प्योङयाङ । उत्तर कोरियाले जापानको सागरमा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको योनहाप समाचार एजेन्सीले बिहिबार दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
यो परीक्षण प्योङयाङले यो वर्षमा गरेको छैटौँ मिसाइल परीक्षण हो । चीन र रुसले प्योङयाङले हालै गरेको मिसाइल प्रक्षेपणको प्रतिक्रियास्वरूप उत्तर कोरियामाथि प्रतिबन्ध लगाउन संयुक्त राष्ट्र सङ्घमा अमेरिकाको प्रयासलाई रोकेका छन् ।
यो कदम उत्तर कोरियासम्बन्धी मुद्दामा संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को बन्दसत्र बैठकअघि आएको हो। यस हप्ता प्योङयाङको रणनीतिक निर्देशित क्षेप्यास्त्र परीक्षणपछि दुई हप्तामा यो दोस्रोपटक यस्तो बैठक हुन लागेको अलजजिराले जनाएको छ ।
उत्तर कोरियाले सोमबार दुईओटा रणनीतिक निर्देशित क्षेप्यास्त्र प्रक्षेपण गरेको पुष्टि गरेको छ । यसले कोरियाको पूर्वी सागरमा रहेको टापु लक्ष्यमा ठ्याक्कै प्रहार गरेको बताइएको छ । यो एक महिनामा गरिएको चौथो मिसाइल परीक्षण थियो । (रासस–एएनआई-स्पुतनिक)





