चेन्नई । तमिलनाडुमा बुधबार एक सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।
Advertisement
यस हेलिकोप्टरमा सुरक्षा प्रमुख (सीडीएस) बिपिन रावत, उनका कर्मचारी र केही परिवारका सदस्यहरु सवार रहेका थिए ।
तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ ।
खोजी र उद्धार कार्य सुरु गरिएको स्रोतले जनाएको छ । थप विवरणहरु प्राप्त नभएको जनाइएको छ । (रासस÷एएनआई)