• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

युवालाई स्वदेशमा अड्याउन सके नै देशको विकास हुन सक्छ


  •   शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित
  • अमरध्वज राना, अध्यक्ष, मल्लरानी गाउँपालिका प्युठान

    Advertisement

    ० तपाईंहरूको माउ पार्टी नेकपा (मसाल) ले नेकपा विप्लव समूहलाई मित्रशक्ति मान्दछ तर त्यही मित्रशक्तिद्वारा तपाईंप्रति गरिएको फागुन ९ गतेको अभद्र व्यवहारलाई कसरी लिनुभएको छ ।

    – हाम्रो पार्टी नेकपा (मसाल) ले हरेक राजनैतिक शक्तिलाई उसले अपनाउने नीतिको आधारमा राजनैतिक रूपले विश्लेषण गर्दछ । हाम्रो विश्लेषण के हो भने विप्लव मित्रशक्ति हो तर उसका गतिविधि उग्रवामपन्थी भड्कावयुक्त र अराजक प्रकारको छ । यति हुँदाहुँदै पनि कैयौँ मामिलामा, जस्तै : राष्ट्रियताको मामिलामा, जनतन्त्रको मामिलामा उनीहरूसँग हाम्रो विचार मिल्दछ ।

    जुन प्रकारको अराजक प्रकारका गतिविधिमा उनीहरूका कार्यकर्ता सामेल छन्, त्यसैको एउटा परिणाम २०७८ साल फागुन ९ गतेको घटना हो । विप्लव पार्टीको गलत चिन्तन र अराजक गतिविधिका कारणले हामीमाझ सहकार्यको नीतिलाई कमजोर बनाउँछ† राष्ट्रियता, जनतन्त्र, जनजीविकाका मुद्दाहरूमा सँगै जानबाट रोक्न सक्छ । फलस्वरूप नेपाली आन्दोलन कमजोर हुन्छ । यस्ता घटना नदोहोराउन हामी नेकपा (विप्लव) पक्षलाई चेतावनी दिन्छौँ ।

    ० नेकपा विप्लव समूह मल्लरानी गाउँपालिकाबाट के चाहन्छ ? खासमा उनीहरूको माग के हो ?
    –

    तत्कालीन नेकपा (माओवादी) ले २०५२ सालदेखि जुन “जनयुद्ध” थालनी गर्यो, त्यतिखेर उनीहरूले वर्गविश्लेषण नगरिकन युद्ध सुरु गरेका थिए । त्यस क्रममा उनीहरूले आफ्नोतर्फबाट जबर्जस्ती सत्ताको अभ्यास गर्ने सर्वसत्तावादी दृष्टिकोण पनि अपनाएको मान्न सकिन्थ्यो । कथित जनयुद्धको विधिवत् समापन भएको यतिका वर्ष बितिसक्दा पनि त्यसको धङधङी विप्लव समूहमा अझैसम्म यथावत रहेको प्रष्ट देखिन्छ । उनीहरूको चिन्तन प्रणाली अझ पनि सर्वसत्तावादी प्रकारको तथा गतिविधि अराजक प्रकारको नै छ । त्यसैको परिणामस्वरूप उनीहरूले भनेको मानेमा वर्गदुस्मन पनि मित्रशक्ति हुने, अर्कातिर, त्यसको विपरीत भएमा मित्रशक्तिलाई पनि वर्गदुस्मनसरह व्यवहार गर्ने खालका गतिविधि उनीहरूमा देखा पर्दछ । त्यसै क्रममा फागुन ९ गते विप्लव समूहद्वारा प्युठानको मल्लरानी गाउँपालिकामाथि दुव्र्यवहार गरिएको हो ।

    ० सरङकोटस्थित भूमि विकास आधारभूत विद्यालयमा के भएको हो ?

    – सरङकोटस्थित भूमि विकास माध्यमिक विद्यालयमा २०७८ साल माघ १६ गते सोही विद्यालयको कक्षा ६ मा पढ्ने छात्रा सुस्मिता मल्लको मृत्यु भएको थियो । त्यस विषयलाई लिएर त्यस विद्यालयका प्रधानाध्यापक यसोधा श्रेष्ठ र शिक्षक ललित मल्ललाई शङ्काको घेरामा राखिएको थियो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र त्यहाँका अभिभावकहरूले आरोपित शिक्षकहरूलाई हाजिर हुन नदिई मल्लरानी गाउँपालिकामा समेत त्यसबारे उचित निर्णय लिन निवेदन पठाएका थिए । तत्पश्चात् सो विद्यालयको पठनपाठन रोकिएको थियो ।
    यस प्रकारको अवस्थामा सो विद्यालयको पठनपाठन सुचारु गर्नका निम्ति फागुन ५ गतेको गाउँपालिकाको शिक्षा समितिले निर्णय गरेअनुसार मल्लरानी गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमख, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखका साथै शिक्षक सङ्गठन, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ र वडास्तरीय राजनीतिक दलका प्रतिनिधि र वडाका जनप्रतिनिधि, एवम् प्रकारले स्थानीय टोल विकास समिति र अभिभावकहरूमाझ छलफल गर्ने कार्यक्रम रहेको थियो । सोही क्रममा एक्कासि विप्लव समूहका कार्यकर्ता भन्ने गोपिलाल सुनारको नेतृत्वमा आएका कार्यकर्ताले अभद्र कृयाकलाप गरेर भागेका हुन् ।

    ० नेकपा विप्लव समूहले मल्लरानी गाउँपालिकामाथि लगाएका अरू आरोपको वास्तविकता के हुन् ?

    – नेकपा विप्लव समूहका कार्यकर्ताले लगाएका आरोपहरू कुनै पनि सही छैनन् । विप्लव समूहको प्युठान जिल्ला सेक्रेटरीले निकालेको विज्ञप्तिबाट यो कुरा प्रष्ट हुन्छ । मल्लरानी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले गरेका कामहरू असल छन् । जसले काम राम्रो काम गर्दैन, त्यसलाई भुक्तानीका प्रकृयाहरूमा नियमानुसार रोक्ने पनि गरिन्थ्यो । केही योजनाका, जस्तै : कतिपय उपभोक्ता समितिका अध्यक्ष स्वयम् विप्लवका कार्यकर्ता भनिने गोपिलाल सुनार पनि थिए । उनले काम सम्पन्न गरी भुक्तानीको माग गर्ने गर्दथे तर मल्लरानी गाउँपालिकाले भुक्तानी दिनका निम्ति योजना सम्पन्न र मूल्याङ्कन गरी ल्याउनू भनेर ताकेता गर्दथ्यो । त्यसो नगरेर उनले त्यसका लागि आनाकानी गरिरहँदा केही योजनामा उनको र गाउँपालिकाको माझमा कबोलनामासमेत भएको थियो । त्यसैलाई उनीहरूले तमसुक भनेर जुन विज्ञप्ति निकालेका छन्, त्यो तमसुक नभएर कबोलनामा मात्र थियो ।

    ० विप्लव समूहको यस्तो अभद्र व्यवहारबारे मल्लरानी गाउँपालिकाले के गरिरहेको छ ?

    – हामी विप्लव समूहको फागुन ९ गतेको घटनाप्रति सचेत छौँ । अराजक समूहले नराम्रो गतिविधि गर्यो भनेर हामी अराजक दिशातिर जादैनौँ । हामी उनीहरूको गतिविधिलाई कानुनी प्रकृयाको दायरामा ल्याउनका निम्ति वैधानिक उपाय गरिरहेका छौँ ।

    ० यो घटनालाई राष्ट्रिय जनमोर्चा प्युठानले कसरी लिएको छ ?

    – राष्ट्रिय जनमोर्चाको वैधानिक सङ्घर्षको बाटोमा हिँड्ने राजनीतिक पार्टी हो । जबसम्म अराजक व्यक्तिहरूलाई नेकपा विप्लवले कारबाहीको दायरामा ल्याउँदैन र स्वयम् नेकपा विप्लव प्युठानले आत्मालोचना गर्दैन, तबसम्म प्युठान जिल्लामा राष्ट्रिय जनमोर्चाले सहकार्यलाई स्थगित गरेको छ ।

    ० प्युठानमा नेकपा (एमाले) को भूमिकाबारे नेकपा (मसाल) ले शङ्का व्यक्त गरेको छ । त्यहाँ एमालेको भूमिका कस्तो छ ?

    – जुन ठाउँमा घटना घटेको छ, सोही वडाका वडाअध्यक्ष नेकपा (एमाले) का कार्यकर्ता हुन् । उनी फागुन ९ गतेको कार्यक्रममा उपस्थित नहुनु शङ्काको विषय हो । कतै त्यो घटना थाहा पाएर पनि उनी त्यो कार्यक्रममा नपुगेका त होइनन् ? यसरी नेकपा (एमाले) प्रति आशङ्का व्यक्त भएको हो । त्यसको सत्य तथ्य पत्ता लगाएर सार्वजनिक गर्ने दिशातिर हामी गइरहेका छौँ ।

    ० अब तपाईंहरूको कार्यकाल सकिनै लाग्यो । गत पाँच वर्षमा तपाईंको नेतृत्वमा के कस्ता काम भए ? सङ्क्षिप्तमा बताइदिनुस् न ।

    – हाम्रो पार्टी नेकपा (मसाल) र वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चाले भन्दै आएको छ, जबसम्म नेपाली समाजमा आमूल परिवर्तन हुँदैन अर्थात् नौलो जनवादी क्रान्ति सम्पन्न भएर जनवादी गणतन्त्रको स्थापना हुँदैन, तबसम्म मजदुर वर्ग र सर्वहारा वर्गको मुक्ति हुन सक्दैन । जनवादी गणतन्त्रभन्दा पहिलेको व्यवस्थामा गरिने कामहरू सीमित प्रकारका मात्रै हुन्छन् । फेरि पनि जुन स्रोत र साधनहरू मल्लरानी गाउँपालिकामा उपलब्ध छ, त्यसलाई अधिकतम प्रयोग गरेर जनताको पक्षमा हामीले इमान्दारिपूर्वक काम गर्ने जमर्को गरेका छौँ ।

    हामी निर्वाचित भएलगतै भौतिक पूर्वाधार, खानेपानी, कृषि, पशु, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गताका समस्या हुँदाहुँदै पनि तत्कालको अवस्थामा “उज्यालो मल्लरानी” को नारा लिएर शिक्षा, स्वास्थ्य, विद्युतीकरण र फुसका छाना विस्थापन गरी जस्तापाता लगाउने जुन नीति लियौँ, त्यस क्रमा विद्युतीकरणतर्फ ९५ प्रतिशत काम सम्पन्न ग¥यौँ । फुसको छना हटाउने काम ९५ प्रतिशत सम्पन्न गरेका छौँ । शैक्षिक सुधार गर्नका निम्ति बालविकासदेखि माध्यमिक तहसम्म ४१ जना शिक्षकहरूको व्यवस्था गरेका छौँ । शिक्षाको क्षेत्रमा गाउँपालिकाको आर्थिक वर्षमा विनियोजित कुल बजेटमध्ये २३ प्रतिशत रकम विनियोजन गरेका छौँ । स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनका लागि करारमा कर्मचारी व्यवस्था गरेका छौँ र त्यसका लागि अनुदान उपलब्ध गराएका छौँ ।

    यसले के देखाउँछ भने मल्लरानी गाउँपालिकामा सङ्घ र प्रदेश सरकारबाट विनियोजन भएका रकमको सदुपयोग भएको छ । त्यसका निम्ति मल्लरानी गाउँपालिका इमान्दारितापूर्वक लागेको छ भन्ने प्रष्ट हुन्छ ।

    ० निर्वाचित जनप्रतिनिधिको हैसियतले मल्लरानी गाउँपालिकाका जनताको जीवन स्तर उकास्नका लागि आगामी दिनका के कस्ता काम गरिनुपर्दछ भन्ने लाग्दछ तपाईंलाई ?

    – मैले पहिले नै भनिसकेको छु, जबसम्म पुँजीवादी व्यवस्थालाई फालेर जनवादी गणतन्त्रको स्थापना हुँदैन, तबसम्म जनताका आधारभूत तप्काको समस्या समाधान हुँदैन । तैपनि यही व्यवस्थाभित्र केही न केही गर्न सकिन्छ भन्ने सत्य हो । नेपाल कृषिप्रधान देश भएको हुँदा कृषि तथा पशु क्षेत्रलाई व्यवस्थित ढङ्गले अगाडि बढाउनु उचित हुन्छ । कृषि तथा पशुपालन क्षेत्रलाई व्यावसायिक ढङ्गले अगाडि बढाएर आत्मनिर्भर बनाउनका निम्ति स्थानीय तहको ध्यान जानुपर्दछ, तब मात्र बेरोजगार युवाहरूलाई विदेशिनबाट रोक्न सकिन्छ । युवाहरूलाई स्वदेशमा नै अड्याउन सक्नु नै देश विकासको एउटा आवश्यकता हो भन्ने मेरो बुझाइ छ । मेरो विचारमा यो नै आगामी दिनमा मल्लरानी गाउँपालिकामा गर्नुपर्ने मुख्य काम हो भन्ने लाग्दछ ।

    ० अन्तमा, युगदर्शनमार्फत् आह्वान गर्नुपर्ने केही विषय छन् कि ?

    – आज देश अत्यन्त गम्भीर मोडमा छ । राष्ट्रियताको रक्षाका निम्ति वामपन्थी शक्तिलगायत देशभक्त र जनतान्त्रिक शक्तिहरू एकजुट भई लड्नु अपरिहार्य आवश्यकता बनेको छ । यस्तो अवस्थामा नेकपा विप्लव समूहको अराजक प्रकारको गतिविधिले “भाइ फुटे गवार लुटे” भने जस्तै भिएको छ । यसरी मित्रशक्तिहरू एकआपसमा भिड्यौँ भने यस खालको अवस्था स्वयम् हाम्रै निम्ति र देशका निम्ति समेत घातक हुन्छ । यस्ता अराजक गतिविधिहरू सञ्चालन नगर्नका निम्ति म नेकपा विप्लव समूहका साथीहरूसित अनुरोध गर्दछु ।

    प्रस्तुति : प्रकाश थापामगर

    शुक्रबार, फागुन २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग अमेरिकी दूतहरूको ‘ठोस योजना’बारे छलफल
    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली
    प्रशिक्षणपछि किसान तथा आम जनतासँग भेटघाट गर्नेछौँ : ठाडामगर (भिडियोसहित)
    द्वन्द्ववाद धेरैपटक पढियो तर व्यावहारिक रूपमा कमजोर छौँ भन्ने महसुस भयो : खडायत (भिडियो)
    हामी सही नीति लिएर गएका छौँ तर जनताले बुझ्न सकिरहेका छैनन्, : अधिकारी (भिडियोसहित)
    जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.