काठमाडौँ । क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय समन्वय (आइकोर) को चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । आइकोरको सदस्य नेकपा (मसाल) ले सो जानकारी दिएको हो ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७८ मङ्सिर १९ गते जारी प्रेसविज्ञप्तिमार्फत् सो साजनकारी दिइएको छ ।
विज्ञप्तिमा गत अक्टोबर महिनामा युरेपको कुनै देशमा सो सम्मेलन भएको थियो । २६ देशका चुनिएका ३९ प्रतिनिधि समावेश सो सम्मेलनमा नेपालसित सम्बन्धित रहेर सीमा अतिक्रमण र एमसिसीको विषयले प्रवेश पाएको थियो । नेकपा (मसाल) का पी.बी.एम. मित्रलाल शर्मा र शताब्दी कम्युनिस्ट खगुलाल गुरुङप्रति श्रद्धाञ्जली दिइएको सो सम्मेलनबारे जानकारी दिइएको प्रेसविज्ञप्ति हामीले यहाँ जस्तो तस्तै प्रस्तुत गरिरहेका छौँ ।
“क्रान्तिकारी पार्टी र सङ्गठनको अन्तर्राष्ट्रिय कोर्डिनेसन (आई.सी.ओ.आर.) को चौथो अन्तर्राष्ट्रिय सम्मेलन हालै युरोपमा सम्पन्न भएको छ । त्यो सम्मेलनमा २६ देशका ३९ प्रतिनिधि उपस्थित हुनुभएको थियो । कोभिड १९ र भिसासम्बन्धी समस्याका कारणले सबै देशका प्रतिनिधि उपस्थित हुन सकेका थिएनन् तैपनि ५० प्रतिशतभन्दा बढी प्रतिनिधिको उपस्थिति भएको थियो र त्यो सम्मेलन चार दिनसम्म भव्य रूपले सम्पन्न भएको थियो । त्यसमा एक जना सहयोगी सहित नेकपा (मसाल) का महामन्त्री का. मोहनविक्रम सिंह पनि प्रतिनिधि भएर जानुभएको थियो ।
त्यो सम्मेलनमा नेपालसम्बन्धी दुईओटा प्रस्ताव पारित गरिएका छन्, जसमध्ये एउटामा नेपालको भूमिमा भारतद्वारा गरिएको कब्जाको विरोध गरिएको छ भने अर्काेमा एमसिसीको विरोध गरिएको छ । त्यो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका १०४ वर्षको उमेरमा निधन भएका शताब्दी कम्युनिस्ट का. खगुलाल गुरुङ र नेकपा (मसाल) का पी.बी.एम. का. मित्रलाल शर्माप्रति पनि सबै प्रतिनिधिद्वारा उठेर श्रद्धाञ्जली दिइएको थियो । त्यो सम्मेलनसम्बन्धी आई.सी.ओ.आर. को कमिटीले जारी गरेको वक्तव्य तल प्रस्तुत गरिएको छ :
आई.सी.ओ.आर. को चौथो विश्व सम्मेलनका निर्णय
१. आई.सी.ओ.आर. को चौथो विश्व सम्मेलन अक्टोबर २०२१ मा युरोपमा भव्यतापूर्वक सम्पन्न भयो । तेस्रो सम्मेलनको चार वर्षपछि यो सम्मेलन आयोजना भएको हो । यो सम्मेलनमा २६ देशका ३९ प्रतिनिधि सहभागी थिए । यो ५० प्रतिशतभन्दा बढीको बहुमत हो ।
जटिल अवस्थाका बाबजुद पनि सम्मेलन सम्पन्न हुन पुग्यो । प्रतिकूल अवस्था हुँदाहुँदै पनि कठिन सङ्घर्षले सम्मेलन सम्पन्न भयो । कोभिड–१९ को कठिनाइका कारण काम गर्न नसकिएको अवस्था, कठिन बिदा, यातायातमा कठिनाइ, थुप्रै यात्रामा भएका समस्या, भिसाको समस्या र गैरकम्युनिस्ट आक्रमणका बाबजुद पनि सम्मेलन सफल भयो ।
चौथो विश्व सम्मेलनमा जीवन्त वैचारिक राजनीतिक छलफल, ऐक्यबद्धतासहित उच्च संस्कृतिको आलोकमा भएको छलफल, आपसी विश्वासको प्रगाढता र पारस्परिक सम्मानका साथ सम्मेलन अगाडि बढ्यो । यो उत्साहपूर्ण र उच्च संस्कृतिको स्तरमा सम्पन्न हुन पुगेको सम्मेलनको क्षण धेरै उच्च संस्कृतिको नमुना बन्न पुग्यो ।
२. विश्व सम्मेलनमा अफ्रिका, अमेरिका, एसिया र युरोपका क्षेत्रीय सम्मेलन सफलतापूर्वक अगाडि बढे† गहन छलफल भए र निर्णयहरू मतदानको माध्यमबाट टुङ्ग्याइए । आई.सी.ओ.आर. को सम्मेलनको सफलताले उसको जिम्मेवारी र समन्वयको सराहना गर्नैपर्छ । यसले आई.सी.ओ.आर. को परिपक्वतालाई दर्शाएको छ ।
३. सम्मेलनले आई.सी.ओ.आर. को तेस्रो विश्व सम्मेलनपछि दिवङ्गत भएका माक्र्सवादी–लेनिनवादी र क्रान्तिकारीहरूप्रति श्रद्धासुमन व्यक्त गर्यो र उनीहरूको पदचाप पछ्याउने निर्णय ग¥यो ।
४. उदघाटन भाषणबाट अगाडि बढेको कार्यक्रम अध्यक्ष मण्डलको गठन, प्रस्तावको प्रस्तुति, बैठक सञ्चालनको कार्यविधि, दुई जना कमरेडको प्रमाणीकरण समूह, थुप्रै समूहको छलफलको निष्कर्ष समेट्ने समूहको निर्माण गरी अगाडि बढ्यो र आई.सी.सी. को प्रस्तावमाथि छलफल गरियो । आई.सी.सी. मध्येवाट अध्यक्ष मण्डल निर्वाचित गरियो, जसले मुख्य संयोजक, उपसंयोजक, आर्थिक अधिकृत र चारओटा क्षेत्रीय संयोजक निर्माण ग¥यो, अफ्रिका, अमेरिका, एसिया र युरोपबाट प्रतिनिधित्व रहने गरी ।
५. पहिलो दिन आई.सी.सी. को प्रमुख संयोजकबाट महत्त्वपूर्ण उद्घाटन भाषण भयो । यो भाषण ५३ विषयमा केन्द्रित थियो† जस्तो विश्वव्यापी समस्याका रूपमा रहेका आर्थिक, राजनीतिक, सामाजिक, पर्यावरणीय र वैचारिक विषय ।
(क) अहिले अस्थिर साम्राज्यवादी विश्वव्यवस्था बहुआयामिक सङ्कट झेलिरहेको छ । यसको केन्द्रमा विश्व आर्थिक र वित्तिय सङ्कट रहेको छ, जुन २०१८ देखि सुरु भएको विश्व महामारी कोरोनाका कारणले सृजित भयो ।
(ख) बृहत् र सृजनात्मक छलफल अगाडि बढ्यो । आन्तरिक साम्राज्यवादी विरोध बढ्दै गएका छन । उदीयमान नयाँ साम्राज्यवादी मुलुक र तिनीहरूको विरोधाभाषपूर्ण नीतिको बारेमा पनि छलफल भयो । नयाँ स्थापना भएका सैनिक क्याम्पको बारेमा पनि छलफल भयो र यसको विरोध गरियो; जस्तो चीनले जिबोटीमा र फ्रान्सले टर्की र सोमालियामा स्थापना गरेका क्याम्प ।
(ग) पुँजीवादी विचारमा आइरहेको सङ्कटको बारेमा र सर्वहाराको चेतनामा भइरहेको विकासको बारेमा पनि छलफल भयो । मजदुर वर्गको चेतना निर्माण गर्दै यसलाई व्यापक बनाउने औचित्यको बारेमा छलफल भयो । यसमा उत्तरआधुनिकतावादी प्रभावको बारेमा र यसले कसरी मजदुर वर्ग र क्रान्तिकारीको चेतनामा असर पारिरहेको छ भन्ने विषयमा समेत छलफल गरियो ।
(घ) विश्व समाजवादी आन्दोलनको वैचारिक र साङ्गठनिक अवस्थाको बारेमा महत्त्वपूर्ण छलफल भयो ।
(ङ) विश्व सम्मेलनले हाम्रा क्रान्तिकारी आशालाई जगाइदिएको छ । क्रान्तिको वस्तुगत परिस्थिति विश्वव्यापी रूपमा तयार भए पनि यो स्थितिमा यसले नेतृत्वपङ्क्तिलाई सङ्घर्षमा उभिन बाध्य बनाएको छ । मजदुर वर्ग र जनसङ्घर्षको सहयोग लिई आन्दोलन अगाडि बढाउन जरुरी छ । सम्मेलनले आत्मगत र वस्तुगत परिस्थितिको विश्लेषण गरी आन्दोलनको प्रभावकारितामा जोड दिन्छ ।
(च) साम्राज्यवादी शक्ति चीन र अमेरिकाबिचको विवादले विकसित रूप लिँदै गइरहेको र यसले युद्धको रूप लिन सक्छ । यो झन्पछि झन् बढ्दै गएकाले यसको बारेमा पनि छलफल भयो र विरोध गरियो ।
(छ) स्वास्थ्य सङ्कटको विषयमा पनि छलफल भयो । यसले मानवीय क्षति भइरहेको छ । खास गरी यो औपनिवेशिक र नवऔपनिवेशिक देशमा बढ्दो छ । साम्राज्यवादी राज्यहरूसित खोपको एकाधिकार रहेको छ भने यिनले बन्दाबन्दीमा जोड दिएका छन । स्वास्थ्य सङ्कटका कारण स्वतन्त्र स्वास्थ्योपचारको माग बढदो छ (क्युबा, मडागास्कर) । यो अत्यन्त जटिल परिस्थितिमा पनि आई.सी.ओ.आर. को सङ्गठन स्वतःस्फूर्त रूपमा उदाइरहेको छ ।
(झ) महिला आन्दोलनको विषयमा पनि छलफल भयो । तेस्रो विश्वका आधारभूत महिलाका समस्याको बारेमा छलफल गर्न सन् २०२२ मा ट्युनिसियामा विश्व महिला सम्मेलनको आयोजना हुन गइरहेको छ । सम्मेलनले महिला आन्दोलन, महिला कामदार र युवतीको मुद्दामा जोड दिइने छ । यसले हाम्रो क्रान्तिकारी महिला आन्दोलनमा र महिलाका मुद्दालाई नीतिगत रूपमा सम्बोधन गराउन सहयोग पु¥याउने छ ।
(ञ) समग्रमा साम्राज्यवाद, उपनिवेशवाद, नवउपनिवेशवाद, उपनिवेश, विस्तारवाद, भाग्यवाद, संशोधनवाद र अवसरवादका विरुद्ध लड्न वैचारिक र राजनीतिक बहस भयो ।
(ट) आई.सी.ओ.आर. को विश्व सम्मेलन मुख्य रूपले गैरसाम्यवादी विचारका विरुद्ध कसरी लड्ने भन्नेमा केन्द्रित हुन पुग्यो ।
(ठ) विश्व वातावरणीय प्रकोपको सङ्क्रमणका विषयमा र यसले खाद्यान्न र कृषिमा पारिरहेको असरको बारेमा पनि छलफल भयो ।
६. आई.सी.ओ.आर. को कामको बारेमा निर्णय भए
विश्व साम्राज्यवादी व्यवस्थामा कामदार वर्ग र जनताको अवस्था र यिनको सहयोगमा तुरुन्त आन्दोलनमार्फत आमूल परिवर्तनको दिशातर्फ अगाडि बढ्न जरुरी छ । आन्दोलनले क्रान्तिकारिताको विकास गर्ने छ भन्ने आशा गरौ“ । विश्व साम्राज्यवादमा आइरहेका सङ्कटले यो सूचित गरिरहेको छ । समाजवादको वस्तुगत आधार तयार छ ।
(१) यो कठिन अवस्थामा पनि हामीले दृढताका साथ सशक्त र बलियो क्रान्तिकारी पार्टी र सङ्गठन निर्माण गर्न जरुरी छ । यिनले स्वतन्त्र ढङ्गले कार्य गर्न सकुन् र एकर्कालाई सहयोग गर्न सकुन् । आआफ्ना अनुभवका साथ एकर्कामा अन्तरसम्बन्धित बनाउन मजदुर, महिला, युवाको सङ्गठन निर्माणमा जोड दिनुपर्छ, जसले बलियो आई.सी.ओ.आर. को निर्माणमा मदत पुगोस् र बलियो साम्राज्यवाद विरोधी मोर्चाको रूपमा आई.सी.ओ.आर. रहन सकोस् । यी सङ्गठन अहिले सानो नै किन नहुन् तर यिनी आई.सी.ओ.आर. को सशक्त सहयोगी बनुन् र आई.सी.ओ.आर. निर्माणमा सहयोगी बनुन् ।
(२) आई.सी.ओ.आर. ले साम्राज्यवादलाई बुझ्न शैक्षिक काम गर्नुपर्छ, जसको माध्यमबाट समाजवादी दृष्टिकोणको माध्यमबाट हामीले गैरसाम्यवादी, संशोधनवादी, अवसरवादी, जातिवादी, फासिवादी र धार्मिक अतिवादीका विरुद्ध वैचारिक सङ्घर्ष गर्न सकौ“ र सर्वहारा चिन्तन प्रणालीलाई आन्तरिक र व्यावहारिक रूपले बलियो बनाऔँ । यसका लागि हामीले गोष्ठी, सेमिनार, वेबिनार, छलफल र वेबसाइट निर्माण गर्न जरुरी छ ।
(३) हामीले युवाको मन जित्न जरुरी छ । यसका लागि हामीले हाम्रो पार्टीका युवा सङ्गठनलाई बलियो पार्न जरुरी छ र यसबाट हाम्रो भविष्यको पिँढीसमेत तयार होस् । यसले आई.सी.ओ.आर. र विश्वव्यापी समाजवादी आन्दोलनलाई अगाडि बढाओस् । आई.सी.ओ.आर. अफ्रिकाले सन् २०२३ मा नैरोबीमा अफ्रिकन युथ सम्मेलन गर्ने योजना बनाएको छ ।
(४) आई.सी.ओ.आर. प्रभावकारी रूपले सहयोग र समन्वय गर्न सफल हुने छ । जसका लागि;
(क) आई.सी.ओ.आर. कन्टिनेन्टहरूले सेमिनार आयोजना गर्ने छन । पार्टी निर्माण गर्न, विचार र अनुभव आदानप्रदान, नवीन मुद्दामा, सैद्धान्तिक विषयमा, बदलिँदो विश्व साम्राज्यवादी व्यवस्था र माक्र्सवादी–लेनिनवादी रणनीतिलाई कसरी अगाडि बढाउने भन्ने विषयमा कार्यक्रम बनाउन ।
(ख) अन्तर्राष्ट्रिय दिवसको अवसरमा यस्ता छलफल अगाडि बढाउन सकिने छन्† जसमा आगामी दिनमा क्रान्तिकारी विचारलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेमा छलफल हुने छन् ।
(ग) हामीले साम्राज्यवादी र फासिष्ट विरोधी अन्तर्राष्ट्रिय आदेशबमोजिम निर्माण भएका अन्तर्राष्ट्रिय संस्थाका विरुद्ध पनि लड्न जरुरी छ । यसका लागि हामीले एकीकृत युवाको मञ्च निर्माणमा जोड दिनुपर्दछ । अहिले आई.एल.पी.एस. साम्राज्यवादी मोर्चाको रूपमा अगाडि आएको छ । यो आई.सी.ओ.आर. को लागि महत्त्वपूर्ण बन्न पुगेको छ ।
(घ) आई.सी.ओ.आर. को सङ्घर्षलाई उच्चस्तरमा पु¥याउन हामीले हाम्रा अनुभवलाई सेमिनार र वेबिनारको माध्यमबाट अगाडि बढाइरहेका छौ“ । हामीले यसलाई अझ सशक्त बनाएर अगाडि लैजानुपर्ने कुरामा जोड दिन्छौ“ ।
(ङ) आई.सी.ओ.आर. ले क्रान्तिकारी महिला आन्दोलन अगाडि बढाउन विशेष जोड दिन्छ । यसका लागि आधारभूत महिलाको तेस्रो विश्व सम्मेलन सफल पार्न विशेष जोड दिन चाहन्छ ।
(च) आई.सी.ओ.आर. अन्तर्राष्ट्रिय मजदुर वर्गको समन्वय गर्न प्रवर्धन गर्दछ । तत्काल तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन गर्न खानी मजदुरको विश्व सम्मेलन २०२३ मा गरौ“ । विश्वका महिलाको स“गस“गै पछि महिला सम्मेलन ट्युनिसियामा सन् २०२२ मा र हामी विश्व किसान सम्मेलन २०२३ मा गर्न विशेष जोड दिन्छौ“ ।
(छ) हामीले आई.सी.ओ.आर. का प्रत्येक महिनाका गतिविधि प्रत्यक्ष देखाउन वेबसाइटको सुधार गर्न जरुरी छ, जसका माध्यमबाट लेखरचना, भिडियो, अडियो, तस्बिर र आन्दोलनलाई प्रस्तुत गर्न सकियोस् र यसको माध्यमबाट आई.सी.ओ.आर. का सदस्य राष्ट्रले आफ्ना क्रियाकलाप अगाडि बढाउन मदत मिलोस् । यो समन्वय र सहयोगको माध्यम बनोस् ।
(ज) लगातार चार दिनको मिहिनेतपछि हामीले आई.सी.ओ.आर. व्यावहारिक रूपले नै सक्षम छ भन्ने देख्यौ“ । हामीले यसमा मजदुरका सङ्घर्ष, हाम्रा छलफल र वर्गसङ्घर्षलाई कसरी अगाडि बढाउन सक्छौ“ भनी गहन छलफल गर्यौं“ । हामी वैचारिक राजनीतिक तहमा समन्वय गर्न सफल रह्यौ“ । हामिले प्यालेस्टिनी र टर्किस स्वतन्त्रता आन्दोलनको बारेमा पहिलो मुद्दाको रूपमा पहिलो दिनमा छलफल गर्यो र जर्ज इब्राहिम अवदलाहप्रति समर्थित भयौ“ ।
(झ) हामीले आइकोरका गतिविधिलाई आपसी समझदारी र हाम्रा अभियान जोड्ने पुलको रूपमा अगाडि बढाउँदै काम गर्यौं । यो सम्मेलनलगत्तै नोभेम्बर २१ मा ग्लास्गोमा वातावरणीय सम्मेलनलाई सङ्घर्षका रूपमा अगाडि बढाउन जोड दियो ।
(ञ) आई.सी.ओ.आर. अफ्रिका र आई.सी.ओ.आर. युरोपको आपसी ऐक्यबद्धता र सहमति सराहनीय छ । यसले शरणार्थीको बारेमा समन्वय र सहकार्य गरिरहेको छ ।
(५) आइकोर अन्तर्राष्ट्रिय गोप्यता कायम गर्न सफल रहयो र छ । जब हामी हाम्रा कार्य अगाडि बढाउँछौ“ । हामी हाम्रो सुरक्षामा विशेष ध्यान दिन्छौ“ ।
(६) आई.सी.ओ.आर. ले मध्यपूर्व र पश्चिम एसियामा आई.सी.ओ.आर. निर्माणमा जोड दिएको छ । हामीले यो क्षेत्रमा साम्राज्यवादी विरोधी मोर्चा निर्माणका साथसाथै घरेलु सङ्घर्ष र स्वतन्त्रता आन्दोलनलाई निरन्तरता दिन चाहन्छौ“ ।
७. आइकोर आफ्नो आर्थिक पक्षलाई विशेष जोड दिन चाहन्छ । हामीले स“गस“गै आर्थिक सहयोग माग्न जोड दिनुपर्दछ । यो जनतामा गएर उठाउने, आर्थिक परियोजना निर्माण गर्ने, सदस्यता बढाउने र त्यसबाट उठाउने । महाद्विपीय कमिटीहरूले यसमा ध्यान दिन जरुरी छ । यसले परम्परागत र आधुनिक दुवै उपाय अपनाएर आर्थिक पाटोलाई बलियो बनाउनुपर्दछ । जस्तो यस्ता परियोजना बनाउन सक्छौ“ कि चित्र बनाएर, थान्काचित्र, घरेलु उत्पादन बिक्री, पर्यटनसम्बन्धी परियोजना जसले जनतालाई पनि जोड्न सकियोस् र जनताको पनि आर्थिक वृद्धि होस्, जसले गर्दा आर्थिक रूपले आई.सी.ओ.आर. बलियो बन्न सकोस् भन्ने कुरामा जोड दिन चाहन्छौ“ ।
८. तेस्रो विश्व सम्मेलनपछि आई.सी.ओ.आर. मा मात्रात्मक मात्र नभई गुणात्मक रूपले पनि वृद्धि भइरहेको छ । अहिले ४६ देशका ६२ सङ्गठन आबद्ध भएका छन्, सबै ५ महादेशका । सुखद खबर के छ भने चाइनिज कम्युनिस्ट (मालेमा) ले आई.सी.ओ.आर. को सदस्य बन्न पाऊँ भनी निवेदन पेस गरेको छ ।
९. सम्मेलनले नया आई.सी.सी. र अडिटर निर्वाचित गरेको छ । मुख्य संयोजकको रूपमा एम.एल.पी.डी. जर्मनीकी नेता का. मोनिका गार्टनर एङ्गेल निर्वाचित हुनुभएको छ भने का. सञ्जय सी.पी.आई.एम.एल. रेडस्टार भारतबाट उपसंयोजकको रूपमा निर्वाचित हुनुभएको छ । दुवैलाई निसन्देश आर्थिक अधिकार पनि प्रदान गरिएको छ ।
सम्मेलनले आई.सी.ओ.आर. को विधानमा पनि संशोधन गरेको छ, जुन सदस्यता नवीकरणसम्बन्धी थियो । सम्मेलनले आई.सी.ओ.आर. को प्रशिक्षणका लागि सम्मेलनले तीन जना युवा कमरेडलाई चयन गरिएको छ, जसमा महिला पुरुष गरी अफ्रिका, युरोप र मध्यपूर्व÷पश्चिम एसियाबाट रहेका छन् ।
१०. आइकोरले थुप्रै नयाँ निर्णय गरेको छ, जुन नयाँ परिस्थितिले निर्माण गरेका छन् । यी गहन रूपले आई.सी.ओ.आर. लाई सहकार्य गर्न र समन्वय गर्न सहज बनाउने उद्देश्यले गरिएका छन्, जसले राजनीतिक, वैचारिक रूपले सशक्त बनाउन मदत पुर्यायोस्, जुन सङ्घर्षलाई अझ सशक्त बनाउन मदत पुर्याओस् र आगामी दिनमा हामीलाई योजनाबद्ध र अनुभवी भई अगाडि बढ्न मदत मिलोस् । यसका लागि हामीले हाम्रा भाइचारा सङ्गठनका बिचमा प्रशिक्षणात्मक अभियान सञ्चालन गर्न जरुरी छ, जसमा मुख्य रूपले साम्राज्यवाद विरोधी कार्यक्रम समावेश गरिने छन् र साम्राज्यवादी विश्व व्यवस्थालाई जनता र हाम्रा सङ्गठनमा आबद्ध सदस्यले बुझुन् ।
हामीले एक दिन प्यालेस्टिनी स्वतन्त्रता आन्दोलनको बारेमा छलफल गर्यौं र त्यसमा ऐक्यबद्धता जनायौ“ । यसमा भएका अस्पष्टताका बारेमा छलफल गरी स्पष्ट भयौ“ ।
आइकोरले सन् २०२४लाई “लेनिनको १०० वर्षको सम्पदा वर्षको” रूपमा मनाउने निर्णय गरेको छ । यसका लागि हामीले अन्तर्राष्ट्रिय सैद्धान्तिक सेमिनार गरेर मनाउने छौँ र लेनिनको विशिष्ट योगदानको चर्चा गरिने छ । यसका लागि क्षेत्रीय र महादेशीय कमिटीले आआफ्ना योजना र कार्यक्रम बनाई लागु गर्ने छन् ।
आई.सी.सी. सशक्त आइकोर बनाउन प्रभावकारी ढङ्गले अगाडि बढ्ने छ, जसले अहिले वर्गसङ्घर्षलाई अगाडि बढाउन मदत मिलोस् र राजनीतिक, सैद्धान्तिक बहस अगाडि बढ्न सकुन् ।
११. चौथो विश्व सम्मेलनले थप महत्त्वपूर्ण निर्णय पनि गरेको छ† जस्तो विभिन्न राजनीतिक बन्दीप्रतिको ऐक्यबद्धता र क्रान्तिकारीको रिहाइको सम्मेलन जोडदार माग गर्दछ ।
भारतद्वारा कब्जा गरिएको नेपालको भूभागको बारेमा विरोध गर्दछ । एमसिसीको विरोध गर्दछ । प्यालेस्टिनी स्वतन्त्रता आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गर्दछ । २५ जुलाईको ट्युनिसियाको जनान्दोलनको समर्थन गर्दछ । अन्तर्राष्ट्रिय युवा आन्दोलनलाई साम्राज्यवाद र फासिवादका विरुद्ध उभिन आह्वान गर्दछ । जर्ज इब्राहिक अब्दुल्लाहप्रति ऐक्यबद्धता प्रकट गर्दछ । उनले गैरमाक्र्सवाद विरुद्ध आन्दोलन अगाडि बढाइरहेका छन् । पश्चिमी सहारामा र मुक्ति आन्दोलन अगाडि बढाइरहेका छन् । विश्वको खाद्यान्नको मुद्दालाई समर्थन गर्दछौ“ । फ्रेन्च साम्राज्यवादद्वारा सहलमाथिको कब्जाको विरोध गर्दछौ“ ।
- ल्याटिन अमेरिकामा भइरहेको दक्षिणपन्थी र उग्रदक्षिणपन्थी सरकारका विरुद्धका आन्दोलनलाई समर्थन गर्दछौ“ ।
- युरोपियन साम्राज्यवादको चौभिनिस्ट योजनाको विरोध गर्दछौ“ ।
- प्राकृतिक सम्पदाको चरम दोहनको विरोध गर्दछौ“ ।
- सेन्जेनका कैदी कमरेडप्रति ऐक्यबद्धता प्रकट गर्दछौ“ र रिहाइको माग गर्दछौँ ।
- शरणार्थी सङ्गठनको आन्दोलनलाई समर्थन गदछौ“ ।
- भारतीय किसान आन्दोलनको समर्थन गर्दछौ“ ।
- शिक्षा, स्वासथ्यको अधिकारको लागि भइरहेको आन्दोलनप्रति समर्थन जनाउँदै यस क्षेत्रमा भइरहेको निजीकरणको विरोध गर्दछौ“ ।
- टर्किस र रोजाभा दमनको विरोध गर्दछौ“ ।
१२. सम्मेलनलाई बहुपक्षीय सङ्गठनका सहयोगीले उत्कृष्टतापूर्वक आयोजना गरे । ६ देशका ८४ जना कमरेडले यसको संयोजन गरेका थिए ।
हामी आई.सी.ओ.आर. प्रति गौरवान्वित छौ“ । सशक्त छ आइकोर किनकि यसका सबै सदस्यले यसको महान् अपनत्व लिने छन् र जनतालाई क्रान्तिकारी दिशातर्फ उन्मुख गर्ने छन् । यसको व्यावहारिक संयोजन र समन्वय गर्न जरुरी छ, जसका लागि वैचारिक राजनीतिक र सङ्गठनात्मक रूपले बलियो बन्न जरुरी छ ।
आइकोरको दिशामा अघि बढौँ ।
स्वतन्त्रता, लोकतन्त्र, मानवमुक्ति र समाजवादको दिशामा अघि बढौँ ।
समाजवाद र साम्यवादको दिशामा अगाडि बढौँ ।”





