महेन्द्रनगर । सीमा अतिक्रमण विरुद्ध राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले आयोजना गरेको एक हप्ते ‘कालापानी अभियान’ को समापन मंगलबार महेन्द्रनगरमा हुँदैछ । समारोहलाई सम्बोधन गर्न राजमो अध्यक्ष चित्रबहादुर केसी कञ्चनपुर पुग्नुभएको छ ।
अभियानको छैटौं दिन सोमबार मार्च कञ्चनपुरको गुलरिया पुगेको छ । त्यसक्रममा डडेलधुराको भातकाँडा र डोटीको बुडरमा कोणसभा सम्पन्न भएको छ ।
भातकाँडामा आयोजित सभालाई राजमो केन्द्रीय सदस्य मनोज भट्ट, र लाल ब जाग्री र पदम ओलीले सम्बोधन गर्नुभएको थियो । कोणसभाको सञ्चालन टंक अबस्थीले गर्नुभएको थियो ।
यस्तै, बुडरमा भएको कोणसभालाई राजमो डोटीका सचिव केशवनाथ योगी, डोटी जिल्ला सदस्य नरेन्द्र बिष्ट र जोरायल गाउँसमितिका अध्यक्ष मान ब खड्काले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन उमेश कँडेलले गर्नुभएको थियो ।
मंसिर ११ गते धनगढीबाट सुरु भएको अभियान अन्तर्गत डोटी, बैतडी, डडेल्धुरा र दार्चुलाका विभिन्न क्षेत्रमा विरोध सभा तथा मोटरसाइकल र्याली सम्पन्न भएको छ । आज सो अभियान दिपायलबाट कञ्चनपुर पुगेको हो । अभियानको समापन महेन्द्रनगरमा मंगलबार गरिने आयोजकले जनाएका छन् ।