काठमाडौँ । प्रगतिशील लेखक सङ्घ बागमतीको दोस्रो प्रदेश सम्मेलन सम्पन्न भएको छ । महासचिव समीर सिंहको प्रमुख आतिथ्यमा २०७८ चैत १२ गते काठमाडौँस्थित पद्मकन्या क्याम्पसमा सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनको उद्घाटन महासचिव समीर सिंहले गर्नुभएको थियो भने सम्मेलनलाई उपाध्यक्ष गोपीरमण उपाध्याय, केन्द्रीय सल्लाहकार प्रा. केशव सुवेदी, जनसांस्कृतिक महासङ्घका तेजविलास अधिकारी र प्रलेसका सचिवालय सदस्य शालिकराम तिमिल्सिनाले शुभकामना दिनुभएको थियो ।
उद्घाटन समारोह निवर्तमान अध्यक्ष जगत्प्रसाद रेग्मीको अध्यक्षता, सचिव भीम क्षेत्रीको उद्घोषण तथा शान्ति प्रियवन्दनाको स्वागत मन्तव्यका साथ सम्पन्न भएको थियो ।
सम्मेलनलगत्तै आरसी न्यौपाने, प्रकाश थापामगर, शालिकराम तिमिल्सिना, झगिन्द्रराज ढकाल पारस र शान्ति प्रियवन्दनाको अध्यक्ष मण्डल गठन भई बन्दशत्र अगाडि बढेको थियो ।
बन्दशत्रले डा. हरिप्रसाद सिलवाल अध्यक्ष रहेको ३४ सदस्यीय प्रलेसको बागमती प्रदेश समिति गठन गरेको थियो । समितिमा उपाध्यक्ष वैरागी जेठा र राधिका गेलाल, सचिव सुन्दर शिरीष, सहसचिव भीष्म जोशी र कोषाध्यक्षमा भैरवी भूगोल ढुङ्गाना रहनुभएको छ ।
त्यस्तै, सदस्यमा प्रदीपकुमार प्रधान, छविबहादुर खनाल, सुगीता शाह, प्रभाती किरण, सरोज घिमिरे, दिलबहादुर पौडेल, केशवप्रसाद न्यौपाने मार्मिक, सुशिला शर्मा, अगिव बनेपाली, यमुना प्रधानाङ्ग मुना, दीपसागर पन्त, लीलाराज दाहाल, हिरामान बल, राजेश्वरी शिल्पकार र डी.बी. बर्तौला रहनुभएको छ ।
विधानानुसार जिल्ला समितिको अध्यक्ष प्रदेश समितिमा पदेन सदस्य रहने प्रावधानानुसार ज्ञानु विद्रोही (काठमाडौँ), गणेश घिमिरे (भक्तपुर), नानीमैया अधिकारी (ललितपुर), श्रीराम अधिकारी (मकवानपुर), विकास बराल (चितवन), निर्मल बस्नेत (सिन्धुपाल्चोक), रामहरि गजुरेल (नुवाकोट) सदस्य रहनुभएको छ भने दोलखा, रसुवा, धादिङ, काभ्रे, सिन्धुली र रामेछापका सम्मेलन भएपछि नयाँ सदस्य प्रदेश समितिमा रहनुहुने छ ।
नयाँ समितिलाई महासचिव समीर सिंहले शपथ खुवाउनुभएको थियो भने नवनिर्वाचित अध्यक्ष डा. हरि सिलवालले प्रतिबद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो ।
समितिलाई झगिन्द्रराज ढकाल पारस र वासु अधिकारीले बधाई दिनुभएको थियो ।
