काठमाडौं । चिलीमा ३५ वर्षीय गेब्रिएल बोरिक राष्ट्रपति पदमा निर्वाचित भएका छन् । वाममपन्थी उम्मेदवार बोरिकले अति दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टलाई पराजित गरी चिलीको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति भएका हुन् ।
कास्टले मतदान सकिएको साढे एक घण्टापछि र मतपत्र गणना आधा बाँकी नै रहँदा आफ्नो हार स्वीकार गरेका थिए । गनिएको करिब आधा मतपत्रमा बोरिकले ५६ प्रतिशत मत पाएका थिए । यता कास्टले भने ४४ प्रतिशत मत पाएका थिए ।
सन् २०१९ र २०२० मा चिलिमा असमानता र भ्रष्टाचार विरोधमा सरकारी विरोधका प्रदर्शनपछि निर्वाचन भएको हो । दुवै उम्मेद्वारले देशका लागि एकदम फरक दृष्टिकोण प्रस्ताव गरे र यी दुबै राजनीतिक दलको प्रतिनिधित्व गर्ने बाहिरी व्यक्ति हुन् जो कहिल्यै सरकारमा रहेनन् ।
बोरिकले चिलीको निवृतभरण र स्वास्थ्य प्रणालीमा सुधार ल्याएर, सातामा ४५ देखि ४० घन्टाको काम घण्टा निर्धारण गर्ने र हरित लगानी प्रवद्र्धन गरी असमानता हटाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यता कास्टले भने कानुन व्यवस्था बनाएर, कर र सामाजिक खर्च घटाउने वाचा गरेका थिए । कास्टले पूवै सैनिक जनरल अगस्टो पिनोसेको विरासतलाई सही ठहर मानेका थिए ।