• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रधानमन्त्री देउवाद्वारा नेपालकै पहिलो चोभार सुक्खा बन्दरगाहको उद्घाटन


  •   मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित निर्मित नेपालकै पहिलो चोभार सुक्खा बन्दरगाहको मंगलबार एक समारोहका बीच उद्घाटन गर्नुभएको छ ।

    Advertisement

    प्रधानमन्त्री देउवाले मूलद्वारमा टाँगिएको रिबन काटेर तीन मालबाहक सवारीसाधनलाई प्रवेश गराई बन्दरगाहको उद्घाटन गर्नुभएको हो । उक्त समारोहमा प्रधानमन्त्री देउवाले नेपालकै पहिलो सुक्खा बन्दरगाह निर्माणले राजधानी काठमाडौँलाई अन्तर्राष्ट्रिय व्यापारको हबका रूपमा विकास गर्न कोसेढुङ्गा हुने विश्वास व्यक्त गर्नुभएको छ ।

    उहाँले निर्यात व्यापारलाई सहजीकरण गर्न यसको भूमिका विशेष रहने र भन्सार जाँचपास, क्वारेन्टिनलगायतका सेवा एकै थलोमा उपलब्ध हुँदा लागत घट्ने तथा प्रशासनिक प्रक्रियालाई न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    प्रधानमन्त्री देउवाले व्यापारलाई सहजीकरण गरी पारदर्शीता अभिवृद्धिमार्फत निर्यात प्रवद्र्धनमा पनि बन्दरगाहले सहयोग पुग्ने बताउनुभयो । बन्दरगाहले काठमाडौँ उपत्यकाबाट हुने व्यापारलाई थप सहजता प्रदान गर्न र वस्तु वा सेवाको लागत घटाई थप प्रतिस्पर्धी र प्रभावकारी बनाउने उहाँको भनाइ छ ।

    नेपालको वैदेशिक व्यापारमा उच्च पारवहनमा झन्झटिलो प्रशासनिक प्रक्रिया अझै समस्याका रूपमा रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्न यस प्रकारका गुणस्तरीय व्यापार पूर्वाधारले मद्दत गर्ने प्रधानमन्त्रीले बताउनुभयो ।

    ‘मुलुकको वैदेशिक व्यापारलाई दिगो र सन्तुलितरूपमा विकास गर्दै व्यापार पूर्वाधार व्यवस्थापन र प्रतिस्पर्धी बनाउन सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी महत्वपूर्ण संरचना हो’, प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘यसलाई आत्मसात गरी सरकारले मुलुकका विभिन्न स्थानमा सुक्खा बन्दरगाह निर्माण र छिमेकी मुलुकको सीमा क्षेत्रमा जोडिएको नाका र भन्सार कोरिडोरको स्तरोन्नतिलाई प्राथमिकता दिँदै आएको छ ।’ उहाँले आर्थिक वृद्धिको इञ्जिन मानिने अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा यस प्रकारका संरचना निर्माणको खाँचो रहेको औँल्याउनुभयो ।

    प्रधानमन्त्री देउवाले नेपालको औद्योगिक वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाई अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुको निर्यातमार्फत व्यापार घाटा कम गर्न सकिने बताउनुभयो । साथै स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण हुने र त्यसले देशमा औद्योगिक विकास र रोजगारीको सिर्जनामा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

    मुलुकमा लगानी र औद्योगिक विकासको वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको, आवश्यक पर्ने नीतिगत र प्रक्रियागत संरचनाको सुधारका लागि सरकारले विभिन्न कार्यक्रम ल्याएको र यसलाई निरन्तरता दिने समारोहमा प्रधानमन्त्रीले विश्वास दिलाउनुभयो ।

    उहाँले थप्नुभयो, ‘बढ्दो व्यापार घाटालाई कम गर्न एकातर्फ स्वदेशी कच्चा पदार्थ र स्वदेशी सीपमा आधारित उत्पादनमा जोड दिनु आवश्यक छ भने अर्कोतर्फ व्यापारजन्य पूर्वाधारको विकास गरी आयात, निर्यातलाई लागत कम हुने गरी पूर्वाधार विकास गर्न खाँचो छ ।’

    वैदेशिक व्यापारमा विद्यमान प्रक्रियागत जटिलतालाई सरलीकरण र न्यूनीकरण गर्दै लैजानु पनि जरुरी रहेको उहाँले बताउनुभयो । त्यसका लागि सरकार समस्या समाधान गर्दै निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उहाँले बताउनुभयो ।

    उहाँले व्यापार घाटा कम गर्न नेपालको प्रतिस्पर्धात्मक क्षमता भएको स्वदेशी कच्चापदार्थमा आधारित उत्पादनशील क्षेत्रमा लगानी बढाई निर्यात क्षमता बढाउने र अनुत्पादक र विलासिताका वस्तुलाई व्यवस्थापन कार्यमा सहयोग गर्न सम्पूर्ण उद्योग व्यवसायीलाई आह्वान पनि गर्नुभयो । प्रधानमन्त्री देउवाले यस पूर्वाधारको पूर्ण क्षमतामा सञ्चालन गरी कुशल व्यवस्थापन गर्न सकिए उद्देश्य पूरा हुनेसमेत बताउनुभएको छ ।(रासस)

    मङ्गलबार, चैत २२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.