काबुल । अफगानिस्तानमा धमाधम इस्लामिक स्टेट्स (आइएस) का लडाकु पक्राउ परेका छन्
Advertisement
सरकारी सुरक्षा अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो एक महिनामा २५० लडाकु पक्राउ परिसकेका छन् ।
अफगानिस्तानमा तालिबान विद्रोहीहरूले सत्ताकब्जा गरे पनि अर्को विद्रोही समूह आइएसससँगको द्वन्द्व भने कायमै रहेको छ ।
‘पछिल्लो एक महिनामा आइएस समूहसँग सम्बन्धित झन्डै २५० लडाकुलाई सरकारी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्’ टोलो न्युज टेलिभिजन च्यानलमा तालिबान प्रवक्ता जाबिउल्लाह मुजाहिदले भन्नुभयो ।
पक्राउ परेका केही लडाकुसँगै आक्रमणका लागि प्रयोग हुने विस्फोटक पदार्थ तथा हतियारसमेत बरामद गरिएको उहाँको भनाइ छ ।
यता, आइएस लडाकुले पनि अफगानिस्तानमा आक्रमणको तयारी गरिरहेको पनि समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा)