जेनेभा । अफगानिस्तानको राजधानी काबुलमा विभिन्न प्रान्तबाट विस्थापित भएर आएका अफगान नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले सहायता गरिरहेको छ । संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले सो जानकारी दिनुभएको हो ।
उहाँका अनुसार अफगानिस्तानका विभिन्न प्रान्त तालिबानीले कब्जा गरेपछि अफगानिस्तान र विदेशका कतिपय नागरिक अरू प्रान्तबाट काबुल आइपुगेका छन् ।
उनीहरू र हालै राजधानी काबुल तालिबानले कब्जा गरिसकेपछि उत्पन्न परिस्थितिबाट यहाँ रहेका विभिन्न देशका नागरिक स्वदेश फर्किन विमानस्थल पुगेका छन् । आवश्यक मात्रामा उडान हुन नसक्दा हजारौँ नागरिक विमानस्थलमै बसेका छन् । उनीहरूलाई आवश्यक पर्ने खाद्य तथा बस्ने व्यवस्थाका लागि सो एजेन्सीले काम गरिरहेको छ ।
त्यहाँ उपस्थित ठुलो सङ्ख्याका विदेशी नागरिकलाई आवश्यक सहयोग गरिएको संयुक्त राष्ट्रसङ्घीय प्रवक्ता स्टेफेन डुजारिकले बताउनुभएको छ । उहाँका अनुसार गत महिनादेखि अफगानिस्तानको हेरात, घाज्नी, लागोर प्रान्तबाट पनि ठुलो सङ्ख्याका नागरिक यहाँ विस्थापित भएर आएका छन् । (रासस/एएफपी)





