• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

खुला राजनीतिक वातावरणमा राजनैतिक विकृति र विसंगतिले प्रश्रय पाएको देख्छु


  •   बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित
  • राजेश विश्वकर्मा (तुलप्रसाद), अध्यक्ष, जातीय समता समाज तथा राष्ट्रियसभा सांसद

    Advertisement

    ० सर्वप्रथम त तपाईंको राजनीतिक जीवनयात्राबारे सङ्क्षिप्तमा बताइदिनुस् न ।

    – मेरो राजनीतिक यात्रा विद्यार्थी कालबाटै सुरु भएको हो । म विद्यार्थी छँदा चित्रबहादुर केसी हेडमास्टर र झलनाथ खनाल सहायक मास्टर हुनुहुन्थ्यो । रामसिंह श्रीस, ओम गुरुङ, मेरो दाजु ज्ञानसिंह विश्वकर्मा मभन्दा सिनियर विद्यार्थी हुनुहुन्थ्यो । उहाँहरूसँगै म पनि कम्युनिस्ट राजनीतिबाट प्रशिक्षित भएँ र विद्यार्थी आन्दोलन र विद्यार्थी राजनीतिको अनुभव सँगाल्ने अवसर पाएँ । मैले भारतको अयोध्यामा सम्पन्न अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको पाँचौँ राष्ट्रिय सम्मेलनमा बागलुङ जिल्लाबाट प्रतिनिधित्व गरेको थिएँ । निर्मल लामा, पारिजात, निनु चापागाईंसँग मेरो पहिलो परिचय त्यहीँ भएको थियो ।

    गल्कोट माविबाट एसएलसी पास गरेपछि म शिक्षण पेसामा लागेँ र आफ्नो अध्ययनलाई पनि निरन्तरता दिएँ । प्रवीणता प्रमाणपत्र तह पृथ्वीनारायण क्याम्पस पोखराबाट प्राइभेट विद्यार्थीको रूपमा उत्तीर्ण गरेँ भने बी.ए. प्राइभेट रूपमै त्रि.वि. काठमाडौँबाट दिएको हुँ ।

    २०३१ सालमा शिक्षण पेसा अपनाएपछि म तत्कालीन नेकपा (चौथो महाधिवेशन) मा आबद्ध भएँ । २०३४ सालमा राजतन्त्र विरोधी गतिविधिमा लागेको आरोपमा गिरÇतार भएँ र २०३५ सालमा प्रधानाध्यापकको पदबाट राजीनामा दिएर म पूर्णकालीन रूपमा पार्टीको काममा लागेँ । केही महिना बनारसको पार्टी कार्यालयमा बसेपछि पार्टीले मलाई देशभित्र पठायो । त्यसपछि ऋषि देवकोटा (आजाद) सित पूर्वाञ्चलतिर लागेँ र उहाँकै सल्लाहअनुसार सिराहा, महोत्तरी, सिन्धुली आदि जिल्लामा भूमिगत रूपमा पार्टीको काममा संलग्न रहेँ ।

    पार्टी कार्यालय बनारसबाट गोरखपुर सरेपछि पार्टीले पुनः मलाई गोरखपुर कार्यालय झिकायो । पञ्चायती कालमा गोरखपुर पार्टी कार्यालयमा बस्दा पार्टीले एउटा नेपाल प्रिन्टिङ प्रेस र माक्र्सवादी पुस्तकहरूको विश्व नेपाली पुस्तक पसल सञ्चालन गरेको थियो । मैले नेपाल प्रिन्टिङ प्रेसको म्यानेजर भएर काम गरेँ । पुस्तक पसल गोर्खाका राजेन्द्र श्रेष्ठले हेर्नुहुन्थ्यो ।

    त्यसबिचमा पार्टीले मलाई सांस्कृतिक मोर्चाको जिम्मा दियो । त्यसको म संयोजक थिएँ भने सदस्यमा मणि थापा र जीवन शर्मा हुनुहुन्थ्यो, इन्चार्ज मोहन वैद्ध हुनुहुन्थ्यो । २०३८ सालको अन्त्यतिर पार्टीले सङ्गठनकर्ताको रूपमा मलाई मद्रास (हालको चेन्नई) पठायो । त्यस दौरानमा भारतको तमिलनाडु, कर्नाटक, केरल, आन्ध्र प्रदेशका विभिन्न सहरमा अखिल भारत नेपाली एकता समाजको सङ्गठन विस्तारको काममा करिब चार वर्ष बिताएँ । त्यसैबिचमा पार्टीले अखिल भारत स्तरमा अखिल भारत नेपाली वामपन्थी युवक मोर्चा गठन गर्ने निर्णय गर्यो । मेरो संयोजकत्वमा त्यसको गठन भयो । त्यसको प्रथम भेला गोरखपुरमा भएको थियो । त्यो भेलाले मलाई महासचिवको भूमिका दियो । त्यस दौरान उत्तर प्रदेश, दिल्ली, हरियाणा, पन्जाब, हिमाचल क्षेत्रमा करिब दुई वर्ष सङ्गठनको काममा क्रियाशील रहेँ ।

    यसै समयमा पार्टीले जनजाति र दलित समुदायको सङ्गठन निर्माण गर्ने नीति लियो । रामसिंह श्रीसको संयोजकत्वमा सन्तबहादुर नेपाली र म रहेको तीन सदस्यीय “अखिल नेपाल जनजाति तथा दलित जाति सङ्गठन” को केन्द्रीय न्युक्लस बन्यो । यसको मातहतमा केही समय हामीले भूमिगत रूपमा कामको थालनी गर्यौं । एकातिर, पञ्चायती व्यवस्थाको चर्को दमन र अर्कोतिर, जनजाति र दलित समुदायका समस्या मौलिक रूपमा नै फरक भएकाले सङ्गठनले गति लिन सकेन । त्यसपछि पार्टीले जनजाति र दलित समुदायको छुट्टाछुट्टै सङ्गठन बनाउने निर्णय गर्यो र २०४३ को अन्त्यतिर मसमेत रहेको दलित मोर्चाको छुट्टै केन्द्रीय न्युक्लस बन्यो । त्यसपछि भूमिगत रूपमै हामीले दलित समुदायको माझमा कामको थालनी गर्यौं।

    २०४४ सालमा अखिल भारत नेपाली वामपन्थी युवक मोर्चा र अखिल भारत नेपाली एकता समाजको संयुक्त आयोजनामा दिल्लीमा पञ्चायती व्यवस्थाको विरुद्धमा मे १२, १९८६ मा ठुलो प्रदर्शन भयो । त्यो प्रदर्शनमा भारत सरकारले व्यापक दमन ग¥यो र १० जना महिलासहित ९५ जना प्रदर्शनकारीलाई गिरफ्तार ग¥यो । उक्त झुटा मुद्दामा तीन महिनासम्म तिहाड जेलमा बन्दी जीवनको अनुभव पनि प्राप्त भयो । तिहाल जेलबाट मुक्त भएपछि म नेपाल फर्कें र सांस्कृतिक मोर्चा र दलित मोर्चाको काममा लागेँ ।

    २०४५ सालमा जातीय समता समाजको प्रथम भेला गोरखपुरमा सम्पन्न भयो । त्यो भेलाले मलाई केन्द्रीय अध्यक्षको जिम्मा दियो । त्यसपछि म सांस्कृतिक मोर्चाको सल्लाहकार मात्र रहेर मूलतः जातीय समता समाजका क्रियाशील रहेँ ।

    नेपाल आएपछि एक वर्षजति हाँक साप्ताहिकमा काम गरेँ । २०५६ सालमा पार्टीले मलाई रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधि सभाको उम्मेदवार बनायो तर चुनाव हारियो । त्यसपछिका चुनावमा पार्टीले दुईपटक समानुपातिक प्रतिनिधिको उम्मेदवार पनि बनाएको थियो ।
    हाल म जातीय समता समाजको केन्द्रीय अध्यक्ष, प्रगतिशील लेखक सङ्घको केन्द्रीय सदस्य र राष्ट्रिय जनमोर्चाको केन्द्रीय सल्लाहकार छु भने २०७८ माघ १२ गते भएको राष्ट्रियसभा चुनावबाट म लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा विजयी भएको छु ।

    ० पञ्चायती कालरात्री र अहिलेको खुला राजनीतिक वातावरणमाझ तुलना गर्दा राम्रा कुरा के पाउनुभयो ? अनि नराम्रा कुरा के पाउनुभयो ?

    – पञ्चायती कालरात्री र अहिलेको खुला राजनीतिक वातावरणबिच आकाश–जमिनको फरक छ । पञ्चायती कालमा राजनीति गर्न अत्यन्त कठिन र जोखिमपूर्ण थियो । अहिले राजनीति गर्न निकै सजिलो छ । जहाँसम्म तपाईंले तुलनाको कुरा गर्नुभयो, मलाई के महसुस हुन्छ भने पञ्चायती कालमा कामगराइको तरिका, सक्रियता, अनुशासन, पार्टीप्रतिको निष्ठा र कार्यकर्ताको मनोबल अत्यन्त उच्च प्रकारको थियो । अहिले खुला राजनीतिक वातावरणमा पार्टीको काम गर्न सहज भए पनि पहिलेको जस्तो सक्रियता, अनुशासन र निष्ठामा केही ह्रास आएको, पार्टीहरूमा राजनैतिक विकृति र विसङ्गतिले प्रश्रय पाएको देख्छु ।

    ० तपाईं रक्तिम सांस्कृतिक अभियानभन्दा पनि पहिलाबाट प्रगतिशील सांस्कृतिक आन्दोलनको अथक यात्री । नेपालको अहिलेका प्रगतिशील सांस्कृतिक आन्दोलनलाई कसरी लिनुभएको छ ?

    – जनताको पिछडिएको चेतनालाई माथि उठाउन र सामाजिक रूपान्तरणको दिशामा समाजलाई अघि बढाउन कुनै पनि समाजमा प्रगतिशील सांस्कृतिक आन्दोलनले एक हदसम्म त्यो अभिभारा पूरा गरेको छ तर अहिलेको बदलिँदो राजनीतिक परिवेश, साम्राज्यवाद नियन्त्रित विकृत पुँजीवादी संस्कृति, नवउदारवादी तथा उपभोक्तावादी सांस्कृतिक हमलाको बाढीलाई रोक्ने र प्रतिरोध गर्ने प्रसङ्गमा प्रगतिशील सांस्कृतिक आन्दोलनको भूमिका सशक्त र हस्तक्षेपकारी हुन नसकेको यथार्थतालाई हामीले स्वीकार्नुपर्छ भन्ने लाग्छ ।

    ० जातीय समता समाजको पनि तपाईं संस्थापक सदस्य । अहिले पनि समता समाजको अध्यक्ष हुनुहुन्छ । समता समाज पहिले जस्तो प्रखर छैन भन्ने लाग्दैन ?

    – तपाईंको भनाइमा पूर्ण होइन, आंशिक सत्यता छ । जातीय समता समाज क्रियाशील नै रहेको छ र आफ्नो गतिविधिलाई निरन्तरता दिइरहेको छ । सङ्गठन र आन्दोलन सधैँ एउटै रफ्तारमा अगाडि बढ्न सक्दैन विभिन्न कारणले त्यसमा उतारचढाव आउने गर्दछ ।
    पहिलो कुरा त सङ्गठनभित्र बेला बेलामा देखा पर्ने वैचारिक मतभिन्नता र टुटफुटले सङ्गठन र आन्दोलनमा ठुलो गतिरोध उत्पन्न हुने गर्दछ । त्यसैले जबसम्म सङ्गठनभित्र देखा पर्ने र सिङ्गो दलित आन्दोलनभित्र देखा पर्ने सैद्धान्तिक, वैचारिक आक्रमण र भ्रमलाई चिर्न सकिन्न, तबसम्म सङ्गठन एकताबद्ध र अनुशासित हुन सक्दैन । त्यसको असर त्यसको गतिविधि र क्रियाकलापमा पर्न जान्छ । हाम्रो सङ्गठनमा पनि बेला बेलामा त्यस खालका भट्काव देखा पर्ने गरेका छन् र त्यसको विरुद्धमा हामीले सशक्त सङ्घर्ष गर्दै आवश्यकताअनुसार कारबाही पनि गर्दै आएका छौँ ।

    अर्काे कुरा, अहिलेको बदलिँदो परिस्थितिमा दलित समुदायका इच्छा, आकाङ्क्षा र उनीहरूमाथिका उत्पीडन र भेदभावका स्वरूप र दायरामा परिवर्तन भएका छन् । त्यसअनुसार वैचारिक स्पष्टता, अनुशासित र क्रियाशील साङ्गठनिक एकरूपता निर्माण गर्नुपर्ने हुन्छ । त्यसका विपरीत दलित आन्दोलनलाई भ्रमित पार्ने खालका साम्राज्यवादी स्वार्थद्वारा निर्देशित सङ्घसंस्था पनि क्रियाशील रहेका छन् । यस्ता संस्थाको असर दलित आन्दोलनमा प्रशस्त रहेको छ । यस खालका विचारको असर धेरैथोरै मात्रामा हाम्रो सङ्गठनभित्र पनि नपर्ने प्रश्नै भएन । यिनै विविध कारणले गर्दा हाम्रो आन्दोलनमा हिजोको तुलनामा जातीय समता समाजको हस्तक्षेपकारी भूमिका कम देखिएको हुन सक्छ ।

    ० जातीय समता समाजका आगामी कार्यक्रमहरू के कस्ता रहेका छन् ?

    – हाम्रो मान्यता भनेको वैचारिक स्पष्टता, अनुशासित र क्रियाशील सङ्गठन निर्माण हो । यसैको आधारमा सङ्गठनलाई सङ्गठित गर्ने, विस्तार गर्ने र व्यवस्थित गर्ने कुरा नै प्राथमिकतामा पर्दछन् । त्यसका लागि भेला, सम्मेलन, समिति गठन/पुनर्गठन, प्रशिक्षण, प्रकाशन आदि नियमित कार्यक्रमभित्रै परे । अर्कोतिर, अहिले देशका दलित आन्दोलन विभिन्न धारामा विभाजित छ । त्यसलाई वैचारिक धरातलमा आधारित भएर कसरी एक ठाउँमा ल्याउन सकिन्छ भन्ने प्रश्न पनि अहिलेको अहम् सवाल रहेको छ । यसका लागि पनि हामी प्रयत्नशील रहँदै आएका छौँ । अर्को पक्ष दलित समुदायको हक, हितमा बनेका कानुनको कार्यान्वयन पक्ष अत्यन्तै उपेक्षित रहेको अवस्था छ । बनेका कानुन कसरी लागु गराउने र थप कानुन तर्जुमा गर्ने भन्ने सवालमा पनि एकल वा संयुक्त पहलको कार्ययोजना बाएर अघि बढ्नुपर्ने आवश्यकता छ । हाम्रा आगामी कार्यक्रममा यिनै विषय समेटिने छन् ।

    ० पाँचदलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चाले अलग भएको घोषणा गरिसकेको छ । अलगै हुनुपर्ने कारण थियो ? त्यहीभित्र बसेर एम.सी.सी. को बारेमा छलफल चलाउन सम्भव थिएन ?

    – पाँचदलीय गठबन्धन केपी शर्मा ओलीको प्रतिगामी कदमलाई रोक्न बनेको थियो र त्यसमा एकद हदसम्म सफल पनि भयो । मुख्यतः गठबन्धनभित्र एम.सी.सी. बारे तीन धार थियो । त्यसमा जस्ताको तस्तै पास गर्नुपर्छ भन्ने, संशोधनसहित पास गर्न सकिन्छ भन्ने र पूर्ण रूपमा अस्वीकार गर्नुपर्छ भन्ने पार्टीहरू थिए । नेपाली काङ्ग्रेस जसरी पनि पास गर्ने पक्षमा थियो । तर लामो बहस र छलफलपछि पनि गठबन्धनभित्रका माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीहरू आफ्नो पूर्व अडान छोडेर विस्तारै एम.सी.सी. पारित गर्ने पक्षमा जान थाले र अन्ततः ध्वनिमतको आधारमा पारित गरे । परिमार्जन नगरी पास गर्नहुन्न भन्ने पक्षका पार्टीहरू एम.सी.सी. पास गर्ने पक्षमा सामेल भएपछि राजमोले गठबन्धनमा रहिरहनुनपर्ने आवश्यकता महसुस गरेन र गठबन्धनबाट हट्ने निर्णय ग¥यो, जुन सही थियो ।

    ० पाँचदलीय गठबन्धनमा बसेर राष्ट्रिय जनमोर्चाले प्रशस्त लाभ लियो भन्ने आरोप पनि छ नि । अब त्यस प्रकारको राजनीतिक लाभ नमिल्ने भएकाले गठबन्धन छोडेको त होइन ?

    – हाम्रो पार्टी सधैँ सिद्धान्तको राजनीति गर्छ, नाफानोक्सानको राजनीति गर्दैन । २०७४ सालको प्रतिनिधि सभाको चुनावमा नेपाली काङ्ग्रेसले गठबन्धन गरेर जाऊँ भनेर हामीलाई धेरै जोड गरेका थिए । यदि त्यसो गरेको भए हाम्रो पार्टीलाई तीनचार सिट थप आउने सम्भावना थियो तर हामीले मानेनौँ र वाम गठबन्धनसित तालमेल ग¥यौँ । जब केपी ओलीले २०७७ साल पुस ५ गते जनस्तरको अभिमतको दुरूपयोग गरेर विद्यमान संसद् विघटन गरे, तब राजमोले मुलुक प्रतिगमतिर गयो; गठबन्धन बनाएर त्यसको विरुद्धमा जानुपर्छ भनेर आह्वान ग¥यो । त्यसपछि माओवादी केन्द्र नेपाली काङ्ग्रेस, जनता समाजवादी पार्टी, माधव नेपाल पक्ष त्यसमा सहमत भएपछि केन्द्रदेखि स्थानीय तहसम्म गठबन्धन बनाएर जाने निर्णय भयो र सोहीअनुरूप हामी त्यसमा सामेल भयौँ । यो गठबन्धन मुख्यतः ओलीको प्रतिगमनलाई परास्त गर्नका लागि बनेको थियो र त्यसले के.पी. ओलीद्वारा संविधान मिचेर भङ्ग गरेको प्रतिनिधि सभालाई पुनस्र्थापना गरेर उनको प्रतिगामी कदमलाई रोक्न सफल भयो । सहकार्य गरेर जाँदा नाफाघाटा जे पनि हुन सक्छ, त्यो अलग विषय हो, मुख्य प्रश्न जुन उद्देश्यका लागि गठबन्धन बन्यो, त्यो पूरा भयो कि भएन भन्ने हो । तत्कालका लागि प्रतिगमन परास्त भए पनि यसले अझै हार खाइसकेको छैन । महिनौँदेखि संसद् अवरुद्ध भइरहेको छ । त्यसैले गठबन्धनको आवश्यकता र महत्त्व अझै समाप्त भएको छैन भन्ने हाम्रो मान्यता छ ।

    ० एम.सी.सी. संसद्बाट पारित भइसक्यो । फेरि पनि तपाईंहरूसहितको आठदलीय मोर्चाले त्यसका विरुद्ध आन्दोलन चलाइरहेको छ । यस्तो आन्दोलन एम.सी.सी. खारेज गर्न सक्छ ?

    – हो । एम.सी.सी. परियोजनालाई ध्वनिमतको आधारमा पारित गरिएको छ । पहिलो कुरा त यस प्रकारको राष्ट्रिय सहमति कायम गरेर जानुपथ्र्याे, त्यसो गरिएन । दोस्रो, संसद्मा लिखित मतदान गरिएन, किनभने त्यसो गर्दा एम.सी.सी. प्रस्ताव खारेज हुने बढी सम्भावना थियो । त्यसैले ध्वनिमतको सहारामा त्यसलाई अनुमोदन भएको घोषणा गरियो । त्यसमा अर्काे कुरा व्याख्यात्मक टिप्पणीसहित भनेर अर्काे भ्रम सिर्जना गरिएको छ, जुन असफल नाटकबाहेक अरू केही होइन । स्वयम् नेपाली काङ्ग्रेसका शीर्ष नेताहरूले नै प्रचण्ड र माधव नेपालको लाज ढाक्नका लागि ल्याइएको हो । यो व्याख्यात्मक टिप्पणी भनेर भनिसकेका छन् । स्वयम् अमेरिकी जिम्मेवार मन्त्री, राजदूतहरूले एम.सी.सी. परियोजनाको कुनै कमा र फुलिस्टपसमेत परिवर्तन हुन्न भनेर बोलिसकेका छन् । त्यस्तो अवस्थामा व्याख्यात्मक टिप्पणीको कुनै अर्थ छैन । यो परियोजना नेपालको हितमा छैन । त्यसमा नेपालको सार्वभौमिकतालाई अतिक्रमण गर्ने, असलंग्न परराष्ट्र नीतिको विपरीत इन्डो–प्यासिफिक सैन्य रणनीतिमा नेपाललाई जबरजस्ती सामेल गर्ने जस्ता थुप्रै आपत्तिजनक बँुदाहरू रहेकाले हामी आठदलीय मोर्चा आन्दोलनमा छौँ ।

    जहाँसम्म तपाईंहरूको आन्दोलनले यसलाई खारेज गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न उठाउनुभयो, त्यसमा हाम्रो स्पष्ट मत के छ भने यो खारेज हुन सक्छ र त्यसका विश्वमा थुप्रै उदाहरण छन् । भर्खरैको ताजा उदाहरण श्रीलङ्का हो । उसले अस्वीकार गरेर फिर्ता पठायो । त्यस्तै घाना, मडागास्कर, निकारागुवा, मोजाम्बिक, लेसोथो आदि देशका उदाहरण पनि हाम्राअगाडि छन् । जनताको अजेय शक्तिका अगाडि हरेक कुरा सम्भव छ । जनताकै आन्दोलनबाट राणाशासन गयो; राजतन्त्र गयो; गणतन्त्र आयो; ढिलोचाँडो एम.सी.सी. पनि जान्छ† यसमा कुनै शङ्का छैन ।

    ० राष्ट्रिय जनमोर्चाको केन्द्रीय सल्लाहकारसमेत हुनुहुन्छ । राष्ट्रिय जनमोर्चाका तात्कालिक कार्यक्रम के कस्ता छन् ?

    – राष्ट्रिय जनमोर्चाका तात्कालिक कार्यक्रम मुख्यतः दुईओटा छन् : पहिलो– स्थानीय तहको चुनावको तयारी र अर्काे– एम.सी.सी. खारेजीका लागि आन्दोलन । यी दुईओटा विषयमा हाम्रा कार्यक्रम केन्द्रित रहेका छन् । सरकारले २०७९ वैशाख ३० गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको छ । त्यसका लागि हामी सबै स्तरमा सम्भव भएको ठाउँमा गठबन्धन गरेर जाने, सम्भव नभएको स्थानमा एकल रूपमा भए पनि हामी बृहत् योजनाका साथ चुनावमा जाने तयारीमा छौँ । त्यसैगरी एम.सी.सी विरुद्धको आन्दोलनलाई पनि अझै प्रभावकारी, सशक्त र घनीभूत रूपमा अघि बढाउनका लागि त्यसको आवश्यक तयारी, भेटघाट, बैठक र सहकार्यको दायरा फराकिलो बनाउनका लागि हाम्रो पार्टी प्रयत्नशील छ ।

    ० २०७९ वैशाख ३० गतेको स्थानीय तहको चुनावमा राष्ट्रिय जनमोर्चा कसरी सहभागी हुँदै छ ? तालमेलको अवस्था के होला ?

    – विगतमा झैँ आगामी चुनावमा पनि हाम्रो एकल वा अन्य पक्षसँग तालमेल गरेर जाने नीति छ । जहाँसम्म तालमेलको कुरा हो, त्यसमा राजवादी र एमालेसँग तालमेल नगर्ने हाम्रो नीति रहेको छ भने गठबन्धनबाट हटे पनि अन्य पक्ष र हामीबिच आवश्यकता र सहमतिको आधारमा तालमेल हुन सक्ने छ । कहाँ, कोसँग कसरी तालमेल हुने भन्ने प्रश्नमा भने प्रत्येक जिल्ला र स्थानीय स्तरमा हाम्रो र अन्य पक्षको अवस्था आवश्यकता र सहमतिमा निर्भर रहने कुरा हो ।

    ० देशको समसामयिक राजनीतिक परिस्थितिलाई कसरी विश्लेषण गर्नुभएको छ ?

    – के.पी. ओलीले सुरु गरेको प्रतिगमनका कारण देश अहिले अप्ठेरोमा परेको छ । संसद् महिनौँदेखि अवरुद्ध भइरहेको छ । जनसरोकारका महŒवपूर्ण विषय संसद्मा प्रवेश हुन पाइरहेको छैन । विकास निर्माणका काम ठप्प भएका छन् । सङ्घीयताकै कारण बजेटको ठुलो हिस्सा केन्द्रदेखि स्थानीय तहसम्मका पदाधिकारी र कार्यकारी पाल्नमै खर्च भइरहेको छ । न्यायालय ध्वस्त भएको छ । प्रधान न्यायाधीशको आचरणका विरुद्ध यति लामो सङ्घर्ष चलेको सायद नेपालको इतिहासमै पहिलो चोटि हो । देशमा सुशासनको अवस्था गम्भीर बनेको छ । भ्रष्टाचारले सीमा नाघेको छ । महङ्गी चुलिएको छ । समग्रमा भन्नुपर्दा राज्य सञ्चालनका तीनै अङ्ग विधायिका, कार्यपालिका र न्यायपालिका अस्तव्यस्त भएको छ । बेरोजगारीका कारण हजारौँ युवा दैनिक रूपमा बिदेसिएका छन् । यही मौका छोपेर देशीविदेशी शक्तिहरूले आफ्नो दुनो सोझ्याउन चलखेल गरिरहेका छन् । यस प्रकारको प्रतिकूल अवस्थालाई अनुकूल अवस्थामा लैजान नेपाली जनता सङ्गठित रूपमा अगाडि आउनुपर्छ । गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रिय स्वाधीनताको रक्षा र सङ्घीयताको खारेजी अहिलेको तात्कालिक आवश्यकता हो ।

    ० तपाईंसँगै राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाको पहिलो उपस्थिति सुरु भयो । राष्ट्रियसभामा के कस्ता विषयहरू उठाउने योजना बनाउनुभएको छ ?

    – राष्ट्रियसभामा उठाउने विषयहरू देश र जनताका अगाडि विद्यमान जल्दाबल्दा समस्या नै हुन् । व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाभित्र रहेका बेथिति र विसङ्गति, सुशासन र जनसरोकारका विषय, भ्रष्टाचार र महङ्गी नियन्त्रणका सवाल, जातीय, क्षेत्रीय, लैङ्गिक, सीमान्तकृत वर्ग, क्षेत्र, अपाङ्गता भएका व्यक्ति र समुदायले भोगिरहेका उत्पीडन, विभेद, भेदभाव र असमानताका विरुद्ध सामाजिक न्याय र समानताका विषय नै रहने छन् । मैले राष्ट्रियसभामा यिनै विषयलाई प्रमुखता दिने छु र आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहने छु ।

    ० तपाईंहरू नेपालको सन्दर्भमा सङ्घीयता विरोधी हुनुहुन्छ । हेर्दाहेर्दै सङ्घीयता कार्यान्वयन गर्नुभयो । प्रदेशसभामा तपाईंहरूका पनि सांसदहरू पनि हुनुहुन्छ । अब तपाईहरूको सङ्घीयताको विरोध सुस्ताएको हो ?

    – सङ्घीयताकै कारण अहिले देश क्रमशः असफल राष्ट्र हुने दिशामा अघि बढ्दै छ । हामीले सुरुदेखि नै नेपालको सन्दर्भमा सङ्घीयता उपयुक्त छैन भन्दै आइरहेका थियौँ । अहिले अन्य पक्षहरूले पनि आर्थिक भार बढ्दै गएको महसुस गरिरहेका छन् । अब सङ्घीयताको खारेजीबाहेक अरू विकल्प रहेको छैन । सङ्घीयता विरुद्धको हाम्रो आन्दोलन निरन्तर जारी छ† सुस्ताएको छैन । आन्दोलनको रूप कहिले कुन प्रधान हुन्छ त कहिले कुन प्रधान हुने गर्दछ ।

    ० अन्तमा युगदर्शन मिडियाबाट भन्नुपर्ने थप विषयहरू छन् कि ?

    – युगदर्शन मिडियाले मलाई आफ्ना विचारहरू राख्ने अवसर दिएकोमा धन्यवाद दिन चाहान्छु र युगदर्शन मिडियाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

    प्रस्तुति : प्रकाश थापामगर

    बिहिबार, फागुन २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.