• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘२/४ जनाले छुट्टै भेला गरेर स्वघोषणा गर्दैमा आधिकारिक संगठन हुँदैन’


  •   मङ्गलबार, मङि्सर १४, २०७८ मा प्रकाशित
  • प्रतिभा आचार्य, कोषाध्यक्ष, अखिल (छैठौं)

    Advertisement

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले गएको असोजमा आफ्नो २२ औँ राष्ट्रिय सम्मेलन सम्पन्न गरेको थियो । सम्मेलनबाट निर्वाचित नयाँ नेतृत्वले संगठन निर्माणका लागि ‘विद्यालयदेखि विश्वविद्यालयसम्म’ योजना सार्वजनिक गरिसकेको छ ।

    साथै, अखिल (छैठौं) पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महंगीविरुद्ध अन्य विभिन्न विद्यार्थी संगठनसँग संयुक्त आन्दोलन गरिरहेको छ ।
    यसै सन्दर्भमा हामीले संगठनका कोषाध्यक्ष प्रतिभा आचार्यसँग विद्यार्थी आन्दोन, संगठनको आगामी कार्ययोजना, नेतृत्व तहमा महिला सहभागिता लगायतका विषयमा कुराकानी गरेका छौँ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश ।

    अहिले अखिल (छैठौं) ले विभिन्न विद्यार्थी सङ्गठनसँग मिलेर पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलन गरिरहेको छ । यो आन्दोलनले मूल्य घट्न सक्छ भन्ने यहाँलाई विश्वास छ ?
    जनताको जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुहरूमा सरकार जवाफदेही हुनु नै पर्छ । पटक पटक पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले विद्यार्थी वर्ग मात्रै होइन, ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने गरिब, किसान मजदुरको जनजीवन कष्टकर बन्न पुगेको छ । यसरी जनताको जनजीविकालाई प्रभावित गर्नेगरी गरिएको मूल्यवृद्धि घटाउनु राज्यको दायित्व हो । मूल्यवृद्धि आमजनताको जनजीविकासितको सवाल भएकाले तत्कालै घटाउनुपर्छ ।

    मूल्यवृद्धिको मुख्य ‘फ्याक्टर’ कर घटाउने वा मूल्यवृद्धि फिर्ता लिनेबारे दलका नेताहरूको ‘मुड’ कस्तो पाउनुभएको छ ?
    हामीले पाँचदलीय गठबन्धनका सबै दलका शीर्ष नेताहरूलाई पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि घटाउन माग गर्दै ज्ञापनपत्र बुझाएका छौँ । उहाँहरू हाम्रामागप्रति सकारात्मक देखिनुभएको छ । कर घटाएर हुन्छ कि नेपाल आयल निगमलाई अनुदान दिएर हुन्छ, हामी मूल्यवृद्धि घटाउँछौँ भनेर सकारात्मक आश्वासन दिनुभएको छ ।

    हाम्रो मुख्य जोड आयल निगमलाई व्यवस्थित गरेर लैजानुपर्दछ, चुहावट नियन्त्रण गर्न ध्यान दिनुपर्छ, करको दायरा घटाउनुपर्छ र मूल्यवृद्धि फिर्ता गर्नुपर्छ भन्ने रहेको छ ।

    संगठनले विभेद र उपेक्षा गरेर महिला नेतृत्व तहमा नपुगेको भन्ने होइन । परिस्थिति र व्यवहारले हुन सक्छ । महिला साथीहरू निरन्तर विद्यार्थी संगगठन मै काम गर्ने माहोल नभएकाले हो । निरन्तर काम गर्दै र क्षमता विकास गर्दै जाँदा मुख्य नेतृत्वतहमा पनि महिला पुग्न सकिन्छ ।

    विद्यार्थी सङ्गठनले कर कटौतिको माग गरिरहँदा यसले राज्यको आम्दानी पनि घट्छ । त्यसबाट राज्यलाई पर्ने असरबारे सोच्नुभएको छ ?
    कर घटाएर राज्यको आम्दानी घट्छ भन्ने हुँदैन । कर बढाएर जनताको ढाड सेक्ने काम समस्याको समाधान होइन । आयल निगममा भइरहेको अनियमितता नियन्त्रण गर्नुपर्यो । चुहावट नियत्रण गर्नुपर्यो र आयल निगमको व्यवस्थापन प्रणाली प्रभावकारी बनाउन ध्यान पु¥याउनुपर्यो । यति गरे पनि आयल निगम नाफामा जाने छ र राज्य स्वतः नाफामा हुने छ ।

    संयुक्त आन्दोलनमा आफ्नो सङ्गठनलाई परिचालन गर्नेबारे के योजना बनाउनुभएको छ ?
    अखिल(छैठौं) संयुक्त विद्यार्थी आन्दोलनमा अहिलेसम्म अग्रपङ्क्तिमा उभिएर काम गरेको छ । आगामी दिनमा पनि अखिल(छैठौं) सक्रिय रूपमा अगाडि बढ्ने छ । हामी काठमाडौँ केन्द्रित आन्दोलनमा मात्र होइन, देशभरि हुने संयुक्त आन्दोलनमा अर्थात् प्रत्येक जिल्लामा, त्यहाँको जिल्ला समिति परिचालन गर्दै अन्य विद्यार्थी सङ्गठनसँग प्रभावकारी समन्वय गर्दै आन्दोलनलाई अझै सशक्त बनाउने योजनामा छौँ ।

    सत्ताधारी दलका विद्यार्थी सङंगठनसँग संयुक्त आन्दोलन गर्दा सहज या असहज कस्तो महसुस गर्नुभएको छ ?
    नेपालको विद्यार्थी आन्दोलनमा एक किसिमको दलालीपनहावी छ । आफ्नो ‘बा’ प्रधानमन्त्री हुँदा जे गरे पनि ठिक, ‘बा’ सरकारबाट हटेपछि आन्दोलन । यस्तो दलाली प्रवृत्तिले विद्यार्थी आन्दोलनमा समस्या उत्पन्न हुने र विद्यार्थी आन्दोलन कमजोर हुने गरेको छ । हिजो केपी ओली प्रधानमन्त्री हुँदा नेपाल विद्यार्थी संघ आन्दोलनमा थियो तर आजका दिनमा संयुक्त आन्दोलनमा नेपाल विद्यार्थी संघ सामेल छैन । सत्ताधारी दलका अन्यविद्यार्थी संगठन भने संयुक्त आन्दोलनमा सँगै छौँ, जसले गर्दा मूल्यवृद्धि विरुद्धको आन्दोलन सहजरूपमा अगाडि बढिरहेको छ ।

    अहिले मूल्यवृद्धि पेट्रोलियम पदार्थमा मात्र छैन । दैनिक उपभोग्य हरेक वस्तुमा भइरहेको अत्यधिक महंगीप्रति विद्यार्थी संगठनहरूको ध्यान किन नगएको ?
    हो । अहिले दैनिक उपभोग्य हरेक वस्तुमा भएको महंगीले जनताको जनजीवन झनै कष्टकर बनेको छ । हरेक दैनिक उपभोग्य वस्तुसँग डिजेल–पेट्रोलको साइनो छ । डिजेल–पेट्रोलको मूल्य बढ्ने बित्तिकै दैनिक उपभोग्य वस्तुको मूल्य आकासिने गर्दछ । त्यसैले हामी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध आन्दोलनरत छौँ र दैनिक उपभोग्य हरेक वस्तुमा भइरहेको महंगगीप्रति पनि हाम्रो ध्यान केन्द्रित नै छ र हामी यस विषयमा आगामी आन्दोलनको बारेमा छलफल गरिरहेका छौँ ।

    यहाँहरूले हालै संगठनको २२ औँ राष्ट्रिय सम्मेलन सम्पन्न गर्नुभयो । त्यसबाट तपाईं पदाधिकारीमा चयन पनि हुनुभयो । सम्मेलनको समीक्षा कसरी गर्नुभएको छ ?
    अखिल (छैठौं) को बाइसौँ राष्ट्रिय सम्मेलन २०७८ साल असोज २२, २३ र २५ गते रुपन्देहीको बेलबासमा भव्य एवम् शानदार रूपमा सम्पन्न गरेका छौँ । सम्मेलनमा अघिल्लो सम्मेलनदेखि अहिलेसम्म भए गरेका सांगठनिक कामको गम्भीर समीक्षा गर्दै वर्तमानमा देशको शैक्षिक, राजनैतिक, सामाजिक, आर्थिक घटनाक्रमको विश्लेषण गरेर आगामी दिनका लागि विभिन्न नीति तथा कार्यक्रम तय भएका छन् । यसलाई कार्यान्वयन गर्ने नयाँ केन्द्रीय समिति बनेको छ । सम्मेलनले मलाई कोषाध्यक्षको जिम्मेवारी दिएको छ र माआफ्नो जिम्मेवारी पूरा गर्ने प्रयत्न गर्ने छु ।

    समग्र रूपमा बाइसौँ राष्ट्रिय सम्मेलन देशको वर्तमान अवस्था, विद्यार्थी आन्दोलनको गति र समय सन्दर्भका हिसाबले भव्य एवम् शानदार रूपमा सम्पन्न भएको छ ।

    बुटवल सम्मेलनकै समयमा एक पक्षले धनगढीमा बेग्लै समिति गठन गरेको चर्चा पनि सुनियो । त्यस्तो अवस्था कसरी उत्पन्न भयो ?
    संगठन निर्माण र परिचालनका निम्ति निश्चित विधान वा नीति नियम र परम्परा छन् । त्यसलाई निर्दिष्ट गर्ने सर्वोच्च निकाय राष्ट्रिय सम्मेलन हो । जहाँसम्म केही साथीहरूले अर्को ठाउँमा छुट्टै भेला गरेको भन्ने कुरा छ, त्यो किन गर्नुभो ? कसरी गर्नुभो ? त्यो उहाँहरूको विषय हो । सम्मेलनमा सहभागी नभएर अन्यत्र कुनै ठाउँमा बसेर आफूले आफैलाई स्वघोषणा गर्दैमा त्यो कुनै अध्यक्ष, महासचिव र समिति हुन सक्दैन । उहाँहरू सम्मेलनसम्म आइपुग्दाको समितिमा विभिन्न पदमा रहँदै आउनुभएको थियो तर उहाँहरू सम्मेलनमा सहभागी नभइकन पद र प्रतिष्ठाको महत्वाकाङ्क्षाले त्यो भेला वा सम्मेलन गर्नुभयो होला ।

    बुटवलमा सम्पन्न देशका विभिन्न जिल्लाबाट प्रतिनिधि, पर्यवेक्षक साथीहरू आएर घनीभूत छलफल गरी सम्पन्न सम्मेलन नै अखिल(छैठौं) को बाइसौँ राष्ट्रिय सम्मेलन हो । यसबाट बनेको समिति नै आधिकारिक समिति हो । केही साथीहरूलाई रहर लाग्दैमा दुईचार जना जम्मा भएर कोठामा बसेर सम्मेलन ग¥यौँ भन्दैमा त्यो आधिकारिक सङ्गठन हुन सक्दैन ।

    विभिन्न विद्यार्थी संगठनमा धेरै अघिदेखि महिला नेतृत्वमा पुगेका छन् तर अखिल (छैठौं) को मुख्य नेतृत्वमा महिला निर्वाचित हुन नसक्नुको कारण के देख्नुहुन्छ ?
    मुख्य रूपमा विद्यार्थी संगठनमा लाग्ने महिला साथीहरूका आ–आफनै प्रकारका समस्या छन् । परिस्थिति र व्यवहारले निरन्तरताको समस्या छ । हाम्रो संगठनमा महिलाको सहभागिता बढाउन निरन्तर प्रयास भइरहेको छ । नेतृत्वले त्यो प्रयास गरिरहेको हुन्छ । मुख्य नेतृत्वमा नभए पनि विभिन्न महत्वपूर्ण स्थानमा रहेर जिम्मेवारीहरू महिलाबाट पूरा भएका छन् ।

    संगठनले विभेद र उपेक्षा गरेर महिला नेतृत्व तहमा नपुगेको भन्ने होइन । परिस्थिति र व्यवहारले हुन सक्छ । महिला साथीहरू निरन्तर विद्यार्थी संगगठन मै काम गर्ने माहोल नभएकाले हो । निरन्तर काम गर्दै र क्षमता विकास गर्दै जाँदा मुख्य नेतृत्वतहमा पनि महिला पुग्न सकिन्छ ।

    अखिल (छैठौं) का आगामी योजना के छन् ?
    अखिल(छैठौं) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठक २०७८ मंसिर १ र २ गते बुटवलमा सम्पन्न भयो । बैठकले आगामी मंसिर १५ देखि पुस ३० सम्म संगठन सुदृढीकरणका लागि ‘विद्यालयदेखि विश्वविद्यालयसम्म संगठनात्मक अभियान’ सञ्चालन गर्ने निर्णय भएको छ । अभियानका सन्दर्भमा प्रदेश भेला तथा प्रशिक्षण, जिल्ला भेला, बैठक तथा प्रशिक्षण, नगर तथा गाउँपालिका भेला तथा बैठक र एकाइस्तरका संगठन निर्माण अभियान सञ्चालन गर्ने योजना छ ।

    अखिल (छैठौं) नेपालको राजनीतिक आन्दोलनको ‘नर्सरी’ भनिन्छ । यहाँहरूले यो नर्सरीमा नयाँ बिरुवा हुर्काउन के कस्तो पहल गर्नुभएको छ ?
    अखिल(छैठौं) ले नेपालको राजनैतिक आन्दोलनमा थुप्रै नेता–कार्यकर्ता जन्मायो । अहिले पनि अखिल(छैठौं) ले उत्पादन गरेका नेताहरू विभिन्न दलको शीर्ष नेतृत्व तहमा आसिन हुनुहुन्छ । पछिल्लो समय नयाँ युवा पुस्तामा राजनीतिप्रति वितृष्णा देखा परेको छ । यसरी राजनीतिप्रति देखा परेको वितृष्णालाई हटाउन र विद्यार्थी वर्गमा राजनैतिक जागरण ल्याउन अखिल(छैठौं) ले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ ।

    अखिल(छैठौं) को मङ्सिर १ र २ गते बुटवलमा बसेको दोस्रो पूर्ण बैठकमा पनि यस विषयमा घनीभूत छलफल गरेका थियौँ । त्यो छलफलले विद्यालयदेखि विश्वविद्यालयसम्म राजनैतिक जागरण ल्याउने गरी अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यसै निर्णयानुरूप अखिल(छैठौं) ले सांगठनिक अभियान सञ्चालन गर्दै छ, जसबाट हामी विद्यार्थी तप्कामा राजनैतिक जागरण ल्याउने छौँ र नयाँ बिरुवा उमार्ने छौँ ।

    हामीले सोध्न छुटेका र यहाँले भन्नुपर्ने थप केही छ कि ?
    अन्त्यमा, अखिल (छैठौं) को तर्फबाट विचार राख्न युगदर्शन मिडियामा मलाई स्थान दिनुभएकोमा युगदर्शन परिवारलाई धन्यवाद दिन चाहन्छु ।

    मङ्गलबार, मङि्सर १४, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.