काठमाडौं । अफगानिस्तानको कान्दहारस्थित एउटा शिया मस्जिदमा विस्फोट हुँदा १६ जनाको ज्यान गएको छ।
Advertisement
घटनामा ३२ जना घाइते भएको बीबीसीले जनाएको छ। शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विस्फोट भएको थियो।
इमाम बारगाह मस्जिदमा विस्फोट गराइएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
विस्फोटका कारण मस्जिदका झ्यालहरू फुटेको र शवहरू भुइँमा अरसल्ल परेका सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देखिन्छ।
विस्फोटको कारण स्पष्ट भएको छैन, तर आत्मघाती हमलाकारीले विस्फोट गराएको हुन सक्ने आशङ्का गरिएको छ। गत शुक्रवार उत्तरी शहर कुन्दुजस्थित शिया मस्जिदै विस्फोट हुँदा कम्तीमा ५० जना मारिएका थिए।





