वासिङटन । संयुक्त राज्य अमेरिकाले युक्रेनमा रहेका अमेरिकीलाई जति सक्दो चाँडो देश छोड्न आग्रह गरेको छ । विदेश मन्त्रालयले पछिल्लो घटनाक्रमको विश्लेषण गर्दै सो आग्रह गरेको हो ।
‘रुसी सैन्य कारबाही र कोभिड–१९ को बढ्दो खतराका कारण युक्रेनमा यात्रा नगर्नुहोस् । युक्रेनमा रहेकाहरूले अब व्यावसायिक वा निजी माध्यमबाट प्रस्थान गर्नुपर्छ । यदि युक्रेनमा बाँकी छ भने अपराध, नागरिक अशान्ति, र सम्भावित लडाइँका कारण सावधानी बढाउनुहोस् । केही क्षेत्रमा जोखिम बढेको छ’ सो आग्रहमा भनिएको छ ।
जनवरी २३ मा विदेश मन्त्रालयले अमेरिकी कूटनीतिज्ञका परिवारका सदस्य र प्रत्यक्ष काममा काम गर्ने कर्मचारीलाई बाहिर निकाल्ने अनुमति दिएको थियो । अप्रत्याशित सुरक्षा अवस्थाका कारण युक्रेनमा रहेका अमेरिकी नागरिकले तुरुन्तै प्रस्थान गर्नेबारे विचार गर्न पनि विदेश मन्त्रालयले सिफारिस गरेको छ । (रासस–एएनआई)