हेग (नेदरल्यान्डस्) । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आई.सी.सी.) ले युक्रेनमा रुसी गतिविधिबारे अनुसन्धान सुरु गरेको छ । आई.सी.सी. अभियोजक करिम खानले सो जानकारी दिनुभएको हो ।
Advertisement
‘प्रमाण सङ्कलन गर्ने गरी हाम्रो काम अब सुरु भएको छ’ खानले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ– ‘आई..सी.सी. ले सङ्गठनको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्ने छ । अदालतको क्षेत्राधिकारअन्तर्गत अपराधका लागि जवाफदेहिता सुनिश्चित गर्ने छ ।
गत हप्ता डोनेट्स्क र लुहान्स्कबाट अलगिएका गणतन्त्रले रुसी सेनाद्वारा जारी आक्रमणबाट आफूलाई बचाउन सहयोगको अनुरोध गरेपछि रुसले विशेष अपरेसन सुरु गरेको जनाएको छ ।
यसैबिच पश्चिमी देशहरूले रुसी सैन्य कारबाहीको कडा निन्दा गरेका छन् र मस्कोमाथि प्रतिबन्धको दबाब बढाएका छन् । (एजेन्सी)