न्युयोर्क । संयुक्त राष्ट्र सङ्घले कोभिड–१९ का विरुद्ध खोपको विषयमा अलग्गै बैठक गर्ने भएको छ । सो बैठकमा विश्वमा आगामी वर्ष सन् २०२२ मा विश्वमा कोभिड खोपको उपलब्धताका विषयमा छलफल हुने भएको छ ।
हाल सयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा जारी रहेको छयहत्तरौँ महासभाका अध्यक्ष अब्दुल्लाह साहिदले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभएको छ– संयुक्त राष्ट्र सङ्घको जारी महासभामा एक बैठक कोभिड विरुद्ध खोपको विषयमा नै बस्ने छ र यसले आगामी वर्ष सन् २०२२ मा विश्वका नागरिकलाई कोभिड विरुद्धको खोपको सर्वसुलभ उपलब्धताको विषयमा कुरा उठाउने छ ।
उहाँले थप भन्नुभयो– मैले यो एक बैठकको आह्वान गर्ने छु र यस मञ्चमा विश्वका नेताहरूले नै आगामी वर्ष विश्वका सबै देशमा कोभिडको खोपको सर्वसुलभ उपलब्धताको विषयमा छलफल हुने र सो खोपको सुनिश्चितताको पनि कुरा हुने छ ।
यस बैठकमा आगामी दिनमा यस खोपको सर्वसुलभताका लागि विश्वका नेताहरूको राजनीतिक प्रतिबद्धताका बारेमा खोजी हुने छ उहाँले बताउनुभयो । (रासस/सिन्ह्वा)