वासिङटन । अमेरिकी सिनेटले बिहिबार राति रुसको सम्भावित आक्रमणको विरुद्ध स्वतन्त्र र प्रजातान्त्रिक युक्रेनको समर्थनमा सर्वसम्मतिले द्विपक्षीय प्रस्ताव पारित गरेको छ ।
सिनेटले राजनीतिक, कूटनीतिक र सैन्य समर्थन प्रदान गरेर युक्रेन सरकारको क्षेत्रीय अखण्डता पुनस्र्थापना गर्ने निरन्तर प्रयासलाई समर्थन गर्न संयुक्त राज्य अमेरिकाको अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।
प्रस्तावमा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई युरोपमा शान्ति पुनस्र्थापना गर्न युक्रेनमाथि आक्रमण गरेमा रुसले ठुलो मूल्य चुकाउनुपर्ने र त्यसका लागि अमेरिकाले जस्तोसुकै निर्णय पनि लिन आग्रह गरिएको छ ।
‘यस प्रस्तावमा कुनै पनि कुरालाई युद्धको घोषणा वा रुसी सङ्घ विरुद्ध सैन्य बलप्रयोगको लागि प्राधिकरण वा युक्रेनमा संयुक्त राज्य सशस्त्र सेनाको परिचयको लागि प्राधिकरणको रूपमा व्याख्या गर्न सकिँदैन’ एजेन्सीले जनाएको छ ।
पश्चिमी देशहरूले सीमामा सेना परिचालन गरेको भन्दै रुसले युक्रेन विरुद्ध आक्रमणको तयारी गरिरहेको आरोप लगाउँदै आएका छन् ।
रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनासेन्कोभले मङ्गलबार मस्कोले युक्रेनसँगको सीमाबाट आफ्ना केही सेना फिर्ता गरिरहेको बताएका छन् ।
रुसले युक्रेनमाथि आक्रमण गर्ने कुनै पनि योजना नरहेको बताउँदै आएको छ । रुसी सिमानानजिक नाटोको बढ्दो उपस्थितिले आÇनै सुरक्षालाई खतरामा पारेको उसको बुझाइ छ । (रासस–एएनआई)





