किभ । रुसी सशस्त्र सेनाले युक्रेनको राजधानी किभ, मारिउपोल, खार्किभ, सुमी सहर छोड्नका लागि बिहान १० बजेदेखि युद्धविराम घोषणा गरेको छ । सो जानकारी विभिन्न सञ्चार माध्यमले सोमबार युक्रेनमा मानवीय प्रतिक्रियाका लागि अन्तरविभागीय समन्वय मुख्यालयलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।
विपत्तिजनक मानवीय अवस्था र किभ, खार्किभ, सुमी र मारिउपोल सहरमा यसको तीव्र उग्रतालाई ध्यानमा राख्दै, साथै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गर्नुभएको व्यक्तिगत अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सशस्त्र सेनालाई मानवीय उद्देश्यका लागि युद्धविराम घोषणा गर्न निर्देशन दिनुभएको बताइएको छ।
यसैबिच संयुक्त राष्ट्र सङ्घ, ओ.एस.सी.ई., आई.सी.आर.सी. र अन्य अन्तर्राष्ट्रिय संस्थाका सान्दर्भिक संरचनालाई सञ्चार माध्यमलगायत सबै उपलब्ध सूचना स्रोतमार्फत् जानकारी गराइएको छ ।
“हामी माग गर्दछौँ कि युक्रेनी पक्षले उल्लिखित दिशामा मानवीय कोरिडोर सिर्जना गर्नका लागि सबै बर्त कडाइका साथ पूरा गर्न र नागरिक र विदेशी नागरिकको सङ्गठित दस्ता फिर्ता सुनिश्चित गर्नुपर्दछ’ स्पुतनिकले जनाएको छ । (रासस, एएनआई, स्पुतनिक)





