाडौँ बाहिरका गन्तव्यमा पार्किङका लागि सहजीकरण गरेपछि अहिले सबैजसो विमानले बाहिरबाट उडान सञ्चालन गरिरहेका हुन् । प्राधिकरणको निर्णय ९० प्रतिशत कार्यान्वयनमा आइसकेको छ ।

    प्राधिकरणका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ ११ वटा विमानलाई पार्किङ क्षमता छ । तेत्तीस विमानले रात्रिकालीन बेसअनुरूप उडान गर्नुपर्ने हुन्छ । यसअघि आन्तरिकतर्फ ५१ वटा विमान पार्किङ भइरहेको थियो । हाल आन्तरिकतर्फ ११ वटा हेलिकप्टर कम्पनीका ३८ हेलिकप्टर छन् । सङ्घका प्रवक्ता शर्माका अनुसार काठमाडौँ विमानस्थलमा २१ वटा हेलिकप्टरलाई पार्किङको व्यवस्था भएको र बाँकी हेलिकप्टरका लागि भक्तपुरको नलिनचोकमा व्यवस्था गरिने भएको छ । हेलिकप्टरले पनि रात्रिकालीन बेसअनुरुप उडान सञ्चालन गरिरहेका छन् ।

    प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले आन्तरिक एयरलाइन्सले रात्रि बेसअनुरुप काठमाडौँ बाहिरबाट पूर्ण क्षमतामा उडान गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार असार १३ गते सम्बन्धित गन्तव्यमा रात्रिकालीन पार्किङ गरेका विमानले असार १४ गतेदेखि काठमाडौँका लागि उडान सुरु गरेका थिए । प्रवक्ता निरौलाले काठमाडौँ विमानस्थलमा विमानको पार्किङ क्षमताबारेमा पुनःअध्ययन गरेर आवश्यक व्यवस्था गरिने बताउनुभयो । एयरलाइन्सको आग्रहबमोजिम हाल १७ वटा विमान पार्किङ गर्ने स्थानमा थपेर २२ वटासम्म विमान पार्किङ गर्न सकिन्छ कि भनेर विमानस्थलको प्राविधिक टोलीले नाप जाँच गरेर सम्भाव्यताअनुरुप विमान पार्किङ गरिने छ, उहाँले भन्नुभयो ।

    कति विमानले रात्रि बेस उडान गरिरहेका छन् ।
    निजी क्षेत्रको अग्रणी हवाइसेवा प्रदायक बुद्ध एयरले हाल भैरहवामा दुई, धनगढीमा एक तथा जनकपुर र भद्रपुरमा समान एक विमानले रात्रि पार्किङ गरी उतैबाट काठमाडौँ पहिलो उडान भर्दै आएका छन् । कम्पनीका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले रात्रि बेसअनुरुप उडान सञ्चालन गरिरहेको बताउनुभयो । उहाँका अनुसार कतिपय जहाज मर्मत गर्नुपर्ने भएकाले केही ह्याङरमा र बाँकी पार्किङमै बस्ने गरेका छन् । बुद्ध एयरसँग १४ थान एटिआर र दुई बिजक्राफ्टसहित कूल १६ विमान छन् ।

    यती एयरलाइन्सले विराटनगर र नेपालगञ्जमा समान एक जहाज रात्रि पार्किङ गरिरहेको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार कम्पनीसँग रहेको पाँच थान एटिआर–७२ विमानमध्ये दुई वटा काठमाडौँ बाहिर पार्किङ भइरहेको छ भने दुई वटा पार्किङमा र एक विमान ह्याङरमा रात्रि व्यवस्थापन गरिँदै आइएको छ । श्री एयरलाइन्सले विराटनगर, भैरहवा र नेपालगञ्जमा गरी कूल तीन जहाज रात्रि पार्किङ गरिरहेको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिनुभयो । बाँकी विमान काठमाडौँमै बस्छन् । कम्पनीसँग जम्मा आठ जहाज रहे पनि पाँच वटा मात्रै उडानमा छन् ।

    अन्तर्राष्ट्रिय विमानस्थलको विद्यमान उडान चाप नियन्त्रणका साथै हवाइसुरक्षा सुदृढीकरणका लागि प्राधिकरण सञ्चालक समितिको गत असार ५ गतेको बैठकले निर्णय गरेअनुरुप हेलिकप्टरको हकमा असार ८ गतेदेखि र विमानको हकमा असार १३ गतेदेखि अनुमति लिएकालाई बेसमै जान निर्देशन दिएको थियो । जसअनुसार विमान कम्पनीले काठमाडौँबाहेक अनुमति लिएका विमानस्थलमा रात्रि पार्किङ गरेका हुन् । साथै हेलिकप्टरको हकमा हाल पार्किङ भइरहेको स्थानमा एक महिनाभित्रै एशियाली विकास बैंकको ऋण सहयोगमा ह्याङ्र निर्माण सुरु हुने भएकाले साइट क्लिएर गर्न जरुरी रहेको प्राधिकरणको भनाइ छ । काठमाडौँ बाहिरका १० वटा विमानस्थलमा रात्रिकालीन पार्किङ गर्नेगरी व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ । त्यसका लागि रु ५० करोड खर्च भएको र आवश्यक सुरक्षा तथा अन्य सेवा सुविधा उपलब्ध गराएको जनाइएको छ ।

    त्रिअविमा रहेको आन्तरिक वायुसेवा कम्पनीका अप्रेशन बेस उपत्यका बाहिर स्थानान्तरण गर्ने प्रयोजनका लागि अध्ययन एवम् सुझावका लागि गठित समितिको सुझावअनुसार प्राधिकरणले एयरलाइन्सलाई बेसअनुरूप उडान गर्न निर्देशन दिएको थियो । (रासस)

    आइतबार, असार १९, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’
    नेप्से परिसूचक बढ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.